Posts

Showing posts from 2009

गहुँगोरो अफ्रिका (कविता) - आहुति

Image
साहित्यकार  आहुतिको  अत्याधिक चर्चित कविता गहुँगोरो  अफ्रिका -आहुती मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अाजुलीहरुमा आली लगाएर थाप्दछौ । जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्दछौ आँखा जुधाउने आँट गर पुजारी म बीसौं सताब्दीको अछूतु हुँ ! म न्याय चाहन्छु म मुक्ति चाहन्छु । तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानमाथिको कराइमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुधाउन आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानाहरुलाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ ! म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । तिम्रो बस्तीको सफा भुईँलाई सुँघ बस्तीको हर चोक्टामा मेरो गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे कि मेरो रक्तनलीहरुमा पानी भर कि आफ्नो दिमागको फोहर सफा गर म तिम्रो बस्तीको फोहर सहने च्यामे हुँ ! तिम्रो मनका मनोरिाजत ग्रन्थीहरुलाई च

भूमिसुधार : आर्थिक क्रान्तिका लागि क्रान्तिकारी भूमिसुधार

Image
- जे.वी. विश्वकर्मा भू-स्वामित्वको अवस्था नेपालका ७६।५ प्रतिशत मानिसहरु कुनै न कुनै रुपले कृषि क्षेत्रमा निर्भर छन् । उनीहरुको रोजीरोटीको प्रमुख स्रोत जमिन नै हो । तर किसानहरुका बीचमा भूमिको न्यायोचित वितरण हुन नसकेकाले जोत्नेहरु भूमिहीन छन् जसले जमिन कहिल्यै जोत्दैन उनीहरु जमिनका मालिक भएका छन् । उनीहरुकै हातमा छ अत्यधिक उत्पादनशील जमिन । १०।५ प्रतिशत सामन्तहरुको हातमा कुल खेतीयोग्य जमिनमध्ये ४०।५ प्रतिशत हिस्सा छ । त्यस्तै नेपालका नौ प्रतिशत धनीहरुले उत्पादनशील ३१।४ प्रतिशत भूमि ओगटेको तथ्याङ्कहरुले देखाउँछ । अहिलेसम्म पनि १३ प्रतिशत भूमिपतिसँग ४४ प्रतिशत खेतीयोग्य जमिन छ जबकि ४०।५ प्रतिशत किसानसँग केवल ९।५ प्रतिशत मात्रै खेतीयोग्य जमिन रहेको छ । रातदिन जमिनमै खटिने किसानहरुको भूमिमा पहुँच छैन । अझ २४ प्रतिशत परिवारहरु भूमिहीन छन् जबकि उनीहरुको जीविकोपार्जनको प्रमुख पेसा कृषि नै हो । यसले आर्थिक असमानता झनै झाँगिदै गएको छ । ९ प्रतिशत धनीहरुले ४७ प्रतिशत कृषियोग्य जमिन ओगटेका छन् भने ६७ प्रतिशत गरिबहरुको स्वामित्वमा मात्र १७ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । कुल घरधुरीमध्ये २८ प्रतिशत

Open letter to UCPN Maoist by CPI (Maoist)

Communist Party of India (Maoist) has sent an open letter to United Communist Party of Nepal (Maoist) with critical analysis. Indian Maoist has argued that they are disagreeing with the strategy of UCPN (Maoist). For detail of the letter visit the following site http://www.bannedthought.net/India/CPI-Maoist-Docs/Nepal/OpenLetterToCPNM-090520.doc J B

A news of Dalan published in AFP

A news of Dalan has published in AFP. To learn more about please visit http://www.france24.com/en/20090629-soap-brings-message-change-rural-nepal or http://www.dawn.com/wps/wcm/connect/dawn-content-library/dawn/news/entertainment/15-soap-brings-message-of-change-to-rural-nepal-nf-03

प्रधानसेनापतिको कारबाही राष्ट्रियता र राजनीति

प्रधानसेनापतिको कारबाही राष्ट्रियता र राजनीति - जे.वी. विश्वकर्मा प्रधानसेनापति रुक्मांगत कटवाललाई सरकारले लिएको स्पष्टिकरणले यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा पाइरहेको छ । राज्य अन्तर्गतको सेनालाई सरकारले स्पष्टिकरण माग्ने कुरा अस्वभाविक प्रकि्रया होइन र यसलाई यति ठूलो राजनैतिक मुद्दा बनाउन जरुरी पनि थिएन । कटवाललाई लिइएको स्पष्टिकरणको मुद्दालाई आवश्यकताभन्दा बढी राजनीतिकरण गरि नागरिक सर्वोच्ता र सैनिक सर्वोच्चताका पक्षमा मत विभाजन गरिएको छ । यसका पछाडि राजनैतिक स्वार्थप्रेरित विभिन्न कारण देखिन्छ । नेपाली कांग्रेसले सेनापतिलाई कारबाही गरेपछि माओवादीले सत्ता कब्जा गर्छ भन्ने विश्लेषण गरेको छ । माओवादीले सेना हातमा लिएर सत्ता कब्जा गरिहाल्ने स्थिति देखिँदैन । बरु माओवादी नेतृत्वमा रहेको सरकारलाई हरतरहले असफल बनाउने योजनासहित कांग्रेसले आएको हो भने प्रधानसेनापतिको प्रष्टिकरणलाई जबरजस्त राजनैतिक एजेण्डा बनाएर खतरा निम्त्याइरहेको देखिन्छ । रुक्मांगत कटवाल माओवादी नेतृत्वको सरकारलाई विद्रोहीको सरकार र जनयुद्धकालको शत्रुकै रुपमा व्यवहार गरिरहेको छ । जनमुक्ति सेनालाई पनि सेनाको रुप
Image
सुदूर ललितपुर जे.वी. विश्वकर्मा संसार कहाँ पुगिसक्यो, ललितपुर प्युटारकी कल्लीकुमारी विकलाई चाहिँ ढुंगे युगमै जस्तो सास्ती छ । नयाँ नेपालमा उनलाई उनकै छिमेकीले बोक्सी भनिन् । कुटिनन् मात्रै, आफ्नै विष्टा पनि खुवाइन् । त्यो पनि अनपढले होइन, गढिभञ्ज्याङ्ग प्राविकी प्रधानाध्यापिकाले । राजधानीकै गाउँमा यस्तो अपत्यारलिो घटना ? कस्तो रहेछ यो प्युटार, हामी हेर्न जाने भयौं । संंयोगवश राष्ट्रिय महिला आयोग, दलित आयोग, जागरण मिडिया सेन्टर र अन्य केही अधिकारवादी पनि फेला परे । लागेको थियो, ललितपुरको सडक कालोपत्रे र सजिलै ओहोर-दोहोर हुने खालको होला । लगनखेलदेखि ३५ किलोमिटरसम्मको त्यो यात्रामा चापागाउँभन्दा अलिकति पर पुगेपछि धूले र खल्डाखुल्डी परेको सडकमात्रै भेटियो । एकतर्फी गाडी पार गर्न पनि मुस्किल बाटोमा उकालो र ओरालो हुँदै यात्रा अगाडि बढ्यो । भट्टेडाँडा नजिकैको ओरालोमा गाडी हुईंकिादा सायद सबैको मुटुले ठाउँ छोड्दै थियो, गाडी सडकबाट बाहिर उम्किने हो कि भन्ने त्रासले । केहीले चालकलाई सम्झाउँदै थिए, 'बिस्तारै है बिस्तारै, बिस्तारै चलाउनुहोला ।' यहाँ आउँदा पोहोर सुदूरपश्चिमको बझाङ्ग पुगेको झ

दलन अन्तर्राष्ट्रिय अवार्डको सर्ट लिस्टमा

Image
दलन अन्तर्राष्ट्रिय अवार्डको सर्ट लिस्टमा टेलिशृंखला 'दलन' बेलायतस्थित वन वल्र्ड मिडिया ट्रष्टको स्पेसल अवार्डको सर्ट लिस्टमा परेको छ । ट्रस्टले मिडिया सम्बन्धी विश्वभरका १२ क्षेत्रमा अवार्ड प्रदान गर्दै आएको छ । 'दलन' उक्त अवार्डमा नोमिनेसनमा परेको मुलुककै पहिलो टेलिशृंखला भएको निर्माता जागरण मिडिया सेन्टरका पूर्ण बराइलीले दाबी गरे । 'विभिन्न जाति र समुदायमा भाइचाराको भावना विकास गराउने यो शृंखलाको,' निर्देशक नवीन सुब्बाले शनिबार भने, 'असारभर प्रतिनिधि भागहरू पुनः प्रसारण गर्नेछौं ।' दलित विषयवस्तुमा आधारित 'दलन' का ४ सय फिल्म क्लब बनिसकेको पनि उनले बताए । प्रशारण क्रममा मुलुकका विभिन्न भागबाट 'जसले जातीय विभेद गर्छ, उसलाई उपहार दिनु' भनी व्यंग्यात्मक रूपमा एक रुपैयाँ समेत संकलन गरिएको थियो । निर्माताका अनुसार दलन चलचित्र कोषमा बीस हजार जम्मा भइसकेको छ । उक्त अवार्ड विजेताको घोषणा जुन २२ मा हुँदै छ । http://www.ekantipur.com/kolnepalinews.php?&nid=199090 Dalit serial comes to an end Post Report Kathmandu, June 13 - A television seri

कल्लीकुमारीलाई बोक्सीको आरोपमा दिसा खुवाउने शिक्षिका बिमला गोले लामा पक्राउ

Image
-जे.वी. विश्वकर्मा jb.sangi@gmail.com ललितपुर प्युटार-७ की कल्लिकुमारी विकलाई बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै दिसा समेत खुवाउने शिक्षिका विमला लामा गोले आज ललितपुरबाट पक्राउ परेकी छन् । ८२ दिनपछि घटनाकी प्रमुख दोषी पक्राउ परेकी हुन् । ललितपुरको मानभवनबाट पक्राउ परेकी बिमला आफूविरुद्ध परेको सार्वजनिक अपराध सम्बन्धी मुद्दाका विषयमा जानकारी लिन गाउँकै हजुरबुबा पर्ने नेपाली कांग्रेस जिल्ला उपसभापति कपिलबहादुर लामासँग जिल्ला प्रशासन कार्यालय जाँदैथिइन । चैत्र ७ गते कल्लिकुमारीलाई बोक्सीको आरोपमा कुटपिट गरेको स्वीकार गर्दै उनले भनिन् ुगाउँमा अरुले पनि बोक्सी भन्ने गर्थे । म बिरामी परेको बेला चाबहिलमा बस्ने कार्की थरका धामीले उनी नै बोक्सी भएको बताएपछि मैले कुटपिट गरेको हुँ ।ु उनले आफूलाई लागेको रोगबारे भने स्पष्ट बताइनन् । धामीले कपडामार्फत नै बिगारेको छ भनेर धामीले भनेपछि कल्लीलाई बोलाएको बताउँदै उनले भनिन् ुमलाई बोक्सी लागेको भन्ने झाँक्रीले भनेपछि मैले कल्लीलाई मेरो मामाको घरमा बोलाएँ । उहाँ आएपछि लुगामा नै बिगारेको छ भनेर धामीले भनेपछि मैले उनको छोरीलाई दिएको तीनजोर लुगा फिर्ता मागेँ

Bijaya Kumar Gachchhadar Expelled from MFJ

Image
Bijaya Kumar Gachchhadar, a leader of Madhesi Janaadhikar forum 4th largest party had taken promise with PM Madhav Kumar Nepal yesterday as a deputy Prime-Minister. But, the central committee meeting of MJF has decided to withdraw the support Madhav Nepal's government. In a press conference MJF said the Parliamentary Party Leader Bijaya Kumar Gachchhadar including other six leaders have been expelled today. The expelled leaders are Sarad Singh Bhandari, Jitendra Narayan Dev, Rameshwor Rai Yadav, Ramjanam Chowdhary and Upendra Jha. It has also decided to stay as the opposition in the UML-led government. It can give trouble for the collation government lead by CPN UML.

First Women and Dalit as a speaker in India is Ms. Meira Kumar

Image
Ms. Meira Kumar (64), Dalit women has elected as a speaker of India's lower house of parliament in 3rd June 4, 2009. Ms. Kumar has been elected to Parliament five times and has also served as social justice minister. -J B Biswokarma

नेपाली सीमामा भारतीय हस्तक्षेप

Image
विस्थापित क्षेत्रका चेली अपहरित दुर्गालाल केसी देउखुरी -दाङ, जिल्लास्थित भारतीय सीमामा यौनशोषणका लागि नेपाली चेलीबेटीहरू अपहरित हुने गरेको तथ्य सार्वजनिक भएको छ । पछिल्लो समयमा भारतको सशस्त्र सीमा बल (एसएसबी) दुई छोरी हराएपछि दाङ्ग राजापुर-७ खाङग्राका रणबहादुर विश्वकर्मा बाट लखेटिएर सीमावर्ती क्षेत्रबाट विस्थापित भएकाहरू देउखुरी आएपछि यस्तो खुलासा भएको हो । हतियारधारी समूहले युवतीहरूलाई जबर्जस्ती भारतीय भूमितर्फ लगी यौनशोषण गरेको सीमावासीले बताए । राजपुर गाविस ९, खिरकी नाका निवासी १९ वषर्ीया सीमा थापा -नाम परिवर्तन) लाई जेठ ४ गते यसैगरी अपहरण गरिएको थियो । दुई साता बितिसक्दा पनि उनको पत्तो छैन । 'भारततिर एउटा घरमा बन्धक बनाएर यौनशोषण गरिराखेको खबर सुनिएको छ, उनलाई खोज्न जाने अवस्था नै छैन,' गाउँबाट भागेर देउखुरी आइपुगेका राजपुर, डगमाराका चन्द्रप्रकाश खडकाले भने, 'अपहरणपछि घरपरिवार डरले भागाभाग भए । अहिले उनका आफन्तहरू कता छन् भन्ने पत्तो छैन ।' राजपुर ७, खङ्ग्रा निवासी ५८ वषर्ीय रणबहादुर विश्वकर्माका दुई छोरीहरू हराएको त एक वर्ष बितिसक्यो । सतबरियास्थित दिदीको घर जान

प्रधानमन्त्री माधवकुमार नेपालको राष्ट्रका नाममा सन्देश

Image
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध संघर्षमा रगत बगायौँ। हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं। यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं। लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ। म आफ्नो अमूल्य जीवन उर्त्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु। वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु। म आफ्नो पहिलो सम्बोधन नेपाली जनताद्वारा निर्वाचित र्सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसदभित्र गर्न चाहन्थेँ। तर, सरकारले पूर्णता नपाइसकेको र अन्य दलहरूसँग नीति तथा कार्यक्रमलगायतका विषयहरूमा अझै छलफल चलिरहेको अवस्थालाई ध्यानमा राख्द
Image
Senior leader of CPN (UML) Madhav Kumar Nepal has elected Prime-Minister in 24th May, 2009 (10th Jest 2066). President of Nepali Congress Girija Prasad Koirala had nominated his name for election in Parliament. No other candidate had competed with him on the election for Prime-Minister. He had failed to win the CA election from Kathmandu and his home city Rautahat. But, the government leading by CPN (Maoist) had requested to stay as a president Constitution Committee and he had been a member of CA and also the president of Constitution Committee. After the CA election he had given regien from secretary general in his party. Then he had tried to be a chairperson of Party, but he wouldn't be a chairperson. CPN (UML) is third largest party of the nation. Now the main opposing party Maoist had 238 seat, Nepali congress had 114 and UML had 109 seat. The fourth largest party Madhesi Janaadhikar Forum also supported to make PM Madhav Nepal. - J B Biswokarma

Kalli Kumari BK revalidated

Image
Kalli Kumari BK has returned her home Pyutar-7, Lalitpur on Monday 18th May 2009 (Jest 4, 2066) after 53 days. She had accused as a bitch by a local headmaster Bimala Gole (Lama). The National Women Commission, National Dalit Commission, Jagaran Media Center, PDRC, FEDO had gone there to rehabilitee her in her home village. National Women Commission had taken initiate to return her in home. Bimala Lama and other accused people are not in the village. Some of 3 people administration had been caught. But the Bimala Lama is not caught till now. Kalli said, "I am not sure can I stay here safely or not? I request to all my villagers and neighbors to give my life security." A sub-principal said, "because of superstition our society can't be better. So, all the aware people should sack-hand against these cases." On the program some financially support from government and other organization had given to her. Prime-minister fond had given her 25 thousand, Women Commissio

संघीय राज्य निर्माका आधार

- जे.वी. विश्वकर्मा (यो लेख २९ बैशाख २०६६ मा गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।) राजनैतिक सहमतीका आधारमा निर्माण गरिएको अन्तरिम संविधान २०६३ को १३८१ मा मुलुकलाई ुजातीय वर्गीय क्षेत्रीय भाषिक सांस्कृतिक आर्थिक एवं लैङ्गिय विभेदको अन्त्य गरी राज्यको समावेशी लोकतान्त्रिक संघीय शासन प्रणालीसहितको अग्रगामी पुनःसंरचना गर्नेु भनिएको छ । त्यसैगरी संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले पनि मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा घोषणा गरिसकेको छ । अब नयाँ बन्ने संघीय राज्यको आधारहरु के हुने भन्ने विषयमा अहिले विभिन्न कोणबाट छलफल र बहस सुरु भएको छ । संघीय राज्यको आधार के हुने भन्ने विषयमा विभिन्न राजनीतिक दलहरुले संवैधानिक समितिमा आफ्ना सुझाबहरु पेश गरिसकेका छन् । एकीकृत नेकपा माओवादीले जाति भाषा र क्षेत्रलाई नै संघीय एकाइ निर्माणको प्रमुख आधार मानेको छ । यसरी गरिने राज्यको पुनःस्रंरचनाले मात्रै युगौंदेखिको जातीय वगार्ीय क्षेत्रीय एवं लैङ्गिक उत्पीडन एकमुष्ट सम्बोधन गर्न सकिने माओवादीको अवधारणा रहेको छ । उसले सोही आधारमा १३ वटा स्वायत्त गणतन्त्र राज्यको प्रस्ता

Chhabilal BK has been elected as politburo member of CPN (UML)

Chhabilal BK has been elected as politburo member of CPN (UML) with in 39 members. He is only one Dalit member in the 39 politburo members.

Politics

राष्ट्रपतिको अधिकार र अबको बाटो नरहरि आचार्य संविधान सभाका समितिहरूभित्र भावी संविधानमा शासकीय स्वरूप वा शासनप्रणाली कस्तो बनाउने भन्ने विषयमाथि बहस चलिरहेको छ । यस बहसले राष्ट्रपति र प्रधानमन्त्रीको अधिकारलाई व्यापक सन्दर्भमा निरूपण गर्नेछ । साथै राष्ट्रपति कार्यकारी प्रमुख हुने कि प्रधानमन्त्री भन्ने कुराको टुंगो लगाउँदै तिनका निर्वाचन प्रणालीबारे पनि सुनिश्चित गर्नेछ । तर यसै बखत अन्तरिम संविधान अन्तर्गतका वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिका बीच सेनाको नियन्त्रण र व्यवस्थापनसम्बन्धी अधिकारको प्रयोगबारे गम्भीर विवाद प्रारम्भ भएको छ । परिणामस्वरूप प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा दिएका छन् भने राष्ट्रपति यादवलाई सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीका पक्षमा पार्टी र प्रबुद्ध नागरिक बाँडिएका छन् । एक-अर्को पक्षलाई असंवैधानिक भएको आक्षेप लगाउन अग्रसर छन् । यस विवादलाई स्वतन्त्र ढंगले हेर्न चाहने प्रधानमन्त्री र राष्ट्रपति दुवैले संविधानको अनुशरण नगरी आ-आफ्नै ढंगले राजनीतिक प्राथमिकतातर्फ लागेको देख्तै छन् । यसैबीच माओवादी सडकमा उत्रिएको छ

Representation of Major Three Political Parties of Nepal

Image
Representation of Political parties in CA United CPN (Maoist) 238 Nepali Congress 114 CPN (UML) 109 Madhesi Janaadhikar Forum 51 TaMaLoPa 22 Sadbhabana 9 CPN Male 9 RaPraPa 8 NeMaKiPa 5 CPN United 5 Rastriya Janamorcha 4 RaPraPa Nepal 4 Jana Shakti Party 3 CPN (Ekrakrit) 2 Sadbhabana Sarita 2 Samajbadi Janata Dal 2 Nepali Janata Dal 2 Sanghiya Loktantrik Manch 2 Independent 2 Nepal Family Party 1 Sadbhavana Gupta 1 Chure Bhabar Ekata Party 1 Nepal National Party 1 Dalit Janajati Party 1 Loktantrik Samajbadi Dal 1 Janamukti Party 1

A cartoon taken through Janadesh Weekly

Image
This cartoon was published in Janadesh Weekly on 5th May 2009. What is the meaning of this cartoon? It reflects the political scenario of Nepal.

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा २१ वैशाख ०६६ मा जनताका नाममा गरिएको सम्बोधनको पूर्ण पाठ

Image
आदरणीय नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरू, १) आज हामी नेपाली इतिहासको असाध्यै गौरवशाली तर चुनौतीपूर्ण क्षणमा उभिएका छौँ । यस्ता क्षणहरू कुनै देशका इतिहासमा कमै मात्र आउने गर्दछन् । एकातिर हामीले दसवर्षे महान् जनयुद्ध र त्यसैको पूरकका रूपमा रहेको संयुक्त जनआन्दोलन र मधेस आन्दोलनपश्चात् नेपाली इतिहासमा पहिलोचोटि संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छौँ र सयौँ वर्ष पुरानो सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेका छौँ । यो तपाईं-हामी सबैका निम्ति असाध्यै गर्व गर्नलायक कुरा हो । यसका निम्ति हामीले ती दसौँ हजार महान् सहिदहरू, वेपत्ता पारिएकाहरू र घाइते योद्धाहरूको युगौंयुगसम्म उच्च सम्मान र सम्झना गरिराख्नुपर्दछ । परन्तु अर्कोतिर, हामीले प्राप्त गरेको यो शिशु गणतन्त्र, हाम्रो प्यारो राष्ट्रिय स्वाधीनता र आमजनताले चाहेको तीव्र आर्थिक-सामाजिक परिवर्तन र विकासका विरुद्ध विभिन्न देशी तथा विदेशी प्रतिगामी तथा यथास्थितिवादी तत्त्वहरूले गम्भीर षड्यन्त्र गरिराखेका छन् । यो हामी सबैका निम्ति ठूलो चुनौतीको विषय हो । यिनै सन्दर्भलाई लिएर गणतन्त्र नेपा