Posts

Showing posts from December, 2014

तथ्यांकमा दुई संविधानसभा

तथ्यांकमा दुई संविधानसभा ४ मंसिर, २०७१ आज मंसिर ४ । संविधानसभाको दोस्रो निर्वाचन भएको एक वर्ष पुगेको छ । पहिलो संविधानसभाको तुलनामा दोस्रो संविधानसभाको चुनाव विवादास्पद बन्यो । सशस्त्र विद्रोह गरेर आएको एउटा शक्ति नेकपा–माओवादीले निर्वाचन बहिष्कार गर्यो । चुनावको परिणाम आउन थालेपछि एनेकपा माओवादी लगायत मधेसी दलहरुले चुनावमा धाँधली भएको आरोप लगाए । जे विषयहरुमा दलहरुबीच सहमति हुन नसकेर पहिलो संविधानसभा विघटन भयोे, अहिलेको संविधानसभाको विवाद पनि त्यही बिन्दुमा पुगेर अड्केको छ । राजनीतिक शक्तिहरुबीचको ध्रुवीकरण र तिक्ता पहिले भन्दा अहिले चर्को छ ।   पहिचानसहितको संघीयता माग गर्ने एनेकपा माओवादी र मधेसी दलहरुले दोस्रो संविधानसभा नराम्रो पराजय व्यहोरे । अहिले ती दलहरु लघुताभाषका शिकार भएका छन् । उता पहिलो संविधानसभामा अकल्पनीय हार व्यहोरेका दल नेपाली काँग्रेस र एमाले क्रमशः पहिलो र दोस्रो दलका रुपमा अहिलेको संविधानसभामा स्थापित भए । यसले ती दुई दलका नेतामा दम्भ पलाएको छ । माओवादी र मधेसी दलहरुलाई ठेगान लगाउने नाममा उनीहरु माओवादी सशस्त्र विद्रोह, मधेसी एवं जनजाति आन्दोलनबाट उठेक