Posts

Showing posts from October, 2014

'ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको फुटेज घुइँघुइँती खोज्‍दा पनि भेटिएन'

Image
'ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको फुटेज घुइँघुइँती खोज्‍दा पनि भेटिएन' अन्‍नपूर्ण  | २०७१ कार्तिक ११ मंगलवार   345   12   ललितपुर  : चलचित्रकर्मी नवीन सुब्बालाई आफ्नो चलचित्रका लागि तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शासनसत्ता हातमा लिएको घोषणा गरेको फुटेज चाहिएको थियो। उनले धुइँधुइँती खोजे तर पाएनन्।    'आजभन्दा १० वर्षअघिको घटनाको समेत श्रव्यदृश्य नपाउनु दु:खको कुरा हो', सोमबार उनी पाटनढोकास्थित यलमाया केन्द्रमा यस्तो चिन्ता व्यक्त गर्दै थिए। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले 'अन्तर्राष्ट्रिय श्रव्यदृश्य सम्पदा दिवस'का अवसरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।    'श्रव्यदृश्य अभिलेखको महत्त्व कति छ भन्ने कुरा हामीले बुझ्न सकेनौं', उनी भन्दै थिए, 'यहाँ त चलचित्रकर्मीले पनि आफ्नो चलचित्रको अभिलेख व्यवस्थित गर्न सकेको देखिएन।' उनकै भनाइमा चलचित्रजस्तो महत्त्वपूर्ण श्रव्यदृश्य सामग्री बजारमा जान्छ, बजारले चाहे त्यो राख्छ, नचाहे राख्दैन। 

दलित संघर्षको इतिहास

दलित संघर्षको इतिहास सवालटर्नकी भारतीय अध्येता गायत्री स्पिभाकले आफ्नो चर्चित लेख ‘क्यान सवालटर्न स्पिक?' मा सवालटर्न अथवा ‘सानो दर्जाका जनता'को स्थितिलाई आर्थिक, राजनीतिक तथा पहिचानको दृष्टिकोणबाट औंल्याइन्।  यद्यपि, उनको लेख उपनिवेशवादको परिप्रेक्ष्यमा लेखिएको भए तापनि जातीय विभेद तथा छुवाछुतले आक्रान्त दक्षिण एसियाको सन्दर्भमा यो प्रश्नको छुट्टै भौगोलिक तथा सांस्कृतिक अर्थ र पाटो छ, र छुट्टै उत्तर पनि। असीको दशकमा सोधेको यो प्रश्नको जवाफ अहिले एक्काइसौं शताब्दीमा भने बिस्तारै देखा पर्न थालेको छ, त्यो पनि दक्षिण एसियाबाट नै। यसको उदाहरण नेपालमा पनि विगतका केही ऐतिहासिक राजनीतिक परिवर्तनसँगै देखा पर्न थालेका छन्। यस्तै तात्‍िवक परिवर्तनका उदाहरण र विमर्शलाई समेटिएर लेखिएको पछिल्लो पुस्तक हो, दलनविरुद्धको प्रतिरोधः नेपाली दलितको सङ्घर्षगाथा। पुस्तकले नेपालको सन्दर्भमा स्पिभाकको प्रश्नको गतिलो सकारात्मक जवाफ दिने प्रयास गर्दछ, हो अब सवालटर्न बोल्न सक्छन्। पुस्तकले नेपाली दलितको संघर्षसम्बन्धी एउटा बौद्धिक छलफलको थालनी गरेको छ। यो पुस्तक अनुसन्धानमूलक लेख तथा केही वस्