Posts

Showing posts from September, 2014

सुदूरपश्चिममा दलित महिला पत्रकारको संख्या न्यून

सुदूरपश्चिममा दलित महिला पत्रकारको संख्या न्यून योगेश रावल  कैलाली, भदौ २४  सुदूरपश्चिममा दलित महिला पत्रकारको संख्या ज्यादै न्यून छ । दलित महिला पत्रकार नभएकै कारण दलित महिलाका सवाल सञ्चार माध्यममा नसमेटिएको सरोकारवालाको गुनासो छ । नेपाल पत्रकार महासंघको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौ जिल्लामा सात जना मात्रै दलित महिलाले सदस्यता पाएका छन् । ती मध्ये सबैभन्दा बढी कञ्चनपुरमा ३ जना रहेका छन् । त्यस्तै कैलालीमा २ र अछाम र बझाङमा १÷१ जनाले मात्रै सदस्यता प्राप्त गरेका छन् ।  नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेका मध्ये पनि केही पत्रकारिताबाट पलायन भैसकेका छन् । सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बाजुरा, दार्चुला र बैतडीबाट हालसम्म एक जना दलित महिलाले पनि महासंघको सदस्यता हासिल गरेका छैनन् ।  सुदूरपश्चिममा कार्यरत महिला र पुरुष गरी कुल ६ सय ६६ पत्रकार मध्ये दलित महिला पत्रकारको संख्या १ दशमलव शुन्य ५ प्रतिशत मात्रै रहेको छ ।   केही दलित महिला पत्रकारहरु भने महासंघको सदस्यता प्राप्त नगरेका भएपनि पत्रकारितामा कार्यरत रहेका छन् ।  दलित महिला संघ कैलालीले सञ्चारकर्मीहरुसँग