Posts

Showing posts from March, 2017

एकपाटे अनुहार - गुरुङ सुशान्त

Image
एकपाटे अनुहार  गुरुङ सुशान्त जसरी समाज र राजनीतिको सालनाल जोडिएको हुन्छ, उसैगरी साहित्य र राजनीतिको साइनो पनि पराईको हुँदैन । भनिन्छ, विशिष्ट सौन्दर्य-मूल्यसहित राजनीति साहित्य हो र साहित्य राजनीति । कतिपय कलावादी साहित्यमा राजनीति नहुने सतही तर्क गरी सामाजिक जिम्मेवारीबाट पन्छिन खोज्छन् । ती कला-व्यापारबाट यथास्थितिवादको शोषकीय मठ-मन्दिरको संरक्षण-सम्वद्र्धन गर्न चाहने हुँदा साहित्यले गर्ने मानवीय राजनीतिलाई कम आँक्छन् । कोरा र बोक्रे ठेक्कापट्टावाल संसदीय खेललाई मात्र राजनीति ठान्ने कलावादीले साहित्यमा राजनीति घुसाउन नहुने जिकिर गर्दै घुमाउरो राजनीति नै गरिरहेका हुन्छन् । विचारधाराको व्यावहारिक प्रयोग गर्ने राजनीतिसमेतलाई हस्तक्षेपकारी प्रभाव दिनसक्ने लेखकहरूले साहित्यमा हुने सूक्ष्म राजनीतिक प्रयोगसमेतलाई इन्कार गर्नु नै सामाजिक विडम्बनाको पलायनमुखी स्वरूप हो । पहिलो र अन्तिम प्रश्न यत्ति हो- वैचारिक÷राजनीतिक रचना कलात्मक छ कि छैन ? लेखक खगेन्द्र संग्रौला भन्छन्, 'साहित्यले गर्ने राजनीतिमा राजनीति हुने तर साहित्य नहुने जोखिमचाहिँ रहिरहन्छ ।' हामी लेखनबाट कुनै न कुनै