Posts

Showing posts from December, 2009

गहुँगोरो अफ्रिका (कविता) - आहुति

Image
साहित्यकार  आहुतिको  अत्याधिक चर्चित कविता गहुँगोरो  अफ्रिका -आहुती मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अाजुलीहरुमा आली लगाएर थाप्दछौ । जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्दछौ आँखा जुधाउने आँट गर पुजारी म बीसौं सताब्दीको अछूतु हुँ ! म न्याय चाहन्छु म मुक्ति चाहन्छु । तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानमाथिको कराइमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुधाउन आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानाहरुलाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ ! म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । तिम्रो बस्तीको सफा भुईँलाई सुँघ बस्तीको हर चोक्टामा मेरो गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे कि मेरो रक्तनलीहरुमा पानी भर कि आफ्नो दिमागको फोहर सफा गर म तिम्रो बस्तीको फोहर सहने च्यामे हुँ ! तिम्रो मनका मनोरिाजत ग्रन्थीहरुलाई च