Posts

Showing posts from June, 2014

कस्ता किसान कस्तो भूमि–व्यवस्था ?

कस्ता किसान कस्तो भूमि–व्यवस्था ? झलक सुवेदी जुन ११ को अनलाइन संस्करणमा टाइम्स अफ इन्डियाको एउटा समाचारको शीर्षक छ , ‘ दिल्लीमा भएको एउटा गोप्य बैठकमा भारतले चीनलाई भूमिसम्बन्धी कानुन पढायो । ’ समाचारमा भनिएको छ ‘ चीनमा हुने भूमिको निजीकरणमा भारतले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुनसक्छ । गोप्य राखिएको एउटा बैठकमा , कानुनी मामिलासम्बन्धी विभागका उपमन्त्रीको नेतृत्वमा आएको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलले भारतीय कानुन निर्माण विभागका उच्च अधिकारीसँग चीनमा ‘ सहर र गाउँ दुवै क्षेत्रका जनतालाई भूमिमाथि निजी स्वामित्व प्रदान गर्ने ’ सम्बन्धी एउटा प्रभावकारी ऐन निर्माणबारे बुझेका थिए । ‘ भूमिसम्बन्धी झगडाको व्यवस्थापन , क्षतिपूर्ति , घरको स्वामित्वमाथि कानुनी र नीतिगत संरक्षण तथा त्यसको पुस्तान्तरण ’ लगायत विषयमा छलफल भएको थियो । ’ यो समाचारले आफैँमा ठूलो महत्त्व राख्छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको क्रान्तिपछि सन् १९४९ मा जनगणतन्त्र घोषणा भयो र एक वर्ष नपुग्दै भूमिसु