Posts

Showing posts from January, 2015

'नयाँ संविधानमा प्रत्येक नेपालीको अपनत्व गाँसिनुपर्छ’ - प्राध्यापक पीताम्बर शर्मा

Image
नयाँ संविधानमा प्रत्येक नेपालीको अपनत्व गाँसिनुपर्छ’ प्रमुख राजनीतिक दलहरूबीच संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति नभएकामा आमनेपालीझैं प्राध्यापक पीताम्बर शर्मा  पनि चिन्तित छन्। संघीयताजस्तो पेचिलो मुद्दालाई दलहरूले आआफ्नो राजनीतिक दाउपेचका लागि मात्रै प्रयोग गरेको र बेलैमा गम्भीर छलफल नगरेका कारण सहमति नभएको बताउने शर्मा विकासका साथै पहिचानलाई पनि उत्तिकै जोड दिने गरी संघीयताको खाका कोर्नुपर्ने सुझाव दिन्छन्। नेपालको विकास र जातीय विविधताका विषयमा 'नेपाली क्यानभासका रङहरू’ शीर्षकको पुस्तकसमेत लेखेका संघीयता मामिलाका जानकार शर्मासँग कान्तिपुरका  गंगा बीसी  र  बसन्त बस्नेत ले शनिबार बिहान गरेको कुराकानी। माघ ८ को समयसीमाले दलहरू निकै व्यस्त देखिएका छन्, यसलाई तपाईं कसरी मूल्यांकन गर्दै हुनुहुन्छ? शीर्ष नेताहरूमा गम्भीरता भइदिएको भए यस्तो अवस्था आउने थिएन। बैठक त हुन्छन्, तर नेताहरू अन्तर्वस्तुमा प्रवेश नै गर्दैनन्। सुरुदेखि अहिलेसम्म यही प्रवृत्ति देखिन्छ। राज्य पुनः संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणालीबारे सबैले आआफ्ना अडान लिएर गए। विषय

अन्तर्वार्ता : बौद्धिकहरु जरा हुन् भने बुद्धिजीवी पात: सिके लाल

Image
हाम्रामा बौद्धिक सडकको मान्छे हो, यहाँ त पैतृक सम्पत्ती हुनेले मात्रै बौद्धिकता जोगाउन सक्ने भयो उज्ज्वल प्रसाई  १५ पौष, २०७१ - See more at: http://np.recordnepal.com/perspective/85#sthash.x9Y5fE7n.dpuf चिन्तक, राजनीतिक विश्लेषक, र चर्चित स्तम्भकार सिके लालसँग नेपाली बुद्धिजीवी र बौद्धिकबारे रेकर्ड नेपालका   उज्ज्वल प्रसाईले लिएको अन्तरवार्ताको संपादित अंश: रेकर्ड: इन्टिलेक्चुअल र इन्टेलिजेन्सियाबीच कति फरक छ ? हामीले नेपाली भाषामा यस्ता अवधाराणालाई कसरी बुझ्छौं ?   एकजना समाजशास्त्री टि.वी बोटोमोरले के भनेका छन् भने आफ्नो पेशामार्फत समाजमा कुनै प्रकारको सेवा दिइरहेका शिक्षित व्यक्ति इन्टेलिजेन्सिया हुन । जस्तो कि चार्टड एकाउन्टेट, वकिल, प्रोफेसर, डाक्टर, पत्रकार, यिनीहरुलाई बुझाउने शब्द हो इन्टेलिजेन्सिया । इन्टेलिजेन्सिया यो अर्थमा कि यिनीहरुसँग ज्ञानको एउटा आधार छ । प्रोफेसनल कोर्ड अफ इथिक्स भित्र रहेर समाजको हितको लागि काम गर्छन । त्यो भनेको ज्ञानको व्यवहारिक प्रयोग हो । इन्टेलिजेन्सिया सामान्यतया समाजका मूल्यमान्यताका परिधिहरु भित्र रहेर काम गर्ने । तर इन्टिलेक्च
Image
भलोकुरोको नमुना, प्रकाशक केदारमनी आ.दि., २०१८ गायत्री मन्त्र