Posts

Showing posts from September, 2015

नेपाल अधिराज्यका बाहुन

Image
नेपाल अधिराज्यका बाहुन प्रयागराज शर्मा नेपालका पहाडे बाहुनहरु अचेल जनजाति नेतृत्वबाट अवगाल खाने मुख्य तारो बनेका छन् । तर नियालेर हेर्ने हो भने बाहुनहरुमा यी धेरै कुरा भेटिँदैनन् जसका लागि उनीहरु चिनिने गर्छन् ।  ब्राम्हणवाद जहिले नेपालमा सूक्ष्म विवेचनाको विषय भएको छ । बहुदलीय प्रजातन्त्रले नेपालमा जनजातिका थुप्रै विद्वान, राजनीतिज्ञ र कार्यकर्तालाई जन्माएको छ, जो नेपाली जनजीवन र राज्यव्यवस्थामा ब्राम्हणवादको प्रभुत्त्व छ भनी ठान्दछन् र त्यसप्रति निकै असन्तुष्ट छन् । उनीहरुको यो असन्तुष्टि एकजना बाहुन वा सम्पूर्णमा बाहुन समुदायप्रति रहेको गहिरो घृणाको द्योतक हो अथवा राज्य विकासको राजनीतिक र प्रशासनिक परम्पराप्रतिको अस्वीकृति के हो, झट्ट ठम्याउन सकिँदैन । धार्मिक निष्ठा र उच्च ज्ञान प्राप्तिमा बाहुनहरुले आफूलाई अगाडि छौँ भन्ने ठाने पनि नेपालका बाहुनहरु सबै सन्त पुरुष हुन् भन्ने चाहिँ होइन । अन्य सामाजिक समूहका सदस्यहरुमा झैँ बाहुनहरुका पनि खराबी र कमी–कसर छन् । यिनैबाट बाहुनहरुको एउटा रुढ छवि निर्मित भएको छ । बाहुनको विरोध उनीहरुको यही रुढ छविमा आधारित हुनु त्यसैले त्य

विचार/विश्‍लेषण नेपालमा संवैधानिक अस्थिरता

Image
विचार/विश्‍लेषण नेपालमा संवैधानिक अस्थिरता -  प्रा. महेन्द्र लावती , काठमाडौं आश्विन ५, २०७२- दक्षिण एसियामा सबैभन्दा बढी संवैधानिक अस्थिरता यहाँंको सबैभन्दा पुरानो राज्य नेपालले खेपेको छ। ६८ वर्ष लामो संवैधानिक इतिहासमा नेपालले ६ थान संविधान (२००४, २००७, २०१५, २०१९, २०४७ र २०६२) पाइसक्यो र सातौं बनाउँंदैछ। संविधानको औसत आयु लगभग दस वर्षमात्र रहेको छ। शीर्ष नेताहरू बिभिन्न कारणवश नयाँं संविधान ल्याउने हतारोमा लागे। एक दशक लामो अनिश्चतापूर्ण र पट्यारलागदो संक्रमणकालबाट गुज्रिसकेका नागरिकहरूमा पनि संविधान आओस् भन्ने आकांक्षा छ। तर, नेपालीले स्थायित्व र समृद्धि ल्याउने संविधान चाहेका हुन्। यस पृष्ठभूमिमा एउटा स्वाभाविक तर महत्त्वपूर्ण प्रश्न नयाँं संविधान दिगो रहनेछ कि छैन भन्ने हो। देशको बिभिन्न भागमा सञ्चालन भइरहेका लामा आन्दोलनहरू, तीन दर्जनजति नागरिकको साहदत र बढ्दै गएको सामाजिक ध्रुवीकरणले यो प्रश्न टडकारो रूपमा उभ्याएको छ। नेपालमा घरि—घरि संविधान परिवर्तन हुनुको एउटा प्रमुख कारण जनताको राज्य सञ्चालनमा समावेशिता, समानता र अधिकारको लागि बढ्दो आकांक्षा र त्यसक