Posts

Showing posts from June, 2009

प्रधानसेनापतिको कारबाही राष्ट्रियता र राजनीति

प्रधानसेनापतिको कारबाही राष्ट्रियता र राजनीति - जे.वी. विश्वकर्मा प्रधानसेनापति रुक्मांगत कटवाललाई सरकारले लिएको स्पष्टिकरणले यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा पाइरहेको छ । राज्य अन्तर्गतको सेनालाई सरकारले स्पष्टिकरण माग्ने कुरा अस्वभाविक प्रकि्रया होइन र यसलाई यति ठूलो राजनैतिक मुद्दा बनाउन जरुरी पनि थिएन । कटवाललाई लिइएको स्पष्टिकरणको मुद्दालाई आवश्यकताभन्दा बढी राजनीतिकरण गरि नागरिक सर्वोच्ता र सैनिक सर्वोच्चताका पक्षमा मत विभाजन गरिएको छ । यसका पछाडि राजनैतिक स्वार्थप्रेरित विभिन्न कारण देखिन्छ । नेपाली कांग्रेसले सेनापतिलाई कारबाही गरेपछि माओवादीले सत्ता कब्जा गर्छ भन्ने विश्लेषण गरेको छ । माओवादीले सेना हातमा लिएर सत्ता कब्जा गरिहाल्ने स्थिति देखिँदैन । बरु माओवादी नेतृत्वमा रहेको सरकारलाई हरतरहले असफल बनाउने योजनासहित कांग्रेसले आएको हो भने प्रधानसेनापतिको प्रष्टिकरणलाई जबरजस्त राजनैतिक एजेण्डा बनाएर खतरा निम्त्याइरहेको देखिन्छ । रुक्मांगत कटवाल माओवादी नेतृत्वको सरकारलाई विद्रोहीको सरकार र जनयुद्धकालको शत्रुकै रुपमा व्यवहार गरिरहेको छ । जनमुक्ति सेनालाई पनि सेनाको रुप
Image
सुदूर ललितपुर जे.वी. विश्वकर्मा संसार कहाँ पुगिसक्यो, ललितपुर प्युटारकी कल्लीकुमारी विकलाई चाहिँ ढुंगे युगमै जस्तो सास्ती छ । नयाँ नेपालमा उनलाई उनकै छिमेकीले बोक्सी भनिन् । कुटिनन् मात्रै, आफ्नै विष्टा पनि खुवाइन् । त्यो पनि अनपढले होइन, गढिभञ्ज्याङ्ग प्राविकी प्रधानाध्यापिकाले । राजधानीकै गाउँमा यस्तो अपत्यारलिो घटना ? कस्तो रहेछ यो प्युटार, हामी हेर्न जाने भयौं । संंयोगवश राष्ट्रिय महिला आयोग, दलित आयोग, जागरण मिडिया सेन्टर र अन्य केही अधिकारवादी पनि फेला परे । लागेको थियो, ललितपुरको सडक कालोपत्रे र सजिलै ओहोर-दोहोर हुने खालको होला । लगनखेलदेखि ३५ किलोमिटरसम्मको त्यो यात्रामा चापागाउँभन्दा अलिकति पर पुगेपछि धूले र खल्डाखुल्डी परेको सडकमात्रै भेटियो । एकतर्फी गाडी पार गर्न पनि मुस्किल बाटोमा उकालो र ओरालो हुँदै यात्रा अगाडि बढ्यो । भट्टेडाँडा नजिकैको ओरालोमा गाडी हुईंकिादा सायद सबैको मुटुले ठाउँ छोड्दै थियो, गाडी सडकबाट बाहिर उम्किने हो कि भन्ने त्रासले । केहीले चालकलाई सम्झाउँदै थिए, 'बिस्तारै है बिस्तारै, बिस्तारै चलाउनुहोला ।' यहाँ आउँदा पोहोर सुदूरपश्चिमको बझाङ्ग पुगेको झ

दलन अन्तर्राष्ट्रिय अवार्डको सर्ट लिस्टमा

Image
दलन अन्तर्राष्ट्रिय अवार्डको सर्ट लिस्टमा टेलिशृंखला 'दलन' बेलायतस्थित वन वल्र्ड मिडिया ट्रष्टको स्पेसल अवार्डको सर्ट लिस्टमा परेको छ । ट्रस्टले मिडिया सम्बन्धी विश्वभरका १२ क्षेत्रमा अवार्ड प्रदान गर्दै आएको छ । 'दलन' उक्त अवार्डमा नोमिनेसनमा परेको मुलुककै पहिलो टेलिशृंखला भएको निर्माता जागरण मिडिया सेन्टरका पूर्ण बराइलीले दाबी गरे । 'विभिन्न जाति र समुदायमा भाइचाराको भावना विकास गराउने यो शृंखलाको,' निर्देशक नवीन सुब्बाले शनिबार भने, 'असारभर प्रतिनिधि भागहरू पुनः प्रसारण गर्नेछौं ।' दलित विषयवस्तुमा आधारित 'दलन' का ४ सय फिल्म क्लब बनिसकेको पनि उनले बताए । प्रशारण क्रममा मुलुकका विभिन्न भागबाट 'जसले जातीय विभेद गर्छ, उसलाई उपहार दिनु' भनी व्यंग्यात्मक रूपमा एक रुपैयाँ समेत संकलन गरिएको थियो । निर्माताका अनुसार दलन चलचित्र कोषमा बीस हजार जम्मा भइसकेको छ । उक्त अवार्ड विजेताको घोषणा जुन २२ मा हुँदै छ । http://www.ekantipur.com/kolnepalinews.php?&nid=199090 Dalit serial comes to an end Post Report Kathmandu, June 13 - A television seri

कल्लीकुमारीलाई बोक्सीको आरोपमा दिसा खुवाउने शिक्षिका बिमला गोले लामा पक्राउ

Image
-जे.वी. विश्वकर्मा jb.sangi@gmail.com ललितपुर प्युटार-७ की कल्लिकुमारी विकलाई बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै दिसा समेत खुवाउने शिक्षिका विमला लामा गोले आज ललितपुरबाट पक्राउ परेकी छन् । ८२ दिनपछि घटनाकी प्रमुख दोषी पक्राउ परेकी हुन् । ललितपुरको मानभवनबाट पक्राउ परेकी बिमला आफूविरुद्ध परेको सार्वजनिक अपराध सम्बन्धी मुद्दाका विषयमा जानकारी लिन गाउँकै हजुरबुबा पर्ने नेपाली कांग्रेस जिल्ला उपसभापति कपिलबहादुर लामासँग जिल्ला प्रशासन कार्यालय जाँदैथिइन । चैत्र ७ गते कल्लिकुमारीलाई बोक्सीको आरोपमा कुटपिट गरेको स्वीकार गर्दै उनले भनिन् ुगाउँमा अरुले पनि बोक्सी भन्ने गर्थे । म बिरामी परेको बेला चाबहिलमा बस्ने कार्की थरका धामीले उनी नै बोक्सी भएको बताएपछि मैले कुटपिट गरेको हुँ ।ु उनले आफूलाई लागेको रोगबारे भने स्पष्ट बताइनन् । धामीले कपडामार्फत नै बिगारेको छ भनेर धामीले भनेपछि कल्लीलाई बोलाएको बताउँदै उनले भनिन् ुमलाई बोक्सी लागेको भन्ने झाँक्रीले भनेपछि मैले कल्लीलाई मेरो मामाको घरमा बोलाएँ । उहाँ आएपछि लुगामा नै बिगारेको छ भनेर धामीले भनेपछि मैले उनको छोरीलाई दिएको तीनजोर लुगा फिर्ता मागेँ

Bijaya Kumar Gachchhadar Expelled from MFJ

Image
Bijaya Kumar Gachchhadar, a leader of Madhesi Janaadhikar forum 4th largest party had taken promise with PM Madhav Kumar Nepal yesterday as a deputy Prime-Minister. But, the central committee meeting of MJF has decided to withdraw the support Madhav Nepal's government. In a press conference MJF said the Parliamentary Party Leader Bijaya Kumar Gachchhadar including other six leaders have been expelled today. The expelled leaders are Sarad Singh Bhandari, Jitendra Narayan Dev, Rameshwor Rai Yadav, Ramjanam Chowdhary and Upendra Jha. It has also decided to stay as the opposition in the UML-led government. It can give trouble for the collation government lead by CPN UML.

First Women and Dalit as a speaker in India is Ms. Meira Kumar

Image
Ms. Meira Kumar (64), Dalit women has elected as a speaker of India's lower house of parliament in 3rd June 4, 2009. Ms. Kumar has been elected to Parliament five times and has also served as social justice minister. -J B Biswokarma

नेपाली सीमामा भारतीय हस्तक्षेप

Image
विस्थापित क्षेत्रका चेली अपहरित दुर्गालाल केसी देउखुरी -दाङ, जिल्लास्थित भारतीय सीमामा यौनशोषणका लागि नेपाली चेलीबेटीहरू अपहरित हुने गरेको तथ्य सार्वजनिक भएको छ । पछिल्लो समयमा भारतको सशस्त्र सीमा बल (एसएसबी) दुई छोरी हराएपछि दाङ्ग राजापुर-७ खाङग्राका रणबहादुर विश्वकर्मा बाट लखेटिएर सीमावर्ती क्षेत्रबाट विस्थापित भएकाहरू देउखुरी आएपछि यस्तो खुलासा भएको हो । हतियारधारी समूहले युवतीहरूलाई जबर्जस्ती भारतीय भूमितर्फ लगी यौनशोषण गरेको सीमावासीले बताए । राजपुर गाविस ९, खिरकी नाका निवासी १९ वषर्ीया सीमा थापा -नाम परिवर्तन) लाई जेठ ४ गते यसैगरी अपहरण गरिएको थियो । दुई साता बितिसक्दा पनि उनको पत्तो छैन । 'भारततिर एउटा घरमा बन्धक बनाएर यौनशोषण गरिराखेको खबर सुनिएको छ, उनलाई खोज्न जाने अवस्था नै छैन,' गाउँबाट भागेर देउखुरी आइपुगेका राजपुर, डगमाराका चन्द्रप्रकाश खडकाले भने, 'अपहरणपछि घरपरिवार डरले भागाभाग भए । अहिले उनका आफन्तहरू कता छन् भन्ने पत्तो छैन ।' राजपुर ७, खङ्ग्रा निवासी ५८ वषर्ीय रणबहादुर विश्वकर्माका दुई छोरीहरू हराएको त एक वर्ष बितिसक्यो । सतबरियास्थित दिदीको घर जान

प्रधानमन्त्री माधवकुमार नेपालको राष्ट्रका नाममा सन्देश

Image
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध संघर्षमा रगत बगायौँ। हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं। यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं। लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ। म आफ्नो अमूल्य जीवन उर्त्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु। वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु। म आफ्नो पहिलो सम्बोधन नेपाली जनताद्वारा निर्वाचित र्सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसदभित्र गर्न चाहन्थेँ। तर, सरकारले पूर्णता नपाइसकेको र अन्य दलहरूसँग नीति तथा कार्यक्रमलगायतका विषयहरूमा अझै छलफल चलिरहेको अवस्थालाई ध्यानमा राख्द
Image
Senior leader of CPN (UML) Madhav Kumar Nepal has elected Prime-Minister in 24th May, 2009 (10th Jest 2066). President of Nepali Congress Girija Prasad Koirala had nominated his name for election in Parliament. No other candidate had competed with him on the election for Prime-Minister. He had failed to win the CA election from Kathmandu and his home city Rautahat. But, the government leading by CPN (Maoist) had requested to stay as a president Constitution Committee and he had been a member of CA and also the president of Constitution Committee. After the CA election he had given regien from secretary general in his party. Then he had tried to be a chairperson of Party, but he wouldn't be a chairperson. CPN (UML) is third largest party of the nation. Now the main opposing party Maoist had 238 seat, Nepali congress had 114 and UML had 109 seat. The fourth largest party Madhesi Janaadhikar Forum also supported to make PM Madhav Nepal. - J B Biswokarma