नेपाली सीमामा भारतीय हस्तक्षेप

विस्थापित क्षेत्रका चेली अपहरित
दुर्गालाल केसी
देउखुरी -दाङ, जिल्लास्थित भारतीय सीमामा यौनशोषणका लागि नेपाली चेलीबेटीहरू अपहरित हुने गरेको तथ्य सार्वजनिक भएको छ । पछिल्लो समयमा भारतको सशस्त्र सीमा बल (एसएसबी)
दुई छोरी हराएपछि दाङ्ग राजापुर-७
खाङग्राका रणबहादुर विश्वकर्मा
बाट लखेटिएर सीमावर्ती क्षेत्रबाट विस्थापित भएकाहरू देउखुरी आएपछि यस्तो खुलासा भएको हो । हतियारधारी समूहले युवतीहरूलाई जबर्जस्ती भारतीय भूमितर्फ लगी यौनशोषण गरेको सीमावासीले बताए । राजपुर गाविस ९, खिरकी नाका निवासी १९ वषर्ीया सीमा थापा -नाम परिवर्तन) लाई जेठ ४ गते यसैगरी अपहरण गरिएको थियो । दुई साता बितिसक्दा पनि उनको पत्तो छैन ।
'भारततिर एउटा घरमा बन्धक बनाएर यौनशोषण गरिराखेको खबर सुनिएको छ, उनलाई खोज्न जाने अवस्था नै छैन,' गाउँबाट भागेर देउखुरी आइपुगेका राजपुर, डगमाराका चन्द्रप्रकाश खडकाले भने, 'अपहरणपछि घरपरिवार डरले भागाभाग भए । अहिले उनका आफन्तहरू कता छन् भन्ने पत्तो छैन ।'
राजपुर ७, खङ्ग्रा निवासी ५८ वषर्ीय रणबहादुर विश्वकर्माका दुई छोरीहरू हराएको त एक वर्ष बितिसक्यो । सतबरियास्थित दिदीको घर जान निस्किएका छोरीहरू बाटोमै हराएपछि रणबहादुर एक्लो भएका छन् । 'श्रीमती चार वर्षअघि बितिसकी, मन बुझाउने बाटो दुई छोरीमात्रै थिए,' गला अवरुद्ध पार्दै उनले भने, 'धेरै खोजें तर केही लागेन, कसले खोजिदेला मेरा छोरीहरू ?'
बेला गाविसका पटौली तथा राजपुरका सुनपथ्री र कल्याणी नाकाबाट मात्रै तीन वर्षयता १७ युवतीहरू हराएको स्थानीयवासीले बताए । युवतीहरूलाई अपहरण गरेर बलात्कार गर्ने, गाउँका खाद्यान्न नष्ट गरिदिने र पुरुषहरूलाई कुटपिट गर्ने क्रम बढेपछि २२ नाकाका बासिन्दा सुरक्षा माग्दै देउखुरीको सतबरिया २, वनघुस्रीस्थित कर्री सामुदायिक वन क्षेत्रमा आइपुगेका हुन् ।
पीडित समूहले सीमा क्षेत्रमा सुरक्षा क्याम्प राखिदिन प्रशासनसँग माग गरेका छन् । नेपाल र भारत सीमा क्षेत्रमा १०/१० मिटरको फरकमा भारतीय सुरक्षाकर्मीको तैनाथी छ तर नेपालतर्फ भने त्यस्तो कुनै सुरक्षा संयन्त्रको उपस्थिति
छैन । सुरक्षा निकाय नजिक नभएकाले युवती अपहरणको यकिन तथ्यांक र ज्यादतीको विवरण स्थानीय प्रशासनसँग छैन ।
'हराउने युवतीहरूको कुनै लेखाजोखा छैन,' राजपुर ९ निवासी प्रकाश पुनले भने, 'हतियारसहित घरमा आएर छोरीबहिनीलाई लिएर जान्छन्, बोल्यो भने हतियार सोझ्याउँछन् । उनीहरूले लगेका आधाभन्दा कम चेलीहरू मात्र फर्केका छन् ।'
घाँसदाउरा लिन जंगल गएका चेलीहरू बढी मात्रामा हराउने गरेका छन् । 'घाँसदाउरा लिन जंगल गएको बेला त्यहीं पुगेर वयस्क महिलालाई समेत जबर्जस्ती गर्छन् । कसैलाई सँगै लगेर महिनौंसम्म यौनशोषण गरेर छाडिदिन्छन् भने केहीलाई त बेपत्ता पनि पारेका छन्,' बेला २, बरुवा नाकाकी लीला घर्तीले भनिन्, 'जे गरे पनि सहनुपरेको छ, प्रतिकार गर्न खोजे गोली खाइन्छ । जीउ फाल्नुभन्दा इज्जत लुटाउनुपर्ने बाध्यता छ ।'
दाङ र भारतका गोन्डा, श्राबस्ती र बलरामपुर जिल्लाका सीमा जोडिएका क्षेत्रमा दिनहुँ दुव्र्यवहार हुन थालेपछि त्यहाँका २ हजार ५० बासिन्दा गाउँ छाड्न बाध्य भएका हुन् । तीमध्ये कति बीच बाटोमै अलपत्र परेका छन् भने कति आफन्त खोज्दै अन्य गाउँतर्फ पसेका छन् । कतिपय रोजगारीका लागि भारतमा रहेकाले परिवारसँग सम्पर्कविहीन छन् ।
चेलीबेटी अपहरणका घटना यसअघि पनि हुने गरेको राजपुर गाविसका पूर्वसचिव रामगोपाल चौधरीले बताए । 'नाकाहरूमा भारतीय सुरक्षाकर्मी र हतियारधारी समूहले चेलीबेटीलाई हातपात र बलात्कार गर्ने घटना भइरहन्थे,' राजपुरमा १२ वर्ष काम गरेका चौधरीले भने, 'नजिकमा नेपाली सुरक्षाकर्मी र सञ्चारको पहुँच नभएकाले ती घटना त्यत्तिकै सेलाउँथे । अहिले मानिसहरू अलि सचेत भएकाले बाहिर आएका होलान् ।'
बेला गाविसका पूर्वअध्यक्ष शंकर पौडेलले नाकाहरूमा सुरक्षा व्यवस्था नभएकाले ज्यादतीका घटना बढदै गएको टिप्पणी गरे । 'नेपालीका घरहरूमा राम्रा खसीबोका देखेमा लुट्ने र चोरी डकैती गर्ने कुरा वर्षौंदेखि हुँदै आएका हुन्,' उनले भने, 'पहिले कोइलाबास र बेलाको खाङ्ग्रा नाकामा प्रहरी चौकी भएकाले यति धेरै अत्याचार हुन पाएको थिएन । यसरी बस्ती नै उठेको घटना भने यो पहिलो हो ।'
अहिले कोइलाबासमा मात्रै सीमा प्रहरी चौकी छ । अन्य नाकामा सुरक्षाकर्मीको उपस्थिति छैन । यसअघि गोवरडिहा र राजपुरमा स्थापित प्रहरी चौकी पनि थरूहट कार्यकर्ताको त्रासका कारण फर्काइएपछि नाकामा ज्यादती बढदै गएको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले सीमा समस्याबारे केन्द्रबाटै कुराकानी हुनुपर्ने बताए । 'यो राष्ट्रियताको सबाल हो । सीमा मिचिँदै आएको र त्यही बहानामा ज्यादती बढेको खबर छ । आधिकारिकता बुझ्न छिट्टै टोली पठाउँदैछौं,' उनले भने, 'देशदेशबीच कुरा गर्नुपर्ने विषय भएकाले यसबारे -गृह) मन्त्रालयमा पनि जानकारी गराएका छौं । केन्द्रबाटै केही पहल भयो भने यहाँ हामीलाई पनि त्यहीअनुसार काम गर्न सजिलो हुन्छ ।'
प्रजिअ ढकालले सीमा क्षेत्रको निरीक्षण गरेर त्यहाँ सुरक्षा क्याम्प राख्ने/नराख्नेबारे विचार गरिने बताए । विस्थापितहरूबाट वन अतिक्रमण हुन नदिनेतर्फ पनि आफूहरू सचेत रहेको र बसोवासको वैकल्पिक व्यवस्थाका लागि वन कार्यालय, राजनीतिक दललगायतसँग छलफल भइरहेको उनले जानकारी दिए ।थप २५० देउखुरी आए
देउखुरी -दाङ)- एसएसबीको ज्यादतीका कारण गाउँबाट विस्थापित हुनेको संख्या बढ्दो छ । मंगलबारमात्रै थप २ सय ५० जना देउखुरी आइपुगेका विस्थापितहरूका अगुवा रोशन पुनले बताए ।
चार गाविसअन्तर्गत २२ गाउँबाट भागेकामध्ये सयौं बाटोमा अलपत्र छन् । एसएसबीले सीमा स्तम्भ सार्दै नेपाली भूमिलाई भारतको दाबी गर्दै ज्यादती थालेपछि विस्थापित हुनुपरेको पीडितहरूले बताए । तीमध्ये १ हजार ८ सय जना दुई दिन हिँडेर सोमबार सतबरिया आइपुगेका थिए । त्यहाँको कर्री सामुदायिक वनमा शरण लिइरहेका विस्थापितलाई स्थानीय उपभोक्ता समूहले बस्न नदिने भएपछि थप समस्या उत्पन्न भएको छ । उपभोक्ता समूहले विस्थापितको वैकल्पिक व्यवस्था गरी वन क्षेत्र खाली गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
यसैबीच गृह मन्त्रालयले विस्थापितहरूबारे स्थलगत अध्ययन गरी तत्काल प्रतिवेदन बुझाउन स्थानीय प्रशासनलाई मंगलबार निर्देशन दिएको छ । साथै सीमा मिचिएको सन्दर्भमा यथार्थ बुझ्न नापी विभागलाई पत्राचार समेत गरिएको गृह प्रवक्ता नवीनकुमार घिमिरेले कान्तिपुरलाई बताए ।
'सीमा सुरक्षा बलले सीमा मिचेको सार्वजनिक जानकारी आएपछि यथार्थ बुझ्न नापीलाई भनेका हौं,' उनले भने । दाङ जिल्ला प्रशासनले बुधबार नै प्रारम्भिक प्रतिवेदन पठाउने पनि घिमिरेले बताए ।
उता दाङ सदरमुकाममा मंगलबार बसेको सर्वदलीय बैठकले सीमा अतिक्रमण र विस्थापितहरूको अवस्थाबारे अध्ययन गर्न अनुगमन समिति गठन गरेको छ । प्रजिअ ऋषिराम ढकालको संयोजकत्वमा गठित ११ सदस्यीय समितिमा राजनीतिक दल, जिविस, नागरिक समाज, विस्थापित र पत्रकार महासंघका प्रतिनिधि छन् ।
समितिले सीमा क्षेत्रको निरीक्षण गरेर एक प्रतिवेदन तयार पार्ने माओवादीका प्रतिनिधि सागरले बताए । 'चेलीबेटी अपहरणमा पर्ने गरेको, धनमाल लुटपाट हुने गरेको र सीमा स्तम्भ सारिएका विषयमा छलफल भयो,' उनले कान्तिपुरसँग भने, 'समस्या धेरै जटिल रहेछ । यसमा धेरै छलफलको आवश्यकता महसुस भएको छ ।'
http://www.ekantipur.com/kolnepalinews.php?&nid=197235

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति