Posts

Showing posts from May, 2020

चेपुवामा सीमान्त समुदाय

Image
संगीत खेल पर्यावरण विज्ञान प्रविधि जेबी विश्वकर्मा २०७७ जेठ १० शनिबार  चेपुवामा सीमान्त समुदाय  प्रत्येक रात नौमध्ये एकजना भोकै सुत्छन्   गरिबविरोधी विश्वव्यवस्था  विश्व अर्थ–राजनीतिक व्यवस्था नै श्रमिक र सीमान्तकृत समुदायमाथि शोषण र दमनको चक्रबाट गुज्रिएको छ । दासयुगमा मानिसलाई पशुसरह खरिद–बिक्री गरिन्थ्यो । सामन्तवादी–पुँजीवादी राज्यव्यवस्थाले निर्माण गरेको शक्ति र स्रोतको असमान वितरणका परिणामस्वरूप संसारको विशाल जनसंख्याले गरिबी, असमानता र अन्यायमा बाँच्नुप-यो ।    सन् १९५० पछि प्रजातन्त्र, खुला बजार अर्थनीति, स्वतन्त्रता आदिका नाममा स्थापित पुँजीवादी लोकतान्त्रिक व्यवस्थाले पनि मूलतः आर्थिक रूपमा कमजोर र सीमान्तकृत समुदायलाई थप विभेद र बहिष्करणमा पार्दै लग्यो । सन् १९८० पछि विकसित भूमण्डलीकृत पुँजीवादी व्यवस्थाले गरिब र सीमान्तकृत समुदायमाथि थप विभेद र बहिष्करणको प्रवद्र्धन गरिरहेको छ ।    संसारकै लोकतान्त्रिक मुलुक दाबी गर्ने अमेरिकामा सन् २०१६ मा भएको एक अध्ययनअनुसार २० प्रतिशत धनीले ९० प्रतिशत सम्पत्ति कब्जा गरेका छन् भने २० प्रतिशत जनता गरिबीको रेखामुनि छन् । विश्वभरि प्रभुत्व

नेकपा र जातिवादी कृष्ण प्रवृत्ति

Image
२०७७ जेठ १ बिहीबार सैद्धान्तिक रूपमा कम्युनिस्ट पार्टीले समानता र न्यायको पक्षमा संघर्ष र क्रान्ति गर्दै आएको इतिहास छ । राज्यसत्ताले श्रमजीवी, मजदुर र बहिष्करणमा पारिएका समुदायमाथिको थिचोमिचोको अन्त्यका लागि संघर्ष गर्नु कम्युनिस्ट आन्दोलनको चारित्रिक विशेषता हो । दास–मालिक युगमा राज्यव्यवस्थाले दासमाथि गरेको अमानवीय अत्याचार होस् वा औद्योगिक क्रान्तिसँगै विकास भएको एकाधिकारवादी पुँजीवादी व्यवस्थाले श्रमिकमाथि गरेको चरम शोषण र दमनविरुद्ध श्रमजीवी मजदुर वर्गलाई संगठित गर्दै भएका क्रान्ति हुन्, त्यसको नेतृत्व कम्युनिस्ट पार्टीले नै गरेका थिए । श्रमजीवी वर्गकै संघर्षका कारण संसारभरि सानदार क्रान्ति र संघर्षले सामन्ती, एकाधिकार पुँजीवादी सत्तालाई पल्टाइदिएको थियो । दोस्रो विश्वयुद्धदेखि रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलन शक्तिशाली भूमण्डलीकृत विश्व पुँजीवादसम्म आइपुग्दा थप रक्षात्मक हुन पुगेको छ । नेपालमा पनि ००६ वैशाख ६ गते ‘नागरिक अधिकारका लागि लड्ने’ प्रतिबद्धतासहितको पर्चा जारी गरेर गठित नेपाल कम्युनिस्ट पार्टी अस्तित्वमा आयो ।  १५ सेप्टेम्बर १९४९ मा जारी भएको नेपाल कम

महामारीको बहुआयामिक सिकार को हुँदै छ ?

Image
जेबी विश्वकर्मा २०७६ चैत ३० आइतबार ०९:३७:०० दृष्टिकोण महामारीको बहुआयामिक सिकार को हुँदै छ ? महामारीबाट सबैभन्दा प्रताडित गरिब र सीमान्तीकृतको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार र जवाफदेही हुनैपर्छ नेपालमा पछिल्लो करिब दुई दशकमा राजनीतिक संघर्ष र प्राकृतिक विपत्तिबाट ठूलो संख्यामा मानवीय क्षति हुन पुग्यो । ०५२ सालदेखि तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा करिब १७ हजारको ज्यान गुम्यो, ठूलो संख्यामा बेपत्ता पारिए भने घाइते अपांगता भएका व्यक्तिको संख्या पनि निकै ठूलो छ । यसैगरी ०७२ को भूकम्पका कारण करिब नौ हजार मानिस मारिएका थिए भने २२ हजारभन्दा बढी घाइते भए । राजनीतिक रूपान्तरणको संघर्ष होस् र प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउने वा सबैभन्दा प्रभावित हुनेमा आदिवासी जनजाति, दलित र सीमान्तीकृत समुदाय नै बढी छन् । अहिले संसारभरि कोरोना भाइरसका कारण करिब १७ लाख संक्रमित भइसकेका छन् भने करिब एक लाखभन्दा बढीको मृत्यु भइसकेको छ । मार्चको मध्यतिरदेखि संक्रमति र मृतकको संख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो केही दिनमा प्रतिदिन करिब लाख नयाँ संक्रमित भे

उत्पीडनको च्याम्बरमा दक्षिण एसियाली दलित

Image
जेबी विश्वकर्मा २०७६ चैत ८ शनिबार ०९:३७:०० समाज उत्पीडनको च्याम्बरमा दक्षिण एसियाली दलित दक्षिण एसियाली जातिवादी सत्ता दलितमाथिको असंख्य अत्याचारको पहाडमाथि उभिएको छ दक्षिण एसियामा दलित विगत ३५ सय वर्षदेखि हिन्दू समाजमा विकसित क्रूर, अमानवीय र अत्याचारी जातमा आधारित सामाजिक-राजनीतिक व्यवस्थाले मूलतः दक्षिण एसियाका करिब २२ करोड दलितमाथि शासन गरिरहेको छ । दलितलाई मानवको हैसियतसमेत नदिने छुवाछुत-भेदभावसहितको जातव्यवस्थाको सुरुवात भारतबाट भएको हो भने जातव्यवस्थाको केन्द्र दक्षिण एसिया हो । सरकारी तथ्यांकअनुसार भारतका करिब १७ प्रतिशत अर्थात् करिब २० करोड, नेपालको १३.६ प्रतिशत अर्थात् करिब ४० लाख दलित छन् । बंगलादेश र पाकिस्तानमा अल्पसंख्यक हिन्दू र मुस्लिम समाजमा पनि छुवाछुत-भेदभाव हुने गर्छ । बंगलादेशमा दलितको स्पष्ट तथ्यांक नभए पनि करिब ५० लाखभन्दा बढी दलित रहेको र पाकिस्तानको हिन्दू समाजमा मात्रै करिब ४ लाख र मुस्लिम समुदायभित्र पनि ठूलो संख्यामा दलित रहेको देखिन्छ ।  श्रीलंकामा पनि ४० लाखभन्दा बढी दलित जनसंख्या रहेको अनुमान गरिएको छ । तर, बंगलादेश, पाकिस्तान, श्रीलंकामा स्पष्ट दलित पहिच

गुमनाम नायकहरू

Image
जेबी विश्वकर्मा २०७६ पौष २६ शनिबार आधुनिक राज्य गठन वा विघटनका क्रममा ऐतिहासिक पात्र र प्रवृत्ति देखापर्छन् । ती राजनीतिक घटनाक्रम र पात्रबारे वस्तुपरक र आलोचनात्मक विश्लेषण हुनुपर्छ । नेपाल शासनसत्ता सञ्चालकबारे लेखिएको इतिहास मूल प्रवृत्तिलाई हेर्ने हो भने शासकको भक्तिगाथा र स्तूतिमा आधारित छन् । लिखित इतिहासमा राज्य गठनका क्रममा विजेताहरूको साहस, वीरता र बलिदानीको चर्चाले भरिएका छन् तर शासक इतिहास निर्माणमा जीवनको बलिदानी दिने वा योगदान पु¥याउनेहरूको इतिहास नामेट पारिएको छ । उदाहरणका लागि पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारबारे वीरताका थुप्रै रचना लेखिएका छन् । तर, उनको युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिसे नगर्ची, मणिराम गाइने, जसवीर कामी आदि गुमनाम छन् वा उनीहरूको ऐतिहासिक भूमिका नामेट पारिएको छ । अर्कोतिर, ‘वीरता’को इतिहास लेखिँदा तिनले गरेका अत्याचार लुकाइन्छ । पृथ्वीनारायण शाहबारे लेखिएका इतिहासले पनि यही वास्तविकताको प्रतिनिधित्व गर्छ । त्यसैले नेपाली इतिहासमा ‘नेपाल एकीकरण’को एकाङ्की भाष्य बलियो छ र पृथ्वीनारायणका आलोचना राज्यले पचाउन सक्दैन ।  गोरखा राज्यसँगै वर्ण