Posts

Showing posts from January, 2014

डोरबहादुरको त्यो अन्तर्वार्ता

Image
आजको विशेष डोरबहादुरको त्यो अन्तर्वार्ता मिति : २०७० माघ ४, शनिबार [1565 पटक पढिएको] गुणराज लुइँटेल  | बिषय:  फूर्सद चर्चित समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो उनको आफ्नै घर ललितपुरमा अन्तर्वार्ता लिने अवसर मिलेको थियो। मुलुकमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएयता जातीय चिनारीको राजनीतिले पनि विस्तारै गति लिन थालेको थियो। प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको हाम्रो समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए। मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन। जनआस्था साप्ताहिकका निम्ति यो पंक्तिकारले उनको अन्तर्वार्ता लिने मौका पाएको थियो। साथमा थिए, फोटोपत्रकार सन्तोष पोख्रेल। अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भन्ने तर्क पनि अघि सारे। अखबारले यही भनाइलाई शीर्षक बनाएर छाप्यो। चर्चा झन् चुलियो। प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो। अहिले फर्केर हेर्दा त्यो अन

बीसे नगर्चीर्को बयान

कविता:बीसे नगर्चीर्को बयान श्रवण मुकारुङ  मालिक! म यो गोरखा राज्यमा अढाइ सय वर्षपछि बौलाएँ मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिरमिर तिरमिर भएर हजूरको शिर दशवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिर छ कहाँनिर छ बीसे नगर्ची मालिक! म बौलाएँ मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्नुपर्न यो गोरखकालीको पाऊ छोएर नुनको सोझो हुनुपर्ने अढाइ सय वर्षपछि आज के भयो मलाई? यो बीसेलाई दशा लाग्यो मालिक! म बौलाएँ! नाथे मेरी स्वास्नी न हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बीसेको झुप्रो न हो जलाइएको यतिमै यो बीसे उफ्रिनु पर्ने! थुइक्क बीसे..... म बौलाएँ मालिक! म बौलाएँ मेरो हात भाँचियो अब म हजूरका भारदारहरुलाई लवेदा सिउन सक्दिनँ नर्सिङ्गा फुक्न, सनाइ बजाउन अथवा कुनै मङ्गलगान वा मृत्यु गीत गाउन सक्दिनँ मेरो खुट्टा भाँचियो अब म हजूरको राज्यको पहरा गर्न सक्दिनँ मेरो दिमागै ठीकमा छैन अब म ठीक्कले बोल्न सक्दिनँ मालिक! म बौलाएँ मालिक! यो गोरखा राज्य अघि उभिएका हिजोका ती अग्

भाषा र साहित्यप्रति नेपालीभाषी भूटानीहरू सचेत

Image
भाषा र साहित्यप्रति नेपालीभाषी भूटानीहरू सचेत Published on Jan 14 2014  //  MAIN NEWS ,  NEPALI SECTION नेपालबाट तेश्रो देश पुनर्वासमा पठाइएका भूटानी शरणार्थीहरूले ती देशमा पुगेर पनि आफ्नो भाषाको उत्थान र संरक्षणमा सक्रियता देखाइरहेको पाइएको छ । भूटानी शरणार्थीहरूको सन्दर्भमा पुस २७ गते शनिवार अर्थात् जनवरी ११ मा काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले नेपालीहरू जहाँ गए पनि र जुन देशका भए पनि आफ्नो भाषा र साहित्यको विकासका लागि दत्तचित्त रहेको समेत बताएका छन् । डिस्कोर्स पब्लिकेशनले आयोजना गरेको “नेपाली सन्दर्भमा शरणार्थी साहित्य कार्यशाला गोष्ठी” का वक्ताहरूले भूटानी निरङ्कुश सत्ताले बलपूर्वक नेपालीभाषी भूटानीहरूको भाषा र साहित्यमाथि हस्तक्षेप गर्दै देशनिकाला पनि आफ्नो भाषा र साहित्यको संरक्षण र संवद्र्धनका लागि नेपालीभाषी भूटानीहरू सचेत र सक्रिय रहेको समेत बताए । पुस्तक विमोचन कार्यक्र्रममा उपस्थित श्रष्टाहरू तश्विरः विएनएस सो अवसरमा पुनर्वासका सिलसिलामा हालै मात्र संयुक्त राज्य अमेरिकामा पुग्नुभएका साहित्यकार शिवलाल दाहालको “अलविदा बेलडाँगी” कृति पनि विम

An Article on Community Radio and Dalit issues in South Asia

Image
CRs must work to end caste discrimination in South Asia Community radio has a significant role in giving voice to the voiceless, poor and deprived people, and also as a means to raise their concerns in the public sphere. The role of community radio is to serve deprived and excluded communities and strengthen the process of social democratization. Community radio stations contribute to progressive transformation of the society which is necessary to establish and strengthen democracy. Therefore AMARC has defined community radio (CR) as a mouthpiece of the marginalized people. In South Asian Region, there is a huge population of Dalits. They have historically been facing challenges to be a human being in the Hindu as well as Muslim societies. Dalits are politically excluded, economically deprived and exploited. They are vic- tims of the feudal labour system, culturally discriminated and treated as untouchables. They are fighting for justice and equity for long time in the South A