Posts

Showing posts from August, 2020

जातिवादसामु घुँडा टेकेको नेपाली मार्क्सवाद

Image
  जेबी विश्वकर्मा २०७७ श्रावण १७ शनिबार १०:४५:०० अहंकार निर्देशित नरसंहार सन् २०१४ डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा आतंकवादीले एक्कासि गोली हानी १३४ जना बालबालिकासहित १५० जनाको हत्या गरेजस्तै वा शक्तिकेन्द्रले अफगानिस्तान, सिरिया, लिबिया आदि देशमा युद्धकविमानबाट आक्रमण गरी सयौँ निहत्था नागरिकको हत्या गरेझैँ रुकुम सोतीमा गाउँलेले निहत्था १८ जना युवामाथि आक्रमण गरी नवराज विश्वकर्मा (२१), टीकाराम सुनार (२०, गणेश बुढामगर (१७), लोकेन्द्र सुनार (१८), सञ्जु विक (२१) र गोविन्द शाही (१९)को नृशंस हत्या गरियो । आतंकवादी हमलालेझैँ मनमस्तिष्क हल्लाउने रुकुम नरसंहारले सिंगो राज्यसंयन्त्र, राजनीति, नागरिक संगठनसमक्ष गम्भीर प्रश्नहरू खडा गरिदिएको छ ।  संसारभरि नै अत्याचारी शासकहरूले वर्ग, रङ्ग र जातका मानिसमाथि चरम दमन गर्दै आएका छन् भने त्यस्ता दमनविरुद्ध प्रतिरोध संघर्ष पनि प्रशस्त भएका छन् । पहिलो विश्वयुद्धको अन्त्यपछि अमेरिकामा रङ्गभेदी अहंकारवादी गोराहरूले अफ्रिकन-अमेरिकनमाथि अत्याचारी हत्याको शृङ्खला नै चलाएका थिए । मिचिगनमा उत्तर र दक्षिणी गाउँबाट कामका लागि सहर पसेका अफ्रिकन-अमेरिकनमाथि सत

रुकुम नरसंहार : सत्ता षड्यन्त्रको विद्रुप तस्बिर

Image
रुकुम नरसंहार  : सत्ता षड्यन्त्रको विद्रुप तस्बिर जेबी विश्वकर्मा फुर्सद  २७ असार २०७७ ११:०४:०० प्रतिक्रान्ति माओवादी क्रान्ति र रुकुम  संसारभरि नै कम्युनिस्ट क्रान्ति वा समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ। समाजवादी राज्यव्यवस्थाको अभ्यास गरिरहेका सीमित देशहरू पनि भूमण्डलीकृत पुँजीवादी अर्थ-राजनीतिक व्यवस्थाविरुद्ध निरन्तर संघर्षमा छन्। संसारकै कम्युनिस्ट र समाजवादी क्रान्ति कठिन बन्दै गइरहेको अवस्थामा नेपालमा वि.सं. २०५२ देखि तत्कालीन नेकपा (माआवादी)ले दस वर्ष लामो जनयुद्ध गर्‍यो। यसले एकातिर संसारभरि नै कम्युनिस्ट क्रान्तिको सम्भावना छ भन्ने सन्देश दिएको थियो भने अर्कातिर क्रान्तिमार्फत नयाँ राज्यव्यवस्था निर्माण गर्न संकेत पनि दिएको थियो। उक्त क्रान्तिमा सामन्ती राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता, पितृसत्तात्मक शोषणको अन्त्य, सबै खाले जातीय शोषण उत्पीडनको अन्त्य, जातीय स्वायत्त शासन र दलितमाथिको विभेदको अन्त्य आदि मागलाई प्राथमिकतासहित उठाइएको थियो। त्यसैले जनयुद्धमा सबैभन्दा बढी गरिब र श्रमजीवी वर्ग, आदिवासी जनजाति, दलित, महिला र सीमान्तीकृत समुदाय सहभागी भएका थिए।  रोल्प