Posts

Showing posts from 2014

तथ्यांकमा दुई संविधानसभा

तथ्यांकमा दुई संविधानसभा ४ मंसिर, २०७१ आज मंसिर ४ । संविधानसभाको दोस्रो निर्वाचन भएको एक वर्ष पुगेको छ । पहिलो संविधानसभाको तुलनामा दोस्रो संविधानसभाको चुनाव विवादास्पद बन्यो । सशस्त्र विद्रोह गरेर आएको एउटा शक्ति नेकपा–माओवादीले निर्वाचन बहिष्कार गर्यो । चुनावको परिणाम आउन थालेपछि एनेकपा माओवादी लगायत मधेसी दलहरुले चुनावमा धाँधली भएको आरोप लगाए । जे विषयहरुमा दलहरुबीच सहमति हुन नसकेर पहिलो संविधानसभा विघटन भयोे, अहिलेको संविधानसभाको विवाद पनि त्यही बिन्दुमा पुगेर अड्केको छ । राजनीतिक शक्तिहरुबीचको ध्रुवीकरण र तिक्ता पहिले भन्दा अहिले चर्को छ ।   पहिचानसहितको संघीयता माग गर्ने एनेकपा माओवादी र मधेसी दलहरुले दोस्रो संविधानसभा नराम्रो पराजय व्यहोरे । अहिले ती दलहरु लघुताभाषका शिकार भएका छन् । उता पहिलो संविधानसभामा अकल्पनीय हार व्यहोरेका दल नेपाली काँग्रेस र एमाले क्रमशः पहिलो र दोस्रो दलका रुपमा अहिलेको संविधानसभामा स्थापित भए । यसले ती दुई दलका नेतामा दम्भ पलाएको छ । माओवादी र मधेसी दलहरुलाई ठेगान लगाउने नाममा उनीहरु माओवादी सशस्त्र विद्रोह, मधेसी एवं जनजाति आन्दोलनबाट उठेक

सार्क काठमाडौं घोषणापत्र

Image
क्षेत्रीय साझेदारी १) कार्यकारी प्रमुखहरूले दक्षिण एसियामा शान्ति, स्थिरता र समुन्नतिका लागि क्षेत्रीय एकता सुदुढ पार्ने बलियो संकल्प व्यक्त गरेका छन् । त्यसनिम्ति व्यापार, लगानी, वित्त, ऊर्जा, सुरक्षा, पूर्वाधार, सञ्चार र संस्कृतिका क्षेत्रमा साझेदारी गहन पार्दै लगिनुका साथै प्राथमिकतापूर्वक, नतिजामुखी र समयनिर्दिष्ट ढंगमा परियोजना, कार्यक्रम र क्रियाकलापहरू कार्यान्वयन गरिनेछ । दक्षिण एसियाली आर्थिक युनियन (एसएईयू)  २) नेताहरूले स्वतन्त्र व्यापार क्षेत्र, भन्सार युनियन, साझा बजार र साझा वित्तीय तथा मौदि्रक युनियनको माध्यमबाट चरणबद्ध एवम् योजित तवरमा दक्षिण एसियाली आथिर्क युनियन (एसएईयू) स्थापना गर्ने आफ्नो प्रतिबद्धताको नवीकरण गरेका छन् ।  ३) नेताहरूले स्विकारेका छन् : सार्क सदस्य राष्ट्रहरू, खासगरी अति कम विकसित र भूपरिवेष्टित मुलुकहरूले संरचनागत सीमितता र चुनौतीका कारण कमजोर उत्पादकीय क्षमता राख्छन् र त्यसैमा उच्च व्यापार, पारवहन व्ययभारलगायत कारणले बाह्य व्यापारमा उनीहरूको प्रतिस्पर्धीय ल्याकत प्रभावित हुन्छ । नेताहरूले स्वतन्त्र व्यापार व्यवस्थाका औचित्यपूर्ण लाभहरू सुनिश्चि

तरबार (कविता)

तरबार (कविता) - जेबी विश्वकर्मा अस्ति कामै छैन भनी अपमानले जस्केलाबाट फालेको एक टुक्रो फलाम रंग, आकार सबै हराएर खियाले भरिएको एउटा फलामको छेस्को अहिले तिमीलाई नै खबरदारी गर्न तिम्रो अगाडि तरबार भएर हाजिर छ तिमीले फाल्यौ र, फलाम मायावी अंगालोमा बेरिएर आरनसम्म पुग्यो जहाँ, कामी दाईले आरनको भट्टीमा पसाएर आगोसंग खेल्न सिकाए प्रहार गरेर घन प्रतिरोधका लागि तयार बनाए त्यसैले त फलाम तरबारकै सक्कली पहिचानसहित तिम्रो अगाडि उभिएको छ तिम्रो गोलीले नढल्ने चन्द्रागिरी पहाडजस्तै तिम्रा काला षड्यन्त्रसंग पौंठेजोरी खेल्न यो तरबार तिम्रो सामुन्ने ठिङ्ग उभिएको छ हिजो दास सम्झने पन्च गोठालो सम्झिने मालिक निरीह सम्झने समाज होच्याउदै बोलाउने शिक्षक भरिया बनाउने साहू सप्पै सप्पैको अगाडि तरबार ठिङ्ग उभिएको छ किन कि यो वास्तविक पहिचान बोकेको र, आरनको भट्टीबाट निस्किएको असली फलामे तरबार हो तिमीले छलछामको दस्तावेज लेखिरहंदा तिमीले अलमलको विद्या सुनाईरहंदा अनि तरबारले अवसान गरेको बिरासतमा उभिएर तिमीले मुलुकको एउटा नयाँ चित्र कोरिरहंदा यो तरबार किनारको साक्षी

लडाई (कविता)

लडाई (कविता) - जेबी विश्वकर्मा तिम्रो महान संस्कारको भारीले थिचिएर तिम्रो कथित प्रतिष्ठामाथि धावा बोल्दै जन्मिएको एउटा योध्दा यतिवेला, रणभूमिमा हाजिर छ । अपूर्ण छ जीवन, सायद लडाईबिना त्यसैले, लडाईहरूको चौबाटोमा ठिङ्ग उभिएर अर्को लडाईको कठोर निर्णय गर्न विवश छ तिम्रो आह्वानलाई सलाम गर्दै ! यतिवेला  ऊ, रणभूमिमा हाजिर छ । नचाहेको खानु नचाहेको गर्नु वा, नचाहेरै लड्नुको पीडा नमीठो हुन्छ, सायद तर, रणभूमिमा धकेलिएपछि ऊसंग लड्नुको विकल्प छैन त्यसैले ऊ सम्पूर्ण तयारीसहित यतिबेला रणभूमिमा हाजिर छ । ऊ राजी छ, जीवनमा अर्को जिहादी लडाईका लागि उसले नलडेको बाटो रगत र पसिनाले नसिञ्चिएको माटो सायदै होला यात्राहरूमा तर, यतिबेला अलि भिन्नै लडाई लड्दैछ ऊ एउटा अलि अप्ठ्यारो लडाई नलडी नहुने लडाई त्यहि लडाईका लागि यतिबेला ऊ रणभूमिमा हाजिर छ । नक्कली शासन व्यवस्थासंग नक्कली संसारसंग नक्कली संस्कारसंग लड्दै आएको ऊ यतिबेला, नक्कली सम्बन्धहरूसंग लड्दैछ आत्मीयता नभएको आत्माहरूसंग प्राण नभएको मानव प्राणीहरूसंग रगतले छुट्न नदिएको तर, आत्मले आफन्त हुने नसकेका केह

'ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको फुटेज घुइँघुइँती खोज्‍दा पनि भेटिएन'

Image
'ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको फुटेज घुइँघुइँती खोज्‍दा पनि भेटिएन' अन्‍नपूर्ण  | २०७१ कार्तिक ११ मंगलवार   345   12   ललितपुर  : चलचित्रकर्मी नवीन सुब्बालाई आफ्नो चलचित्रका लागि तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शासनसत्ता हातमा लिएको घोषणा गरेको फुटेज चाहिएको थियो। उनले धुइँधुइँती खोजे तर पाएनन्।    'आजभन्दा १० वर्षअघिको घटनाको समेत श्रव्यदृश्य नपाउनु दु:खको कुरा हो', सोमबार उनी पाटनढोकास्थित यलमाया केन्द्रमा यस्तो चिन्ता व्यक्त गर्दै थिए। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले 'अन्तर्राष्ट्रिय श्रव्यदृश्य सम्पदा दिवस'का अवसरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।    'श्रव्यदृश्य अभिलेखको महत्त्व कति छ भन्ने कुरा हामीले बुझ्न सकेनौं', उनी भन्दै थिए, 'यहाँ त चलचित्रकर्मीले पनि आफ्नो चलचित्रको अभिलेख व्यवस्थित गर्न सकेको देखिएन।' उनकै भनाइमा चलचित्रजस्तो महत्त्वपूर्ण श्रव्यदृश्य सामग्री बजारमा जान्छ, बजारले चाहे त्यो राख्छ, नचाहे राख्दैन। 

दलित संघर्षको इतिहास

दलित संघर्षको इतिहास सवालटर्नकी भारतीय अध्येता गायत्री स्पिभाकले आफ्नो चर्चित लेख ‘क्यान सवालटर्न स्पिक?' मा सवालटर्न अथवा ‘सानो दर्जाका जनता'को स्थितिलाई आर्थिक, राजनीतिक तथा पहिचानको दृष्टिकोणबाट औंल्याइन्।  यद्यपि, उनको लेख उपनिवेशवादको परिप्रेक्ष्यमा लेखिएको भए तापनि जातीय विभेद तथा छुवाछुतले आक्रान्त दक्षिण एसियाको सन्दर्भमा यो प्रश्नको छुट्टै भौगोलिक तथा सांस्कृतिक अर्थ र पाटो छ, र छुट्टै उत्तर पनि। असीको दशकमा सोधेको यो प्रश्नको जवाफ अहिले एक्काइसौं शताब्दीमा भने बिस्तारै देखा पर्न थालेको छ, त्यो पनि दक्षिण एसियाबाट नै। यसको उदाहरण नेपालमा पनि विगतका केही ऐतिहासिक राजनीतिक परिवर्तनसँगै देखा पर्न थालेका छन्। यस्तै तात्‍िवक परिवर्तनका उदाहरण र विमर्शलाई समेटिएर लेखिएको पछिल्लो पुस्तक हो, दलनविरुद्धको प्रतिरोधः नेपाली दलितको सङ्घर्षगाथा। पुस्तकले नेपालको सन्दर्भमा स्पिभाकको प्रश्नको गतिलो सकारात्मक जवाफ दिने प्रयास गर्दछ, हो अब सवालटर्न बोल्न सक्छन्। पुस्तकले नेपाली दलितको संघर्षसम्बन्धी एउटा बौद्धिक छलफलको थालनी गरेको छ। यो पुस्तक अनुसन्धानमूलक लेख तथा केही वस्

सुदूरपश्चिममा दलित महिला पत्रकारको संख्या न्यून

सुदूरपश्चिममा दलित महिला पत्रकारको संख्या न्यून योगेश रावल  कैलाली, भदौ २४  सुदूरपश्चिममा दलित महिला पत्रकारको संख्या ज्यादै न्यून छ । दलित महिला पत्रकार नभएकै कारण दलित महिलाका सवाल सञ्चार माध्यममा नसमेटिएको सरोकारवालाको गुनासो छ । नेपाल पत्रकार महासंघको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौ जिल्लामा सात जना मात्रै दलित महिलाले सदस्यता पाएका छन् । ती मध्ये सबैभन्दा बढी कञ्चनपुरमा ३ जना रहेका छन् । त्यस्तै कैलालीमा २ र अछाम र बझाङमा १÷१ जनाले मात्रै सदस्यता प्राप्त गरेका छन् ।  नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेका मध्ये पनि केही पत्रकारिताबाट पलायन भैसकेका छन् । सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बाजुरा, दार्चुला र बैतडीबाट हालसम्म एक जना दलित महिलाले पनि महासंघको सदस्यता हासिल गरेका छैनन् ।  सुदूरपश्चिममा कार्यरत महिला र पुरुष गरी कुल ६ सय ६६ पत्रकार मध्ये दलित महिला पत्रकारको संख्या १ दशमलव शुन्य ५ प्रतिशत मात्रै रहेको छ ।   केही दलित महिला पत्रकारहरु भने महासंघको सदस्यता प्राप्त नगरेका भएपनि पत्रकारितामा कार्यरत रहेका छन् ।  दलित महिला संघ कैलालीले सञ्चारकर्मीहरुसँग

प्रदिप गिरिलाई 'जदौ' भनेको मन नपर्ला !

Image
प्रदिप गिरिलाई 'जदौ' भनेको मन नपर्ला ! आहुति भाद्र ८ -  लेखमा 'दलितहरू आफैंमा पनि ठूलो र सानो भन्ने भेदभाव छ। यस भेदभावको अन्त्य गरेर मात्र बाँकी समाजसँग दलितले आफ्नो अधिकार माग गर्न सक्छ। त्यसैले दलित आन्दोलनका कार्यकर्ताले सर्वप्रथम अन्तरदलित एकताका निम्ति कार्यक्रम बनाउनुपर्छ।' यो सिफारिस गाउँ-गाउँमा दलितले अधिकार माग्दा पुरातनपन्थी पुरेतहरूले लगातार भन्दै आएको मिचाहा फतुरको सभ्य रूपबाहेक केही होइन। उहाँको सिफारिस मान्ने हो भने दलितले राज्यसँग अहिले केही माग्नै सक्दैनन्, किनभने उनीहरू भित्रको भेदभाव हटेको छैन। राजनीतिशास्त्रको एउटा सहज सिद्धान्तले भन्छ, उत्पीडितहरू बीचको एकता नभई उत्पीडक विरुद्धको संघर्ष हँुदैन। यसको अर्थ हो, संगठन र संघर्ष सुरु गर्नसक्ने स्तरको एकता हुनुपर्छ। के नेपाली दलितहरूबीच संघर्ष उठाउनै बाधा पुग्ने स्तरको फुट छ? २००३ सालबाट सुरु भएको दलित आन्दोलन २००४ सालमा पुग्दा सबै पहाडिया दलितभित्र पर्ने जातहरू एउटै संगठनमा बस्न सक्नेगरी विकास भयो र २०२४ सालमा पुग्दा त मधेसी दलितसमेत एउटै संगठनमा बसेर काम गर्न थाले। 'पहिले भारतीय समाजको

दलित आन्दोलनका नौ काम

Image
दलित आन्दोलनका नौ काम  प्रदीप गिरी  प्रदीप गिरी श्रावण ३१ -  वैदिक कालमा अर्थात हिन्दु नभनिएको समाज र संस्कृतिमा जातीय विभेदलाई लिएर गहिरो विभाजन र द्विविधा देखिन्छ। विद्वान्हरूले विशिष्ट र विश्वामित्रका द्वन्द्वलाई यसरी नै हेरेका छन्। देवासुर संग्रामको पनि त्यस्तै व्याख्या छ। रामायण र महाभारतका अनेक पात्रहरूले त्यतिबेला ब्राह्मण र गैर-ब्राह्मण संस्कृतिको द्वन्द्व देखाएका छन्। खास गरेर कर्ण र एकलव्यको कथाले तत्कालीन समाजमा बहिष्कृत रहेका समुदायको व्यथाको मार्मिक चित्रण गरेको छ। मध्ययुगमा आएर पछि हिन्दु समाजमा जाति प्रथा झन् दरो किसिमले संस्थागत भयो। तर खासमा जाति प्रथाको उत्पत्ति एवं विकासक्रम के हो? भन्ने विषयमा विद्वान्हरूमा आज पनि मतैक्य छैन। जाति प्रथाको उत्पीडन एवं क्रूरतालाई हिन्दु धर्मले टेवा दियो भन्ने कुरा भने मान्य रहेको छ।  दलित चिन्तनका अग्रगण्य व्यक्तित्व डा. भीमराव अम्बेडकरले दलितको वर्तमान दुव्र्यवस्थाको निमित्त हिन्दु धर्मलाई मुख्यतः जिम्मेवार ठहर्‍याएका छन्। त्यो कुरो धेरै हदसम्म सत्य हो। तर दलित समस्याका अरू पनि आयाम छन्। श्रम विभाजनको अभावमा समा