Posts

Showing posts from July, 2014

पढाइमा मात्र आरक्षण देऊ - केदारनाथ कोइराला

Image
पढाइमा मात्र आरक्षण देऊ -केदारनाथ कोइराला शिक्षक सेवा आयोगले १६ वर्षपछि अर्थात् २०६९ पुस १९ गते रिक्त शिक्षक पदको स्थायी पदपूर्तिका लागि माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरी २०७० जेठमा लिखित परीक्षा लिएको थियो। यसैगरी आयोगले २०७१ वैशाखबाट मौखिक अन्तर्वार्ता सुरु गरी असार २० गतेसम्म सफल तिनै तहका १२,७४३ जना शिक्षकलाई नियुक्तिका लागि सबै जिल्ला शिक्षा कार्यालयमा सिफारिससहित पत्र पठाइसकेको छ। आयोगबाट प्राप्त सिफारिसका आधारमा जिल्ला शिक्षा कार्यालयले खाली स्थानमा शिक्षकको नियुक्ति गर्ने व्यवस्था छ। यसै प्रयोजनका लागि असारको पहिलो हप्ता शिक्षा मन्त्रालयले शिक्षक नियुक्तिको कार्यविधि बनाएर ७५ वटै जिल्ला शिक्षा कार्यालयमा परिपत्रसमेत गरिसकेको छ। शिक्षक सेवा आयोगले २०६३ वैशाख ११ गतेपछि र २०७० असार मसान्तसम्म तेह्र हजार ५९ स्थानमा खाली रहेको मावि, निमावि र प्राथमिक तहका लागि स्थायी शिक्षकको पदपूर्ति गरेको हो। २०५२ सालयता र २०६३ साल वैशाख ११ अघि १७ हजार एक सय ३५ जना कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गर्ने भनी शिक्षा म