Posts

Showing posts from August, 2014

प्रदिप गिरिलाई 'जदौ' भनेको मन नपर्ला !

Image
प्रदिप गिरिलाई 'जदौ' भनेको मन नपर्ला ! आहुति भाद्र ८ -  लेखमा 'दलितहरू आफैंमा पनि ठूलो र सानो भन्ने भेदभाव छ। यस भेदभावको अन्त्य गरेर मात्र बाँकी समाजसँग दलितले आफ्नो अधिकार माग गर्न सक्छ। त्यसैले दलित आन्दोलनका कार्यकर्ताले सर्वप्रथम अन्तरदलित एकताका निम्ति कार्यक्रम बनाउनुपर्छ।' यो सिफारिस गाउँ-गाउँमा दलितले अधिकार माग्दा पुरातनपन्थी पुरेतहरूले लगातार भन्दै आएको मिचाहा फतुरको सभ्य रूपबाहेक केही होइन। उहाँको सिफारिस मान्ने हो भने दलितले राज्यसँग अहिले केही माग्नै सक्दैनन्, किनभने उनीहरू भित्रको भेदभाव हटेको छैन। राजनीतिशास्त्रको एउटा सहज सिद्धान्तले भन्छ, उत्पीडितहरू बीचको एकता नभई उत्पीडक विरुद्धको संघर्ष हँुदैन। यसको अर्थ हो, संगठन र संघर्ष सुरु गर्नसक्ने स्तरको एकता हुनुपर्छ। के नेपाली दलितहरूबीच संघर्ष उठाउनै बाधा पुग्ने स्तरको फुट छ? २००३ सालबाट सुरु भएको दलित आन्दोलन २००४ सालमा पुग्दा सबै पहाडिया दलितभित्र पर्ने जातहरू एउटै संगठनमा बस्न सक्नेगरी विकास भयो र २०२४ सालमा पुग्दा त मधेसी दलितसमेत एउटै संगठनमा बसेर काम गर्न थाले। 'पहिले भारतीय समाजको

दलित आन्दोलनका नौ काम

Image
दलित आन्दोलनका नौ काम  प्रदीप गिरी  प्रदीप गिरी श्रावण ३१ -  वैदिक कालमा अर्थात हिन्दु नभनिएको समाज र संस्कृतिमा जातीय विभेदलाई लिएर गहिरो विभाजन र द्विविधा देखिन्छ। विद्वान्हरूले विशिष्ट र विश्वामित्रका द्वन्द्वलाई यसरी नै हेरेका छन्। देवासुर संग्रामको पनि त्यस्तै व्याख्या छ। रामायण र महाभारतका अनेक पात्रहरूले त्यतिबेला ब्राह्मण र गैर-ब्राह्मण संस्कृतिको द्वन्द्व देखाएका छन्। खास गरेर कर्ण र एकलव्यको कथाले तत्कालीन समाजमा बहिष्कृत रहेका समुदायको व्यथाको मार्मिक चित्रण गरेको छ। मध्ययुगमा आएर पछि हिन्दु समाजमा जाति प्रथा झन् दरो किसिमले संस्थागत भयो। तर खासमा जाति प्रथाको उत्पत्ति एवं विकासक्रम के हो? भन्ने विषयमा विद्वान्हरूमा आज पनि मतैक्य छैन। जाति प्रथाको उत्पीडन एवं क्रूरतालाई हिन्दु धर्मले टेवा दियो भन्ने कुरा भने मान्य रहेको छ।  दलित चिन्तनका अग्रगण्य व्यक्तित्व डा. भीमराव अम्बेडकरले दलितको वर्तमान दुव्र्यवस्थाको निमित्त हिन्दु धर्मलाई मुख्यतः जिम्मेवार ठहर्‍याएका छन्। त्यो कुरो धेरै हदसम्म सत्य हो। तर दलित समस्याका अरू पनि आयाम छन्। श्रम विभाजनको अभावमा समा