Posts

Showing posts from September, 2009

भूमिसुधार : आर्थिक क्रान्तिका लागि क्रान्तिकारी भूमिसुधार

Image
- जे.वी. विश्वकर्मा भू-स्वामित्वको अवस्था नेपालका ७६।५ प्रतिशत मानिसहरु कुनै न कुनै रुपले कृषि क्षेत्रमा निर्भर छन् । उनीहरुको रोजीरोटीको प्रमुख स्रोत जमिन नै हो । तर किसानहरुका बीचमा भूमिको न्यायोचित वितरण हुन नसकेकाले जोत्नेहरु भूमिहीन छन् जसले जमिन कहिल्यै जोत्दैन उनीहरु जमिनका मालिक भएका छन् । उनीहरुकै हातमा छ अत्यधिक उत्पादनशील जमिन । १०।५ प्रतिशत सामन्तहरुको हातमा कुल खेतीयोग्य जमिनमध्ये ४०।५ प्रतिशत हिस्सा छ । त्यस्तै नेपालका नौ प्रतिशत धनीहरुले उत्पादनशील ३१।४ प्रतिशत भूमि ओगटेको तथ्याङ्कहरुले देखाउँछ । अहिलेसम्म पनि १३ प्रतिशत भूमिपतिसँग ४४ प्रतिशत खेतीयोग्य जमिन छ जबकि ४०।५ प्रतिशत किसानसँग केवल ९।५ प्रतिशत मात्रै खेतीयोग्य जमिन रहेको छ । रातदिन जमिनमै खटिने किसानहरुको भूमिमा पहुँच छैन । अझ २४ प्रतिशत परिवारहरु भूमिहीन छन् जबकि उनीहरुको जीविकोपार्जनको प्रमुख पेसा कृषि नै हो । यसले आर्थिक असमानता झनै झाँगिदै गएको छ । ९ प्रतिशत धनीहरुले ४७ प्रतिशत कृषियोग्य जमिन ओगटेका छन् भने ६७ प्रतिशत गरिबहरुको स्वामित्वमा मात्र १७ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । कुल घरधुरीमध्ये २८ प्रतिशत