Posts

Showing posts from September, 2011

सुभाष दर्नालः अब केबाल सम्झनामा

This is my Newly published article on Naya Patrika National Daily. सुभाष दर्नालः अब केबाल सम्झनामा - जेबी विश्वकर्मा युवा पुस्ताको नेतृत्व स्थापित गर्नुपर्छ भन्ने महत्वाकांक्षाका कारण पनि यो अवधिमा उनको टिमले गरेको भूमिकाकै प्रतिफल हो सुभाष दर्नालको सफलता । यसका साथै उनमा भएका केही विशिष्ट गुण उनको सफलताको अर्को कारण हो । मृत्यु अनिवार्य सत्य हो । यद्यपि कतिपय मृत्युले परिवारसँग मात्रै सम्बन्ध राख्छ भने कतिपयले समाज र राष्ट्रसँग पनि । थोरै मानिसलाई मात्रै मृत्युपछि राष्ट्रिय सम्मान प्राप्त हुन्छ । सायद, उनीहरूले राष्ट्र र समाजका लागि गरेको योगदानको कदर त्यही नै हो । नेपालको मानवअधिकार तथा दलित अधिकार अभियानले गत साउन ३० गते एकजना युवा अधिकारकर्मी गुमायो । आफ्नो युवा उमेर र शक्तिलाई मानवअधिकार, दलित अधिकारकै लागि समर्पित गरिरहेका सुभाष दर्नालको अमेरिकामा सवारी दुर्घटनामा परी भएको असामयिक मृत्युका कारण नेपाली दलित आन्दोलनले एउटा सशक्त योद्धा गुमाएको छ त कतिपयले सहकर्मी । परिस्थितिले व्यक्तिका बाटाहरू निर्माण गरिदिन्छ । उनलाई पनि बाल्यकालमा समाजमा गरिएको जातीय विभेद, छुवाछूत, शोषण आदिले न