Posts

Showing posts from February, 2014

नेपाल समाचारपत्र दैनिकमा प्रकाशित पुस्तक समीक्षा

मिडियामा दलित नेपाली मिडियाले पस्कने सामग्रीको विविधताका विषयमा अध्ययन गर्ने क्रम बढ्दो छ। तर पनि मिडियाले समाचार सामग्रीमा दलित विषय, उत्पादन प्रक्रिया, प्रस्तुति र प्रभावबारे खासै अनुसन्धान भएको पाइँ ँदैन। मिडियामा दलितकै सवालमा केन्द्रित पुस्तक नआएको अवस्थामा समता फाउन्डेसनका अनुसन्धानकर्ता जेबी विश्वकर्माले ‘नेपाली मिडियामा दलित ः सहभागिता र विषयवस्तु नामक पुस्तक बजारमा ल्याएका छन्। बहिष्करणमा परेका समुदाय र तिनका सवाललाई मिडियाले उचित स्थान नदिएको आवाज चौतर्फी उठिरहेको बेला आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका विश्वकर्माले तयार पारेको यस पुस्तकमा विभिन्न मिडियामा दलित समुदायका व्यक्तिको सहभागिता, दलितसम्बन्धी सामग्रीको उत्पादन प्रक्रिया, तिनको अन्तरवस्तु तथा प्रस्तुतिको शैलीबारे विस्तृत जानकारी र विश्लेषण गरिएको छ। दलित सवालमा नेपाली मिडियाले खेलेको सकारात्मक भूमिकाका साथै तिनमा देखिएका कमी–कमजोरी र त्यसका कारणहरू पनि यस पुस्तकमा केलाइएको छ। नेपाली समाजमा रहेक जातीय विभेद र असमानताको अन्त्य अनिवार्य छ भन्ने तथ्यलाई आत्मसात् गर्ने हो भने दलितका मुद्दा सञ्चारमाध्य