Posts

Showing posts from July, 2015

कविता विमर्शः गहुँगोरो अफ्रिका

Image
http://nagariknews.com/friday/story/42319.html कविता विमर्शः गहुँगोरो अफ्रिका 26 Jul 2015 आइतबार १० श्रावण, २०७२ गहुँगोरो अफ्रिका आहुति मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुधाउने आँट गर पूजारी म बीसौं शताब्दीको 'अछूत' हुँ ! यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ! म न्याय चाहन्छु म मुक्ति चाहन्छु !   तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुधाउने आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने   आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ! तिम्रो बस्तीको सफा भुइँलाई सुँघ बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे ! कि मे

सबाल्टर्न र बौद्धिक बोसो - ख्याम विश्वकर्मा

Image
सबाल्टर्न र बौद्धिक बोसो 28 Feb, 2015 by  ख्याम विश्वकर्मा सत्य निरपेक्ष हुँदैन । सत्ताको आडमा टिकेको हुन्छ, सत्य । सत्ताधारीले आफूअनुकूल सत्यको निर्माण गरेको हुन्छ । तर सत्ताधारीको रथ ज्ञानको पैँयामा अडेको हुन्छ । त्यसैले दार्शनिक नित्से भन्छन्– ज्ञान नै सत्ता हो अर्थात् नलेज इज पावर । जब जिन्दगीसँग जोडिएका सवाललाई तथ्यपरक ढंगले गभ्मीर रुपमा व्याख्या विश्लेषण गरिन्छ, तब नयाँ ज्ञानको उदय हुन्छ । फ्रान्सेली विद्वान मिसेल फूकोका अनुसार यसप्रकारको ज्ञान निर्माणको प्राज्ञिक कार्य अर्थात ‘डिस्कोर्स’का माध्यमबाट नयाँ सत्य पहिल्याउन सकिन्छ, जसले सत्ताधारीको सत्ता पल्टाइदिन सक्छ । लेखक डा तारालाल श्रेष्ठ ज्ञान, सत्य र सत्ताको यो सम्बन्ध जातीय विभेदको जंजीरले बाँधिएका दलित समुदायको मुक्तिका लागि महत्वपूर्ण आधार बन्न सक्छ । नयाँ ज्ञानको उदयसँगै नयाँ सत्य पनि उद्घाटित हुन्छ, जसले नयाँ सत्ताको निर्माणसमेत गर्दो रहेछ भन्ने कुरा हामीले तीन दशकयता हाम्रै देशमा भएका राजनीतिक परिवर्तनबाट पनि बुझ्न सक्छौं । ज्ञानका माध्यमबाट राजनीतिक सत्तामा परिवर्तन सम्भव छ भने जातीय

दलितमाथि दादागिरी! आहुति

Image
दोस्रो संविधानसभाले नयाँ संविधानको मस्यौदा जनमतको लागि भन्दै जिल्लातिर लादै गर्दा आहुति दाईले लेख्नुभएको यो लेख असाध्यै सान्दर्भिक र गहन छ  ।   लेखक, वौदिक, प्राज्ञिक, समाजशास्त्री, मानवशास्त्री, सामाजिक-राजीनिक अभियन्ता सबैले पढ्दा राम्रो हुन्छ  ।  दलितमाथि दादागिरी! आहुति  १. दलित समुदाय के हो?  संसारमा भएका सामुदायिक उत्पीडनमध्ये महिलामाथिको उत्पीडन पहिलो हो भनी समाजशास्त्रीहरू बताउँछन् । दक्षिण एसियामा दोस्रो सामुदायिक उत्पीडन चाहिँ दलितमाथिकै हो। वर्गीय उत्पीडनसँग सबैभन्दा नजिकबाट घोलमेल हुन पुग्नु यस उत्पीडनको विशिष्ट चरित्र हो। हिन्दू वर्णव्यवस्थामा आधारित सामाजिक(आर्थिक(राजनीतिक समग्र उत्पीडनकारी समाज व्यवस्थाको मारमा आज दक्षिण एसियाका करिब २० करोड मानिस दलितका रुपमा पिँधमा बाँच्न वाध्य छन्। यो संख्या संसारकै जनसंख्याको ३ प्रतिशत हो।  यो जात व्यवस्थाको अत्याचार प्रणाली भारतीय भूमिमा जन्माइयो, विकसित गरियो र विभिन्न कालखण्डमा विभिन्न दिशाबाट नेपालको आजको भूखण्डमा आइपुग्यो। पृथ्वीनारायण शाहको राज्य विस्तार हुँदै जङ्गबहादुरको कालमा आइपुग्दा जात व्यवस्था नै नभएका