Posts

Showing posts from 2019

हिन्दू वर्णव्यवस्थाका विस्तारक पृथ्वीनारायण शाह

Image
हिन्दू वर्णव्यवस्थाका विस्तारक पृथ्वीनारायण शाह बाइसे–चौबिसे राज्यमाथि जबर्जस्त सैनिक दमनबाट राज्य विस्तार गर्नु एकीकरण थियो या देशको एउटा भूगोल निर्माण थियो ? 969 Shares   Share   Tweet   Share  जेबी विश्वकर्मा २०७५ पौष २९ आइतबार ०८:३५:०० | काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहप्रति टिप्पणी नगर्न निर्देशन दिएका छन् । तर, नेपालको ऐतिहासिक राजनीतिक घटनाक्रमको वस्तुपरक विश्लेषण गर्ने हो भने पृथ्वीनारायण शाहबारे आलोचनात्मक विश्लेषण गर्नैपर्ने हुन्छ । अधिकांश इतिहास शासकका भक्तिमण्डलीले नै लेख्ने गरेका छन् । उनीहरूले लेखेको इतिहासका अधिकांश विषयवस्तु राजा–महाराजाका जयजयकार र वीरतापूर्ण गाथामै केन्द्रित छन् । पृथ्वीनारायण शाह र आधुनिक नेपालको इतिहासबारे लेखिएका अधिकांश लेख–रचना उनकै भक्तिगाथामा केन्द्रित छन् । व्यक्ति वा संस्थाका आ–आफ्नै सकारात्मक र नकारात्मक पाटा हुन्छन्, तर भक्तिगाथामा आधारित भएर लेखिएका एकतर्फी इतिहासले भ्रम पैदा गर्नुका साथसाथै फरक वास्तविकताको हत्यासमेत गरिदिन्छ । ‘विजेता’ भनिएकाहरूको इतिहास निर्माणमा जीवनको बलिदानी

दलितको भूमिअधिकारमाथि राजनीति

Image
दलितको भूमिअधिकारमाथि राजनीति दलित समुदायकै विरुद्ध हुने गरी भूमिसम्बन्धी ऐन र नियमावली संशोधन हुनु आधारभूत रूपमा कम्युनिस्ट दर्शनकै मजाक हो   Share   Tweet   Share जेबी विश्वकर्मा २०७५ माघ १७ बिहीबार ०८:४८:०० | काठमाडाैं भूमिमाथि  वञ्चितीकरण  नेपाल एउटा यस्तो राज्य हो, जहाँ सबैभन्दा धेरै श्रम गर्ने श्रमिक नै सबैभन्दा बढी गरिब अवस्थामा छन् । श्रम, सीप, कला र मिहिनेतका बाबजुद दलित समुदाय गरिबीको चरम पीडाबाट गुज्रिनु यसको उदाहरण हो । वर्षैभरि जमिन खनजोत गर्ने वा जीवनभर माटोमै श्रम गर्ने मुसहर सबैभन्दा गरिब अवस्थामा छन्, किनभने उनीहरू उत्पादनको मुख्य स्रोत भूमिबाट वञ्चित छन् । यसैगरी पश्चिम र सुदूरपश्चिममा अहिले पनि भूमि २० हजारभन्दा बढीको संख्यामा हलिया शोषणमूलक श्रम व्यवस्थामा छन् । उनीहरू सामन्तको जमिनमा वर्षैभरि आफ्नो पसिना बगाउँछन्, तर उनीहरू पनि भूमिहीन अवस्थामै छन् । बधुँवा श्रमिकका रूपमा रहेका हलियामध्ये ९७ प्रतिशत दलित नै छन् । जसले पुस्तौँपुस्तादेखि जमिन खनजोत गर्दै खाद्यान्न उत्पादन गरे, उनीहरू नै भूमिबाट वञ्चित गराइए ।  सामन्ती राज्यसत्ताका राजा,

दलितमाथिका विभेदमा किन मौन ?

दलितमाथिका विभेदमा किन मौन ? जेबी विश्वकर्मा,  लेखक तथा अनुसन्धानकर्ता ओदानमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ   आँखा जुधाउने आँट गर धर्माती मान्छे   कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर   कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या   जलाउने साहस गर   म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ !   म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ! (आहुति, गहुँगोरो अफ्रिका वि.सं. २०५१) माथि उल्लेखित कविताको अंश कवि तथा चिन्तक आहुतिको वि.सं. २०५१ सालमा प्रकाशित कविता ‘गहुँगोरो अफ्रिका’को हो । जातकै आधारमा लाखौं मानिसलाई मान्छेको व्यवहार समेत नगर्ने वा दानवीय र निकृष्ट व्यवहार गर्ने तर आफूलाई धर्माती घोषणा गर्ने धर्मभीरुहरुलाई जोडदार चुनौती दिएको छ यस कविताले । श्रमजीवि, ज्ञान र कलाका धनी दलितमाथि विभेद गर्ने धर्माती मान्छेलाई आँखा जुधाउन कविले चुनौती दिएका छन् । अहिलेसम्म पनि आफैंलाई उच्च दर्जा दिने र स्वघोषित धर्माती सम्झने र जातकै आधारमा दलितलाई अछूत मान्ने अत्यन्तै नीच मानसिकता धेरैमा अझै जीवित छ । धर्म र संस्कृतिका नाममा निश्चित जाति वा समु

एउटा 'बहुजातीय´ ईद

Image
एउटा 'बहुजातीय´ ईद गनी अन्सारी संवाददाता, बीबीसी नेपाली सेवा 7 जुलाई 2016 यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक   यो पोष्टलाई शेयर गर्नुहोस् Messenger   यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर   यो पोष्टलाई शेयर गर्नुहोस् इमेल   शेयर गर्नुहोस् Image caption राजधानीमा बसेर पत्रकारिता गरेपनि म ईद मनाउन भ्याएसम्म गृह जिल्ला पर्साको विश्रामपुर जान्छु मेरो ईद मेरानिम्ति हरेक वर्ष विशेष हुने गरेको छ। र, विशेष बनाइदिन्छन् मेरा हिन्दु साथीहरूले उत्साहपूर्ण सहभागिता जनाएर। यसपालि पनि मेरा हिन्दु साथीहरू आए। त्यसैले म भन्ने गर्छु, एक हिसाबले मेरो ईद अन्तरधार्मिक हुने गर्दछ। टोल छिमेकबाट मात्र होइन, काठमाण्डू बस्ने मेरा सहपाठी जेबी विश्वकर्मा पनि आए। अर्का दलित मित्र देवराज राम पनि आए। सहभागीको सूची सहपाठीहरु जीतेन्द्र गुप्ता, शिवकुमार गुप्ता, सन्तोष यादव र अरविन्द शर्माहरुले थप लम्ब्याइ दिए। सन्देशले बोकेको सन्देश बहुजातीय हुने गरेको मेरो ईद यसपटक क्षेत्रीय हिसाबले पनि विविधतायुक्त बन्यो। रामेछापका जेबीको आगमनले तराई-पहाडबीचको भेटको भाव समेत बोकेको थिय

‘सोसल मिडिया’ र दलित विमर्श

Image
‘सोसल मिडिया’ र दलित विमर्श   Share   Tweet   Share जेबी विश्वकर्मा २०७५ पौष १६ सोमबार ०८:४३:०० | काठमाडाैं सामाजिक सञ्जालले विभेदविरुद्ध संघर्ष गर्ने वा आलोचनात्मक चेत राख्नुपर्ने पुस्ताको ध्यान अन्यत्रै मोडिदिएको छ, जसले आन्दोलनलाई नै घाटा पुर्‍याउँछ जेबी विश्वकर्मा - ‘सोसल मिडिया’को प्रयोग  संसारभरि नै निकै ठूलो जनसंख्याले फेसबुक, ट्विटर, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, भाइबरजस्ता इन्टरनेटजडित सञ्जालको प्रयोग गरिरहेका छन् । यिनै अनलाइन सञ्जालमार्फत गरिने सूचनाको आदान–प्रदान वा अन्तर्क्रियालाई ‘सोसल मिडिया’का रूपमा परिभाषित गरिएको छ । तर, मिडियाले उत्पादन गर्ने विषयवस्तु निश्चित प्रक्रियाबाट उत्पादित हुन्छ र उत्पादकले मिडियाको नैतिक मूल्य–मान्यता अपनाउनुपर्ने हुन्छ । यसरी उत्पादित विषयवस्तुले पार्ने असरको जिम्मेवारी पनि उत्पादक स्वयंले लिनुपर्ने हुन्छ । तर, ‘सोसल मिडिया’ मानिएका सञ्जालले मिडियाले उत्पादन गर्ने किसिमका सामग्री उत्पादन गर्दैनन् । कतिपयले अभिव्यक्ति स्वतन्त्रताका रूपमा यी सञ्जाल प्रयोग गरेका छन् भने अधिकांशले स्वच्छन्दताको माध्यमका र