Posts

Showing posts from November, 2017

Darkness has no color - By Aahuti

Darkness has no color  - By Aahuti म कालो छु तर म अँध्यारो होइन अँध्यारोको त कुनै रङ्गै हुँदैन म रंगीन छु रंगहीन होइन अँध्यारोको त कुनै रङ्गै हुँदैन ! कालो छु वर्षा यामको बादलजस्तै अझै त्योभन्दा गाढा गाढा कालो छु शीरको तिम्रो केशजस्तै अझै त्योभन्दा गाढा गाढा उज्यालोमा भागीजाने म त्यो अँध्यारो हुँदै होइन रंगीन हुँ म रंगीन म कालो रंगको रंगीन ! म कालो छु तर म अँध्यारो हुँदै होइन । तिमी गोरो छौ मेरा चम्किला दाँतजस्तै अझै त्योभन्दा फिका फिका गोरो छौ टल्किरहेको ढुंगाजस्तै अझै त्योभन्दा फिका फिका अँध्यारोमा हराइजाने तिम्रो रंग उज्यालो हुँदै होइन रंगीन हौ केवल रंगीन तिमी गोरो रंगको रंगीन ! तिमी गोरो छौ तर उज्यालो हुँदै होइन। म कालो छु.......... I might be black Yet, I am not dark Darkness has no color I am colorful Not colorless Darkness has no color. I am dark like monsoon rain Even darker Like those waving hair on your head I am not the darkness that fizzles away in the light Color, I am colorful I am color of black Black I am Yet, not darkness You are white like my shining teeth