Posts

Showing posts from 2011

अध्यक्ष प्रचण्डले पुष ९ गते केन्द्रिय समितिमा प्रस्तुत ष्रेको राजनैतिक प्रतिवेदनमाथि वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले पुष १२ गते केन्द्रिय समितिमा प

Image
गम्भीर बन्दै गएका क्रान्ति तथा पा र्टीका समस्या र तिनको समाधानबारे १-नयाँ प्रस्तावको आवश्यकता आज वर्गसंघर्ष अन्त्यन्तै जटिल मोडमा छ र त्यो पार्टीको दुई लाइन संघर्षमा प्रतिबिम्बित भइरहेको छ। आज नेपाली जनवादी क्रान्ति र कम्युनिष्ट आन्दोलनको इतिहास नयाँ मोडमा खडा छ। हामी गम्भीर प्रकारको प्रशव पीडामा छौं। आज एकातिर २०५२ सालबाट पहल गरिएको महान् जनयुद्धको प्रक्रियालाई अन्त्य गर्दै देशलाई संसदवादको आहालमा डुबाउने षडयन्त्रलाई पूर्णता दिइदैंछ भने अर्कोतिर त्यसका विरुद्ध नेपाली नयाँ जनवादी क्रान्तिलाई जारी राख्तै अगाडि बढ्ने धारा पनि नयाँ प्रतिबद्धता सहित सशक्त रुपमा प्रस्तुत भएको छ। आज नेपाली जनवादी क्रान्ति र कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अध्यायको अन्त्य र अर्को अध्यायको थालनीको प्रक्रिया अगाडि बढिरहेको छ। आज नेपाली क्रान्तिका कार्यभारलाई सही ढंगले संवहन गर्नका लागि पार्टीका सामु वर्गसंघर्ष र दुई लाइन संघर्षका क्षेत्रमा गम्भीर प्रकारका नयाँ चुनौतीहरुको सामना गर्न तयार रहनु पर्ने ऐतिहासिक आवश्यकता समुपस्थित भैरहेको छ। यसप्रकारका चुनौतीहरुको सामना गर्दै दृढतापूर्वक अगाडि बढ्ने कि प्रतिक्रिय

राष्ट्रिय एकता र पहिचानको राजनीति

Image
प्रकाशचन्द्र लोहनी जातीय समुदायका नाममा राज्यको नामाकरण गर्दा त्यस्ता राज्यहरूमा सम्बन्धित समुदायभन्दा अरूको जनसंख्या बढी रहेको यथार्थ यहाँ स्मरणीय छ। यो हाम्रो मिश्रित बसोवासको यथार्थ हो।. हिमाल खबर पत्रिकाको माघ १६,२०६६ को अंकमा प्रकाशित भीमप्रसाद सुवेदीले 'जातीय प्रदेश : बहुसंख्यक जाति बाहिरै' भन्ने लेखमा प्रस्तुत गरिएको तालिका १ र २ लाई संयोजन गरेर हेर्दा यसको वास्तविकता स्पष्ट हुन्छ। हाल प्रस्तावित प्रदेशका केही विशेषताहरू त्यसरी हेर्दा केही महत्वपूर्ण तथ्य देखापर्छ। पहिलो यस संरचनामा मिथिला-भोजपुरा-कोच मधेस राज्यको जनसंख्या मुलुकको कुल जनसंख्याको २९.५ प्रतिशत (६६,७८,६५४) हुन आउंँछ भने जडान राज्यको जनसंख्या ०.२ प्रतिशतमात्र (४८,७७२) हुन आउंछ। राज्यहरूबीच जनसंख्यामा यति ठूलो फरक गरिनुको औचित्य भने कहीँ स्पष्ट छैन। दास्रो, जातीय समुदायबाट नामाकरण गर्दा अनौठो स्थिति देखापर्छ। शेर्पा राज्य (जनसंख्या ८९४३४) मा शेर्पा जातिको संख्या ३६.१ प्रतिशत, अर्थात् ३२२८५ छ भने खप्तड राज्य ( कुल जनसंख्या ११५५८२६) मा क्षेत्री समुदायको संख्या ५४.६ प्रतिशत अर्थात् ६३ १०८० छ तर अहिलेको नामाकरणमा

शान्ति प्रक्रिया लगायतका विषयमा राजनीतिक सहमतिको पूर्ण विवरण

शान्ति प्रक्रिया लगायतका विषयमा राजनीतिक सहमतिको पूर्ण विवरण शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याई संविधान निर्माण लगायतका राजनीतिक प्रक्रियाहरुलाई अगाडि बढाउनु पर्ने तथ्य प्रष्ट नै छ । अतः विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ तथा विभिन्न समयमा राजनीतिक दलहरुका बीच भएका सहमति अनुरुप शान्ति प्रक्रियाका बाँकी कामहरु तुरुन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं ः १. माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापना क) शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको विवरण अद्यावधिक गरिने छ । ख) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुको संख्या बढीमा ६५०० (छ हजार पाँचसय) सम्म हुनेछ । समायोजन नेपाली सेना अन्तर्गत महानिर्देशनालयमा हुनेछ । त्यसमा सुरक्षा निकायबाट ६५ प्रतिशत र माओवादी सेनाका लडाकुहरुबाट ३५ प्रतिशतको संख्या रहनेछ । महानिर्देशनालयको कार्य विकास-निर्माण, बन सुरक्षा, औद्योगिक सुरक्षा र विपद् व्यवस

सुभाष दर्नालः अब केबाल सम्झनामा

This is my Newly published article on Naya Patrika National Daily. सुभाष दर्नालः अब केबाल सम्झनामा - जेबी विश्वकर्मा युवा पुस्ताको नेतृत्व स्थापित गर्नुपर्छ भन्ने महत्वाकांक्षाका कारण पनि यो अवधिमा उनको टिमले गरेको भूमिकाकै प्रतिफल हो सुभाष दर्नालको सफलता । यसका साथै उनमा भएका केही विशिष्ट गुण उनको सफलताको अर्को कारण हो । मृत्यु अनिवार्य सत्य हो । यद्यपि कतिपय मृत्युले परिवारसँग मात्रै सम्बन्ध राख्छ भने कतिपयले समाज र राष्ट्रसँग पनि । थोरै मानिसलाई मात्रै मृत्युपछि राष्ट्रिय सम्मान प्राप्त हुन्छ । सायद, उनीहरूले राष्ट्र र समाजका लागि गरेको योगदानको कदर त्यही नै हो । नेपालको मानवअधिकार तथा दलित अधिकार अभियानले गत साउन ३० गते एकजना युवा अधिकारकर्मी गुमायो । आफ्नो युवा उमेर र शक्तिलाई मानवअधिकार, दलित अधिकारकै लागि समर्पित गरिरहेका सुभाष दर्नालको अमेरिकामा सवारी दुर्घटनामा परी भएको असामयिक मृत्युका कारण नेपाली दलित आन्दोलनले एउटा सशक्त योद्धा गुमाएको छ त कतिपयले सहकर्मी । परिस्थितिले व्यक्तिका बाटाहरू निर्माण गरिदिन्छ । उनलाई पनि बाल्यकालमा समाजमा गरिएको जातीय विभेद, छुवाछूत, शोषण आदिले न

Media & public agenda

Media & public agenda DHARMA ADHIKARI The way in which two recent news stories, one about the prohibition of cell phones and junk foods in schools and the other about smoking ban in public places appeared suddenly in headlines and then disappeared in like manner leaves one wondering about the nature of our media’s engagement with public interest issues. There wasn’t any deliberation on these topics in the media leading up to the bans. Also, following the prohibitions, there wasn’t much reflection on the genesis or process of these new regulations. Apparently, the school or the government authorities did not see the need to enlist a meaningful participation of the media or the general public in those important public decisions. Neither did the media or the public display the eagerness to relish such participation. And yet, on their own ways, working apart, both the authorities and the media often claim to be passionately championing public interest. But when it comes to ackn

Dr. Baburam Bhattarai and Prachanda

Image
After electing Prime Minister of Nepal. Dr. Baburam Bhattarai, and Chair person of United Communist Party of Nepal (Maoist) Puspa Kamal Dahal 'Prachanda'

नमुना बन्ने प्रयत्न गर्नेछु बाबुराम भट्टराई, नवनिर्वाचित प्रधानमन्त्री

Image
तपाईंका प्रमुख प्राथमिकता के-के हुन् ? पहिलो प्राथमिकता विस्तृत शान्ति सम्झौताअन्तर्गत मुलुकलाई सार्थक निष्कर्षमा पुर्‍याउनु हो । त्यसका निम्ति कार्यतालिका बनाइसकेका छौं । राष्ट्रिय सहमति बनाएर यो अभिभारा पूरा गर्ने मेरो पहिलो प्राथमिकता हुन्छ । दोस्रो, ठूलो राजनीतिक कार्यभार संविधानसभाबाट अग्रगामी संघीय ढाँचासहितको संविधान बनाउने नै हो । त्यसका निम्ति राष्ट्रिय सहमति बनाउने काम हो । यी प्रमुख प्रथमिकता हुन् । तेस्रो भनेको जनता गरिबी, बेरोजगारी र महँगीबाट पीडित छन् । ती जनतालाई राहत दिन के गर्न सक्छांै, त्यसका लागि राहत प्रदान गर्ने हुन्छ । चौथो, राज्यसत्ता ढिलासुस्ती र भ्रष्टाचारबाट आक्रान्त छ । जनताले सेवा राम्रो नपाएको स्थिति छ, त्यसका लागि सुशासन दिने प्रयत्न हुन्छ । त्यसका लागि आफू नमुना बनेर देखाउने प्रयत्न हुन्छ । पाँचौं, समग्र आर्थिक विकास नगरेसम्म देशको विकास गर्न सक्दनौं । छोटो समयमा धेरै गर्न नसकिएला तर लगानी मैत्री वातावरण बनाएर अघि बढ्ने र रोजगारी सिर्जना गर्न आर्थिक विकासको प्रारूप तयार गर्ने काम पनि हुन्छ । तपाईं अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री बन्नु भएको छ, कसर