Posts

Showing posts from 2016

विश्वव्यापी रुपमा जारी छ रेपारेशन्स (Reparations) मुभमेन्ट

Image
विश्वव्यापी रुपमा जारी छ रेपारेशन्स (Reparations) मुभमेन्ट  बिक्रम सुब्बा  १. के हो रेपारेशन्स ? अमेरिका, बेलायत आदिजस्ता गोरा जातीय नेतृत्ववाला शक्तिशाली मुलुकहरूले विगतमा काला र नेटिभ अमेरिकनलाई समेत ‘दास’को रुपमा किनबेच गरेर युगौँ दासत्वमा राखेर काला जातिहरूमाथि घोर अत्याचार गरे । दासका रुपमा खरिद गरिएकाहरूले आफ्नो परिवार, समाज, जाति, देश, संस्कृति, भाषा, धर्म, चाड-पर्व, उत्सव, खुशी, रमाइलो केही भन्न पाउँदैनथे । उनीहरूलाई पशुलाई जस्तै व्यवहार गरिन्थ्यो । यो गोरा जातिहरूको राज्य स्तरबाट गरिएका बदनियतपूर्ण मानवविरोधी ठूलो बर्बर हिंसाको युग थियो । त्यस्ता अपराधी मुलुकहरूलाई दण्डित गर्नुपर्छ र दासत्वमा पारिएका जातिका सन्तानलाई तिनले सजायका रुपमा कुनै न कुनै किसिमको क्षतिपूर्ति वा क्षतिपूर्ति भर्नुपर्छ भन्ने अवधारणासहित “रेपारेशन” आन्दोलन अमेरिका र बेलायतविरुद्ध चलेको धेरै भइसक्यो । साम्राज्यवादी-उपनिवेशवादी मुलुकहरूले कैयौँ मुलुकलाई जबर्जस्ती कब्जा गरेर, उपनिवेश बनाएर तिनका सभ्यता, उत्पादन प्रणाली, शिक्षा, कला, संस्कृति, धर्म, इतिहास, भाषा सबै ध्वस्त गरेका थिए । उनीहरू उपनि

बिसे नगर्चीको धोती

Image
बिसे नगर्चीको धोती राजकुमार दिक्पाल भीमनिधि तिवारीको पाँच एकांकीमध्ये एउटा एकांकीमा ‘बिसे नगर्ची' पनि परेपछि जनसाधारणमा उनको बारेमा जानकारी भयो । खासगरी पञ्चायतकालमा छुवाछूतविरुद्ध अभियानमा सक्रिय अभियन्ताहरूले बिसे नगर्चीलाई सोधीखोजी गर्न थालेको पाइन्छ । यसमा दलित अगुवा तथा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य टीआर विश्वकर्माले पञ्चायतकालको उत्तराद्र्धमा निक्कै ठूलो प्रयत्न गरेको देखिन्छ ।   साहित्यको एउटा विधा नाटकको एउटा पात्रका रूपमा देखा परेका बिसे नगर्ची इतिहासको महत्त्वपूर्ण व्यक्ति हुन् भन्ने उद्देश्यका साथ उनको सोधीखोजी भयो । यसै क्रममा टीआर विश्वकर्मा, रामशरण दर्नाल, प्रकाश चित्रकार र प्रकाश दर्नालको संयुक्त प्रयासमा तयार पारिएको ‘बिसे नगर्चीको जीवनी' तत्कालीन राष्ट्रिय पञ्चायतका उपाध्यक्ष परशुराम राईको हातबाट २०४६ भदौ १ गते अर्थात् मुलुकी ऐन दिवसका दिन विमोचन गरिएको पुस्तक प्रकाशनमा सक्रिय दलित अधिकारवादी नेता पदम सुन्दासले ‘इसमता डट कम'मार्फत आफ्नो संस्मरण शृंखलामा सम्झना गरेका छन् ।   पछिल्लो समय बिसे नगर्चीलाई प्रतीक बनाएर कविताहरू लेखिए । तत्कालीन

एउटा दासको घोषणा–पत्र - राजु स्याङतान

एउटा दासको घोषणा–पत्र राजु स्याङतान  आफ्नै चिहान माथि चुपचाप निधाइरहेको यस युगको असली दास हुँ म कोर्रा लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिनँ खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा छैन कुनै मूल्यसुची तर बेचिएको छु प्रत्येक पल यो तातो पृथ्वीलाई पसिनाले पगालेर सभ्यताको पहिलो जग बसाउने म आज हिँडिरहेछु हरेक साँझ बास माग्दै नङ्ग्राले धर्ति खोस्रिएर सिसमहल बनाउने म आज मागिरहेछु आफ्नै लास छोप्ने एक चपरी माटो युगौँ युगपछि आज यो सुनसान मसानघाटबाट ब्यूँझेर सोचिरहेछु म सँग किन छैन स्वतन्त्रताको एक मुठी सास ? किन बेचिन्छु पुस्तौँ पुस्ता ? अब जान्छु मेरा पुर्वजहरुको चिहान खोज्न मृत्यु पर्यन्त पनि साङ्लामै बाँधिएका करोडौँ कङ्कालहरु जम्मा गरेर सोध्छु आखिर कसले बनाएको हो यो संसार ? आल्पस पहाडमा रोमसँग लड्दालड्दै हारेर पनि संसार जितेका स्पार्टाकस्का अदम्य छातीका टुक्राहरु जम्मा गरेर सोध्छु कसले जितेको हो दुनियाँ दास मालिकले कि तिमीले ? इजिप्टको पिरामिड बनाउन नाइल नदीबाट ढुङ्गा बोक्दाबोक्दै रगत सकिएपछि फालिएका लाखौँ इजिप्टसियनका हाडहरु उत्खनन् गरेर सोध्छु कसले

बाली प्रणालीमा १० प्रतिशतले पनि काम नगर्ने नेपालमा कहाँ छ सामन्तवाद ? - आहुति

नेपालमा समाजवाद किन र कसरी ? यससम्बन्धी अन्तर्क्रियामा रमेश सुनुवारले पेस गरेको कार्यपत्रमा केही विश्लेषकले टिप्पणी गरेका थिए । केशव दाहाल र देवेन्द्र पौडेलको मतपछि  यहाँ प्रस्तुत छ आहुतिको विचार  नेपाली कम्युनिस्ट आन्दोलनमा समाजवाद वा नयाँ जनवादबारे वा मार्क्सवादबारे जे बहस भइरहेको छ, प्रवृत्तिगत रुपमा ती सबै यहाँ प्रकट भए । प्रकट हुनेवाला पनि छ । करिब करिब हामी यसैको वरिपरि छलफलमा छौं । र, यहीँबाट छिचोल्नु पर्छ । सर्वप्रथम केशव दाहालले बोल्नुभयो र वर्गबारे प्रश्न उठाई दिनुभयो । र, मार्क्सवादका मुख्य आधारभूत कुरामाथि प्रश्न उठाउनुभयो । उहाँसँग नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुले एउटा ठूलो बहस गर्न जरुरी छ । केशवजीहरुसँगको टुङ्गोफानो गर्नुपर्छ । यो मैले कुनै नकारात्मक टिप्पणीको रुपमा गरिरहेको छैन । मानिसलाई चाहिँ मार्क्सवादले वर्गको आधारमा पूरै यन्त्रवत रुपमा सोच्यो, मनसहितको मानिसलाई त्यसरी सोच्न मिल्छ भन्ने उहाँको प्रश्नको मार्क्सवादी ढंगले जवाफ दिनैपर्छ । किनकि मार्क्सवादले भनेको छ, पुँजीवादीहरु भनेको वा धार्मिकहरु भनेको हृदयहीनहरुको हृदय हो । मार्क्सवादले पनि ह्दयकै कुरा

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशाका विषयमा जवरजस्त वहश चलिरहेको छ । नेपालको क्रान्ति अब पनि नयाँ जनवादी हो कि समाजवादी हो ? यसको छिनोफानो नगरिकन कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैन, त्यसैगरी दलित आन्दोलन पनि अब स्पष्ट रूपमा अगाडि जाँदैन। कार्यदिशाबारेको यो बहसको मुख्य सरोकार भनेको नेपाली समाज अहिले पनि मूल रूपमा सामन्तवादी वा अर्धसामन्ती नै छ कि पूँजीवादी भैसक्यो भन्ने नै हो। नेपाली समाज मूल रूपमा सामन्तवादी वा अर्धसामन्ती छ भने अबको क्रान्ति नयाँ जनवादी नै हुनुपर्ने हुन्छ भने समाज मूल रूपमा पूँजीवादी भैसकेको हो भने अबको क्रान्ति स्वतः समाजवादी हुनपुग्दछ। त्यसैले नेपाली समाजको चरित्र कस्तो हो भन्ने विश्लेषणले निर्णायक महत्व राख्दछ। नेपाली समाजको आजको चरित्रलाई बुझ्न सामन्तवादी र पुँजवादी समाजको आधारभूत चरित्रबारे एकपल्ट घोत्लिनु आवस्यक छ। सामन्तवाद भनेको के हो ? यहाँवाट चर्चा सुरु गरौं। कुनै पनि राजनीतिक व्यवस्थाको समाज वैज्ञानिक चरणको ३ वटा खुट्टा हुन्छन्, चाहे त्यो दास-मालिक व्यवस्था होस्, सामन्तवादी होस् या पूँजीवादी व्यवस्था । ती तीन खुट्टाहरूमा एउटा अर्थतन्त्र हो, अर