कल्लीकुमारीलाई बोक्सीको आरोपमा दिसा खुवाउने शिक्षिका बिमला गोले लामा पक्राउ



-जे.वी. विश्वकर्मा


ललितपुर प्युटार-७ की कल्लिकुमारी विकलाई बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै दिसा समेत खुवाउने शिक्षिका विमला लामा गोले आज ललितपुरबाट पक्राउ परेकी छन् । ८२ दिनपछि घटनाकी प्रमुख दोषी पक्राउ परेकी हुन् ।
ललितपुरको मानभवनबाट पक्राउ परेकी बिमला आफूविरुद्ध परेको सार्वजनिक अपराध सम्बन्धी मुद्दाका विषयमा जानकारी लिन गाउँकै हजुरबुबा पर्ने नेपाली कांग्रेस जिल्ला उपसभापति कपिलबहादुर लामासँग जिल्ला प्रशासन कार्यालय जाँदैथिइन ।
चैत्र ७ गते कल्लिकुमारीलाई बोक्सीको आरोपमा कुटपिट गरेको स्वीकार गर्दै उनले भनिन् ुगाउँमा अरुले पनि बोक्सी भन्ने गर्थे । म बिरामी परेको बेला चाबहिलमा बस्ने कार्की थरका धामीले उनी नै बोक्सी भएको बताएपछि मैले कुटपिट गरेको हुँ ।ु उनले आफूलाई लागेको रोगबारे भने स्पष्ट बताइनन् । धामीले कपडामार्फत नै बिगारेको छ भनेर धामीले भनेपछि कल्लीलाई बोलाएको बताउँदै उनले भनिन् ुमलाई बोक्सी लागेको भन्ने झाँक्रीले भनेपछि मैले कल्लीलाई मेरो मामाको घरमा बोलाएँ । उहाँ आएपछि लुगामा नै बिगारेको छ भनेर धामीले भनेपछि मैले उनको छोरीलाई दिएको तीनजोर लुगा फिर्ता मागेँ । त्यही बेला बोक्सी भन्ने विषयमा हामीबीच भनाभन भयो ।ु भनाभनकै क्रममा पहिले आफूले नभइ माइजु कमला थिङ्गले कल्लीलाई पिटेको उनले बताउँदै भनिन् ुमैले त पिटेको थिईँन । माइजुले नै पहिले पिट्नुभयो । पछि मैले पनि पिटेको हूँ ।ु
कल्लीकुमारीलाई दिसा खुवाएको अस्वीकार गर्दै दिसा खुवायो भने बोक्सीसँग भएको मन्त्र सबै भाग्छ भनेर गाउँलेले भनेका थिए तर दिसा नै खुवाएको भन्ने आरोप झुटा भएको बताइन । बोक्सी स्वीकार गराउन कल्लीकुमारीलाई हतियार देखाएर धम्काउने काम नगरेको बताउँदै भनिन् ुमैले कल्लीलाई ब्लेड हतियार बोकेर बोक्सी हूँ भन्न लगाएको होइन ।ु कल्लीकुमारीले भने आफूलाई बोक्सी हूँ नभने ब्लेडले स्तनको मुन्टो काटिदिने धम्की दिएको बताएकी थिइन । घटना भएको भोलिपल्ट गाउँलेहरु सहित जम्मा भएर छलफल गर्दा ुगाउँमै मिल्नेु भनेर मिलापत्र गरेको उनले बताइन । तर मिलापत्रको काजग गरौं भन्दा आफ्नै मामाले ुहामी यतिका गाउँले सबैले सुनेका छौं किन कागज नै गर्नुपर् योु भनेको उनले बताइन । उनी भन्छिन् ुमिलापत्रको कागज गरेको भए यस्तो नहुने रहेछ । मलाई मेरै मामाले फसाए ।ु चैत्र १२ गते साँझ काठमाडौं आउन कपडा लगाउन भनी घर गएको बेला प्रहरीबाट भागेको उनले बताइन । घरबाट भागेर प्युटार गाविसकै दलिनटारको एउटा गोठमा रात उनले बताइन । त्यसपछि बूढीदेवी देउराली हुँदै मकवानपुरको छतिवनमा गएर आफन्तकोमा बसेको उनले बताइन् । ुप्रहरीले जहाँ भेट्यो त्यही मार्छ भन्ने सुनेर भाग्दै हिडेको थिएँ । पहिले प्रहरीसँगै आउनु पर्ने रहेछ डरले आउन सकिनँ । गाउँलेले पनि नजानका लागि मलाई दबाब दिएु उनले भनिन् ।
हाल स्नातक अध्ययन गरिरहेकी बिमला लामा गोले स्थानीय गढिभाज्याङ्ग प्राविकी प्रधानाध्यापिका हुन् । २०६१ सालदेखि उक्त विद्यालयम अध्ययापन गराउँदै आएकी बिमलाले बोक्सी प्रथामा आफूले विश्वास गर्ने गरेको भएपनि अहिले आएर भ्रम तोडिएको बताइन । ुघटनामा मलाई उचाल्ने ठूली माइजु गोपी अर्की माइजु कमला थिङ्ग लगायतलाई पनि कारबाही गरिनुपर्छ । झाँक्रीले नै कल्लीकुमारी बोक्सी भएको आरोप बताएकोले झाँक्री पनि कारबाहीमा पर्नुपर्छु उनीहरुले नै उकासेका कारण यो घटना भएको बताउँदै बिमलाले भनिन् ुउनीहरुले उचालेकै कारण यो घटना भएको हो ।ु
उनलाई सार्वजनिक अपराध ऐन र बोक्सीको मुद्दामा मुलुकी ऐन अदलको १० बमोजिम कानुन बमोजिम कारबाही गराउने ललितपुर डिएसपी वसन्तबहादुर कुँवरले बताए । घटनाको आरोपमा पक्राउ परेका श्याम नेगी लामा र कमल गोले अहिले १५/५ हजार धरौटी तिरेर तारेखमा रिहा भएका छन् । डिएसपी कुँवरले अन्य अभियुक्तहरुलाई पनि पक्राउ गरिने बताए ।


Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति