सुदूर ललितपुर

जे.वी. विश्वकर्मा











संसार कहाँ पुगिसक्यो, ललितपुर प्युटारकी कल्लीकुमारी विकलाई चाहिँ ढुंगे युगमै जस्तो सास्ती छ । नयाँ नेपालमा उनलाई उनकै छिमेकीले बोक्सी भनिन् । कुटिनन् मात्रै, आफ्नै विष्टा पनि खुवाइन् । त्यो पनि अनपढले होइन, गढिभञ्ज्याङ्ग प्राविकी प्रधानाध्यापिकाले ।
राजधानीकै गाउँमा यस्तो अपत्यारलिो घटना ? कस्तो रहेछ यो प्युटार, हामी हेर्न जाने भयौं । संंयोगवश राष्ट्रिय महिला आयोग, दलित आयोग, जागरण मिडिया सेन्टर र अन्य केही अधिकारवादी पनि फेला परे ।
लागेको थियो, ललितपुरको सडक कालोपत्रे र सजिलै ओहोर-दोहोर हुने खालको होला । लगनखेलदेखि ३५ किलोमिटरसम्मको त्यो यात्रामा चापागाउँभन्दा अलिकति पर पुगेपछि धूले र खल्डाखुल्डी परेको सडकमात्रै भेटियो । एकतर्फी गाडी पार गर्न पनि मुस्किल बाटोमा उकालो र ओरालो हुँदै यात्रा अगाडि बढ्यो । भट्टेडाँडा नजिकैको ओरालोमा गाडी हुईंकिादा सायद सबैको मुटुले ठाउँ छोड्दै थियो, गाडी सडकबाट बाहिर उम्किने हो कि भन्ने त्रासले । केहीले चालकलाई सम्झाउँदै थिए, 'बिस्तारै है बिस्तारै, बिस्तारै चलाउनुहोला ।'
यहाँ आउँदा पोहोर सुदूरपश्चिमको बझाङ्ग पुगेको झझल्को आयो । डडेल्धुरा र बैतडीको सिमानाबाट ओरालो लागेपछि कडा चट्टाने पहाड ।
भिरालो सडकको बनावट, त्यसमा पनि गाडीमा खचाखच यात्रुहरूको चाप । माथि चट्टाने पहाड अनि तल धमिलो सेती नदी । लाग्थ्यो, अब चैनपुर पुगिादैन कि ? घरघिर िसेतीतिरै गाडी बाङ्गािदाको यात्रा पनि जोखिमपूर्ण नै थियो । यहाँ ठाउँ फरक भए पनि त्रास चाहिँ उस्तै थियो ।
यस्तै अप्ठ्यारो अनुभव सँगाल्दै बाटो काटियो । बोझिलो मन प्युटार पुग्दा भने हलुङ्गो भइसकेको थियो । कठिन यात्रापछि भेटिएको सुन्दर गाउँ मन लोभ्याउने नै रहेछ । कालिदेवी उच्चमाविमा हामी रोकियौं । धेरै सहयात्री विद्यार्थी जीवन सम्भिmन थालेका थए । विद्यालय, भलिबल ग्राउन्ड, साथीहरू अनि शिक्षक यस् तैयस् तै कुरा चल्दै गर्दा उता कल्लीकुमारीलाई पुनःस्थापनाको काम सँगसँगै बढिरहेको थियो । उनलाई गाउँलेकै जिम्मा लगाएर हाम्रो टोली फर्कियो । फर्किँदा त्यहाँका घनश्याम अघिकारी पनि हामीसँगै थिए ।
'विचरा विमला, आफ्नै घरमा आउन पनि सकेकी छैन' घटनापछि लुक्दै हिँडेकी प्रधानाध्यापिकाका बारे उनले भने, 'जागिर पनि गयो । अब पक्राउ परेपछि कारबाही पनि हुन्छ ।' अन्धविश्वासले आफैंलाई सखाप पार्छ भन्ने तर्क उनको थियो ।
फर्किँदा उस्तै सास्ती सुरु भयो । केही दिन पहिले परेको ठूलो पानीले कतिपय ठाउामा त बाटोसमेत देखिादैनथ्यो । यात्रुले कोचाको छ मिनीबस र मिनीट्रकको ओहोर-दोहोर निकै देखियो । छतमाथिको जो खिमपूर्ण यात्रा देखेपछि लाग्यो, सामान्य विकास पनि मानिसको काल बनेर आउँछ कि क्या हो ? अधिकारी वर्षैपिच्छे यहाँ दुर्घटना पनि भइरहने कुरो गर्दै थिए ।
बनेपा बर्दिबासको बीपी राजमार्ग पञ्चायतमा नै निर्माण सुरु भएर फेर िबन्द भएको मलाई थाह थियो । पछि जापान सरकारले सहयोग गरेपछि अहिले निर्माण कार्य सकिन लागेको छ ।
त्यस्तै भएको रहेछ, प्युटारसम्म जाने सडकको हालत पनि । महेन्द्रले वीरगन्जबाट गाडी ल्याउनका लागि त्यो बाटो खनाएको आमबाडाको शिलालेखले पुस्ट्याउँछ । शिलालेखमा सडक २०१५ सालमा शिलान्यास भएको देखिन्छ । उनले आफ्नो गाडी ल्याउनका लागि तीन ठाउाबाट बाटो खन्न निर्देशन दिएका रहेछन् । २०२२ सालसम्म अलिअलि सवारी चलेको पनि थियो । तर माला भन्ने ठाउामा वाग्मतीमा राखिएको काठको पुल भत्किएपछि यो बाटो बिस्तारै पाखोमा परण्िात भएको रहेछ । बल्ल डेढ वर्षदेखि त्यहाँ फेर िगाडी गुड्न थालेको छ । तर सडक कहिले पक्की हुने हो, यसको टुंगो छैन ।
प्युटार मकवानपुरसँग जोडिएको छ । गाउँसम्म गाडी पुग्ने भएपछि निम्नमध्यम र मध्यम वर्गकालेे आर्थिक उपार्जन गर्न थालेका छन् ।
'अहिले गाईभैंसी पालेर खुवा बनाएर बेचेरै पनि महिनाको १० देखि १५ हजार आम्दानी गर्नेहरू छन्,' अधिकारीले भने ।
अलैंची खेतीबाट पनि केही किसानले फाइदा लिइरहेको उनले बताए । 'मेरा दाइहरूले थुप्रै जमिनमा अलैंची लगाएका छन् । सडक पुगेका कारण उनीहरूको आयस्रोतमा निकै वृद्धि भएको छ । उनीहरूको जीवनस्तर नै परविर्तन हुँदैछ,' उनले थपे ।
नेपाल केन्द्रीकृत राज्य भएका कारण केन्द्रमा निकै विकासका कार्यक्रम भएको अनुमान जो कोहीले लगाउँछ । तर ललितपुरकै कतिपय गाउँहरूमा सहजरूपमा पुग्नसक्ने अवस्था छैन भने विकास त अहिलेसम्म नारा मात्रै रहेछ ।



यो फिचर ५ असार, २९६६ मा कान्तिपुर कोसेलीमा प्रकाशित छ ।

Comments

prakash rai said…
J b g blog ramro cha..aru pani padhna pau hai sir...maile chahi nepalima lekhna janin yar..

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति