नेपाल समाचारपत्र दैनिकमा प्रकाशित पुस्तक समीक्षा

मिडियामा दलित


नेपाली मिडियाले पस्कने सामग्रीको विविधताका विषयमा अध्ययन गर्ने क्रम बढ्दो छ। तर पनि मिडियाले समाचार सामग्रीमा दलित विषय, उत्पादन प्रक्रिया, प्रस्तुति र प्रभावबारे खासै अनुसन्धान भएको पाइँ ँदैन। मिडियामा दलितकै सवालमा केन्द्रित पुस्तक नआएको अवस्थामा समता फाउन्डेसनका अनुसन्धानकर्ता जेबी विश्वकर्माले ‘नेपाली मिडियामा दलित ः सहभागिता र विषयवस्तु नामक पुस्तक बजारमा ल्याएका छन्।
बहिष्करणमा परेका समुदाय र तिनका सवाललाई मिडियाले उचित स्थान नदिएको आवाज चौतर्फी उठिरहेको बेला आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका विश्वकर्माले तयार पारेको यस पुस्तकमा विभिन्न मिडियामा दलित समुदायका व्यक्तिको सहभागिता, दलितसम्बन्धी सामग्रीको उत्पादन प्रक्रिया, तिनको अन्तरवस्तु तथा प्रस्तुतिको शैलीबारे विस्तृत जानकारी र विश्लेषण गरिएको छ। दलित सवालमा नेपाली मिडियाले खेलेको सकारात्मक भूमिकाका साथै तिनमा देखिएका कमी–कमजोरी र त्यसका कारणहरू पनि यस पुस्तकमा केलाइएको छ।
नेपाली समाजमा रहेक जातीय विभेद र असमानताको अन्त्य अनिवार्य छ भन्ने तथ्यलाई आत्मसात् गर्ने हो भने दलितका मुद्दा सञ्चारमाध्यमको प्राथमिकतामा पर्नुपर्छ। त्यसमा पनि सबैभन्दा पछाडि पारिएका दलित समुदायका समस्या र ती समस्या सामधानका उपाय नेपाली मिडियाको चासो र उत्तरदायित्व बन्न सकेको देखिँ ँदैन। यस सन्दर्भमा उक्त पुस्तकका लेखकले नेपाली मिडिया र दलितको सम्बन्धलाई आलोचनात्मक दृष्टिकोणबाट केलाउने प्रयत्न गरेका छन्।
नेपाली मिडियामा दलितबारे केन्द्रित भएर लेखिएको यो पहिलो अनुसन्धानमूलक पुस्तक हो। मिडियामा समावेशीकरण र विभिन्न सामाजिक मुद्दाहरूका सन्दर्भमा मिडियाले दिने सामग्रीबीचको अन्तर्सम्बन्धबारे चासो राख्ने जोसुकैका लागि यो पुस्तक निकै उपयोगी छ। नेपाली मिडियामा दलित सवालबारे विगत ६ वर्षदेखि अनुसन्धानरत विश्वकर्माद्वारा लिखित उक्त पुस्तकलाई मार्टिन चौतारीले बजारमा ल्याएको हो।

नेपाल समाचारपत्र दैनिकमा प्रकाशित पुस्तक समीक्षा 

http://www.newsofnepal.com/new/literature/2013/11/19799 

Comments

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति