नेपाली मेडियामा दलित : सहभागिता र विषयवस्तु

नेपाली मेडियामा दलित : सहभागिता र विषयवस्तु


लेखकः जेबी विश्वकर्मा

 सम्पादकः देवराज हुमागाईं र विमल आचार्य
पहिलो संस्करणः २०६९ सन् २०१३)

पृष्ठः xii+१५२;Paperback , मूल्यः २००
ISBN 978-9937-594-02-8

एउटा नया पुस्तक बजारमा उपलब्ध छ

  बहिष्करणमा परेका समुदाय र तिनका सवाललाई मिडियाले उचित स्थान नदिएको आवाज चौतर्फी रुपमा उठ्ने गरेको छ । प्रस्तुत पुस्तक नेपाली मिडियामा दलितः सहभागिता र विषयवस्तु दलितको प्रतिनिधित्व र तिनका मुद्दालाई मिडियाले दिएको स्थानबारे केन्द्रित छ । परिचयबाहेक पाँच अध्यायमा विभाजित यो पुस्तकले छापामाध्यमदेखि रेडियो र टेलिभिजनसम्मलाई समेटेको छ । विभिन्न मिडियामा दलित समुदायका व्यक्तिको सहभागिता, दलितसम्बन्धी सामग्रीको उत्पादन प्रक्रिया, तिनको अन्तर्वस्तु तथा प्रस्तुतिको शैलीबारे विस्तृत जानकारी र विश्लेषण पुस्तकमा छ । दलित सवालमा नेपाली मिडियाले खेलेको सकारात्मक भूमिकाका साथै तिनमा देखिएका कमीकमजोरी र त्यसका कारणहरु पनि पुस्तकमा केलाइएको छ ।
नेपाली मिडियामा दलितबारे नै केन्द्रित भएर लेखिएको यो पहिलो अनुसन्धानमूलक पुस्तक हो । मिडियामा समावेशीकरण र विभिन्न सामाजिक मुद्दाहरुका सन्दर्भमा मिडियाले दिने सामग्रीबीचको अन्तर्सम्बन्धबारे चासो राख्ने जोसुकैका लागि यो पुस्तक उपयोगी छ ।

 


आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर जेबी विश्वकर्मा समता फाउन्डेशनका अनुसन्धाता हुन् । नेपाली मिडियामा दलित सवालबारे ६ वर्षदेखि अनुसन्धानरत विश्वकर्माका दलित आन्दोलन र समावेशीकरणबारे पनि लामा र छोटा लेखहरु विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाहरुमा प्रकाशित छन् ।

विषयसूची

तालिकासूची                                                                                 छ

 कृतज्ञता                                                                                        झ

परिचय
नेपाली मिडिया र दलितबारे यो पुस्तक                                            १

अध्याय एक
नेपाली अखबारमा दलित सवाल र प्रतिनिधित्व                               २३

अध्याय दुई
दलितकेन्द्रित म्यागेजिन प्रकाशनको अवस्था र विषयवस्तु             ४९

अध्याय तीन
रेडियोमा दलितः विषयवस्तु र सहभागिता                                      ७९

अध्याय चार
नेपाली टेलिभिजनमा दलित सरोकार                                            ११३

अध्याय पाँच
मिडियामा दलितले प्राथमिकता नपाउनुको कारण र अबको बाटो    १२७

सन्दर्भसामग्री                                                                              १४१
अनुक्रमणिका                                                                              १४९

Comments

Unknown said…
मिडियामा ‘दलित सहभागिता र विषयवस्तु’को यो पुस्तक मलाई आवश्यक थियो यो कसरी प्राप्त गर्न सकिन्छ इन्टरनेटबाट ? मैले पि.डि.एफ. मा छ की भनेर खोजे तर पाईन । केही सहयोग पाउन ।

Popular posts from this blog

कविता विमर्शः गहुँगोरो अफ्रिका

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

गहुँगोरो अफ्रिका (कविता) - आहुति