Posts

डोरबहादुरको त्यो अन्तर्वार्ता

Image
आजको विशेष डोरबहादुरको त्यो अन्तर्वार्ता मिति : २०७० माघ ४, शनिबार [1565 पटक पढिएको] गुणराज लुइँटेल  | बिषय:  फूर्सद चर्चित समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो उनको आफ्नै घर ललितपुरमा अन्तर्वार्ता लिने अवसर मिलेको थियो। मुलुकमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएयता जातीय चिनारीको राजनीतिले पनि विस्तारै गति लिन थालेको थियो। प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको हाम्रो समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए। मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन। जनआस्था साप्ताहिकका निम्ति यो पंक्तिकारले उनको अन्तर्वार्ता लिने मौका पाएको थियो। साथमा थिए, फोटोपत्रकार सन्तोष पोख्रेल। अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भन्ने तर्क पनि अघि सारे। अखबारले यही भनाइलाई शीर्षक बनाएर छाप्यो। चर्चा झन् चुलियो। प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो। अहिले फर्केर हेर्द...

बीसे नगर्चीर्को बयान

कविता:बीसे नगर्चीर्को बयान श्रवण मुकारुङ  मालिक! म यो गोरखा राज्यमा अढाइ सय वर्षपछि बौलाएँ मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिरमिर तिरमिर भएर हजूरको शिर दशवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिर छ कहाँनिर छ बीसे नगर्ची मालिक! म बौलाएँ मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्नुपर्न यो गोरखकालीको पाऊ छोएर नुनको सोझो हुनुपर्ने अढाइ सय वर्षपछि आज के भयो मलाई? यो बीसेलाई दशा लाग्यो मालिक! म बौलाएँ! नाथे मेरी स्वास्नी न हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बीसेको झुप्रो न हो जलाइएको यतिमै यो बीसे उफ्रिनु पर्ने! थुइक्क बीसे..... म बौलाएँ मालिक! म बौलाएँ मेरो हात भाँचियो अब म हजूरका भारदारहरुलाई लवेदा सिउन सक्दिनँ नर्सिङ्गा फुक्न, सनाइ बजाउन अथवा कुनै मङ्गलगान वा मृत्यु गीत गाउन सक्दिनँ मेरो खुट्टा भाँचियो अब म हजूरको राज्यको पहरा गर्न सक्दिनँ मेरो दिमागै ठीकमा छैन अब म ठीक्कले बोल्न सक्दिनँ मालिक! म बौलाएँ मालिक! यो गोरखा राज्य अघि उभि...

भाषा र साहित्यप्रति नेपालीभाषी भूटानीहरू सचेत

Image
भाषा र साहित्यप्रति नेपालीभाषी भूटानीहरू सचेत Published on Jan 14 2014  //  MAIN NEWS ,  NEPALI SECTION नेपालबाट तेश्रो देश पुनर्वासमा पठाइएका भूटानी शरणार्थीहरूले ती देशमा पुगेर पनि आफ्नो भाषाको उत्थान र संरक्षणमा सक्रियता देखाइरहेको पाइएको छ । भूटानी शरणार्थीहरूको सन्दर्भमा पुस २७ गते शनिवार अर्थात् जनवरी ११ मा काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले नेपालीहरू जहाँ गए पनि र जुन देशका भए पनि आफ्नो भाषा र साहित्यको विकासका लागि दत्तचित्त रहेको समेत बताएका छन् । डिस्कोर्स पब्लिकेशनले आयोजना गरेको “नेपाली सन्दर्भमा शरणार्थी साहित्य कार्यशाला गोष्ठी” का वक्ताहरूले भूटानी निरङ्कुश सत्ताले बलपूर्वक नेपालीभाषी भूटानीहरूको भाषा र साहित्यमाथि हस्तक्षेप गर्दै देशनिकाला पनि आफ्नो भाषा र साहित्यको संरक्षण र संवद्र्धनका लागि नेपालीभाषी भूटानीहरू सचेत र सक्रिय रहेको समेत बताए । पुस्तक विमोचन कार्यक्र्रममा उपस्थित श्रष्टाहरू तश्विरः विएनएस सो अवसरमा पुनर्वासका सिलसिलामा हालै मात्र संयुक्त राज्य अमेरिकामा पुग्नुभएका साहित्यकार शिवलाल दाहालको “अलविदा बेलडाँगी...

An Article on Community Radio and Dalit issues in South Asia

Image
CRs must work to end caste discrimination in South Asia Community radio has a significant role in giving voice to the voiceless, poor and deprived people, and also as a means to raise their concerns in the public sphere. The role of community radio is to serve deprived and excluded communities and strengthen the process of social democratization. Community radio stations contribute to progressive transformation of the society which is necessary to establish and strengthen democracy. Therefore AMARC has defined community radio (CR) as a mouthpiece of the marginalized people. In South Asian Region, there is a huge population of Dalits. They have historically been facing challenges to be a human being in the Hindu as well as Muslim societies. Dalits are politically excluded, economically deprived and exploited. They are vic- tims of the feudal labour system, culturally discriminated and treated as untouchables. They are fighting for justice and equity for long ...

सकारात्मक विभेदको असर

Image
सकारात्मक विभेदको असर   14 Jul 2013 आइतबार ३० असार, २०७०   प्रतीक प्रधान                      संयुक्त राज्य अमेरिकाको टेक्सास विश्वविद्यालयले जातिगत छनौटका कारण एक जना गोरी छात्रालाई भर्ना लिएन। सो विश्वविद्यालयले योग्यताका आधारमा राम्रो नम्बर ल्याउने तीन चौथाइ विद्यार्थी छनौट गरिसकेपछि बाँकी एक चौथाइ विद्यार्थी जातिगत र अन्य आधारमा भर्ना लिने गर्छ। आफूले त्यो एक चौथाइ विद्यार्थीमध्येबाट भर्ना पाउनु पर्नेमा गोरा जातिको भएका कारण भर्ना नपाएको भन्दै छात्रा अबिगेल फिसर सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगिन्। उनको दलिल थियो, गोरा जातिको भएकै कारण भर्ना नपाउनु आफ्नो नागरिक र संवैधानिक अधिकारको हनन् हो। उनी सन् २००८ मा भर्ना नपाएर अदालतको शरणमा गएकी थिइन् र अहिले उनले अन्तैबाट कलेजको शिक्षा सिध्याइसकेकी छिन्। सकारात्मक विभेदलाई पुनः परिभाषित गर्ने आदेश...

नेपाली मेडियामा दलित : सहभागिता र विषयवस्तु

Image
नेपाली मेडियामा दलित : सहभागिता र विषयवस्तु लेखकः जेबी विश्वकर्मा  सम्पादकः देवराज हुमागाईं र विमल आचार्य पहिलो संस्करणः २०६९ सन् २०१३) पृष्ठः xii+१५२;Paperback , मूल्यः २०० ISBN 978-9937-594-02-8 एउटा नया पुस्तक बजारमा उपलब्ध छ    बहिष्करणमा परेका समुदाय र तिनका सवाललाई मिडियाले उचित स्थान नदिएको आवाज चौतर्फी रुपमा उठ्ने गरेको छ । प्रस्तुत पुस्तक नेपाली मिडियामा दलितः सहभागिता र विषयवस्तु दलितको प्रतिनिधित्व र तिनका मुद्दालाई मिडियाले दिएको स्थानबारे केन्द्रित छ । परिचयबाहेक पाँच अध्यायमा विभाजित यो पुस्तकले छापामाध्यमदेखि रेडियो र टेलिभिजनसम्मलाई समेटेको छ । विभिन्न मिडियामा दलित समुदायका व्यक्तिको सहभागिता, दलितसम्बन्धी सामग्रीको उत्पादन प्रक्रिया, तिनको अन्तर्वस्तु तथा प्रस्तुतिको शैलीबारे विस्तृत जानकारी र विश्लेषण पुस्तकमा छ । दलित सवालमा नेपाली मिडियाले खेलेको सकारात्मक भूमिकाका साथै तिनमा देखिएका कमीकमजोरी र त्यसका कारणहरु पनि पुस्तकमा केलाइएको छ । नेपाली मिडियामा दलितबारे नै केन्द्रित भएर लेखिएको यो पहिलो अनुसन्धानमूलक पुस्तक हो । मिडियामा समावे...

लोकतन्त्रीकरणमा सामुदायिक रेडियो रेडियोको भूमिका

लोकतन्त्रीकरणमा सामुदायिक रेडियो रेडियोको भूमिका जे.बी. विश्वकर्मा इटालीका मार्कोनीले तार प्रयोग नगरिकन वायुमण्डलमा तरङ्गहरूको माध्यमबाट सङ्केत पठाउन वा प्राप्त गर्नसकिने प्रविधि पत्ता लगाइसकेपछि सन् १९२० मा पहिलोपल्ट अमेरिकामा रेडियो प्रसारण सुरू भयो । त्यसपछि मात्रै विश्वमा रेडियोको विकास सुरु भएको मानिन्छ । यसरी सुरु भएको रेडियो बिस्तारै विकास हुँदै जाँदा ती रेडियोको सञ्चालन, स्वामित्व, जनताको सहभागिता र ती रेडियोले प्रसारण गर्ने सामग्रीका आधारमा ती रेडियोलाई विभिन्न समूहमा राखेर वर्गीकरण गर्न थालियो । विशेषगरी रेडियोको प्रकृति हेरेर सार्वजनिक रेडियो, निजी व्यापारिक रेडियो र सामुदायिक रेडियो विभाजित गरी व्याख्या गर्न सुरू गरेको पाइन्छ । यसै क्रममा सन् १९४७ मा बोलिभियामा खानी मजदुरहरूले 'भ्वाइस अफ दि माइनर' नामको रेडियो सञ्चालन सुरू गरे । मजदुरहरूले उनीहरूकै हितका लागि उनीहरूकै व्यवस्थापन र नियन्त्रणमा सो रेडियो सञ्चालन गरेका थिए । जुन रेडियोलाई विश्वको पहिलो सामुदायिक रेडियो मानिँदै आएको छ । त्यसैले समुदायकै व्यवस्थापनमा समुदायकै सदस्यहर...