Posts

नेपाली संगीतले बिर्सिएका झलकमान

Image
जेबी विश्वकर्मा २०७६   मङ्सिर   २१ उपेक्षित मौलिक सिर्जना  गन्धर्व जाति र संगीत केवल मनोरञ्जनको माध्यम मात्रै होइनन्, नेपालकै लोक संस्कृतिका साधक, प्रवर्द्धन र संरक्षक हुन् । करिब १३औँ शताब्दीतिरदेखि नै कास्की क्षेत्रमा बसोवास गर्दै आएका गन्धर्वले आफ्नै मौलिकता र विशेषता बोकेका सारंगी र अरबाजोजस्ता तार वाद्ययन्त्र निर्माण गरे । अन्य वाद्यवादनभन्दा निकै फरक धुन र रागको निर्माण गरे जुन कुनै संगीतको नक्कल गर्ने काम थिएन, बरु आफैँमा मौलिक अन्वेषण थियो । सारंगीबाट ३६ राग, ३६ रागानी, ४८ पुत्र (प्रत्येक भाषाको शव्द/शब्द) र त्यसका शुद्ध/अशुद्ध निकाली संगीतका लय निकाल्न सकिने गन्धर्वहरू बताउँछन् ।  जेबी विश्वकर्मा नेपालका अधिकांश जाति वा समुदायका आ–आफ्नै मौलिक संगीत छन् । गन्धर्वले त छुट्टै मौलिक ‘पिंगुला’ गायनशास्त्र नै तयार पारेर अभ्यास गरेका छन् । शास्त्रकै रूपमा संगीत र गायनशास्त्र तयार पार्ने अन्य समुदाय सायद छैनन्, यो नेपालको अभूतपूर्व सम्पदा हो । तर, यी मौलिक विशेषता बोकेको संगीतशास्त्रको प्रवद्र्धन र संरक्षण गर्ने दिशामा नेपाली संगीत क्षेत्रबाट कुनै काम हुन सकेको छैन ...

राज्यको निरीहता र छुवाछुतविरोधी ऐन

- जेबी विश्वकर्मा / रूपबहादुर सुनार नीति निर्माता सांसदले दलित भएकै कारण भाडामा कोठा नपाएको अवस्था हल गर्न नसक्ने राज्यले दलित अधिकार कसरी कार्यान्वयन गर्न सक्ला ?  दलित र छुवाछुतविरुद्ध ऐन : लामो राजनीतिक–सामाजिक संघर्षपछि नेपालको सामन्ती राजनीतिक व्यवस्था लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । राजनीतिक–आर्थिक क्षेत्रमा रहेको सामन्तवादको एक हदसम्म अन्त्य भए पनि सांस्कृतिक क्षेत्रको सामन्तवाद अझै जर्जर अवस्थामै छ । श्रमजीवी समुदायमाथि निरन्तर विभेद, अपमान र शोषण गरिरहने परिपाटी अन्त्य भइसकेको छैन । जात, लिंग, धर्म, संस्कृति वा परम्पराका नाममा हुने हिंसा र अत्याचार अन्त्य हुन सकेको छैन । माओवादी जनयुद्धका वेला सामाजिक विभेद अन्त्य गर्ने लहर नै चलेको थियो, विवेक र बलको प्रयोगका कारण जातीय आधारमा हुने छुवाछुत–भेदभावमा कमी आएको थियो । लोकतान्त्रिक जनआन्दोलनका वेला उठेको शान्ति, समानता र समावेशीकरणको नाराले विभेदविरुद्ध हस्तक्षेप गरेको थियो । सोही आन्दोलन र संघर्षको बलमा १० जेठ, ०६८ मा संसद्बाट जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन– २०६८ पारित भएको थियो । सबैको सम्मानपूर्वक बाँच्न...

४२% दलित चरम गरिबीको रेखामुनि

४२% दलित चरम गरिबीको रेखामुनि रेश ज्ञवाली २०७५ माघ १८ शुक्रबार ०७:१४:०० ४२% दलित चरम गरिबीको रेखामुनि नेपालमा २५ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि, ४० लाख दलितमध्ये १७ लाख चरम गरिब नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन् । पहाडमा ९.१ प्रतिशत अर्थात् २७ लाख र तराईमा ४.७ प्रतिशत अर्थात् १४ लाख दलित बस्छन् । पहाडका दलितमध्ये ४२.४ प्रतिशत अर्थात् ११ लाख ५५ हजार र मधेसका दलितमध्ये ४०.२ प्रतिशत अर्थात् ५ लाख ६२ हजार चरम गरिबीको रेखामुनि छन् । यसरी देशभरका ४० लाखमध्ये १७ लाख १७ हजार अर्थात् ४२ प्रतिशत दलित चरम गरिब छन् । राष्ट्रिय योजना आयोगले २०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१.२२ प्रतिशत र प्रदेश २ मा ४७.८९ प्रतिशत जनता गरिब छन् ।   विपन्नता नेपालमा चरम गरिब...

हिन्दू वर्णव्यवस्थाका विस्तारक पृथ्वीनारायण शाह

Image
हिन्दू वर्णव्यवस्थाका विस्तारक पृथ्वीनारायण शाह बाइसे–चौबिसे राज्यमाथि जबर्जस्त सैनिक दमनबाट राज्य विस्तार गर्नु एकीकरण थियो या देशको एउटा भूगोल निर्माण थियो ? 969 Shares   Share   Tweet   Share  जेबी विश्वकर्मा २०७५ पौष २९ आइतबार ०८:३५:०० | काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहप्रति टिप्पणी नगर्न निर्देशन दिएका छन् । तर, नेपालको ऐतिहासिक राजनीतिक घटनाक्रमको वस्तुपरक विश्लेषण गर्ने हो भने पृथ्वीनारायण शाहबारे आलोचनात्मक विश्लेषण गर्नैपर्ने हुन्छ । अधिकांश इतिहास शासकका भक्तिमण्डलीले नै लेख्ने गरेका छन् । उनीहरूले लेखेको इतिहासका अधिकांश विषयवस्तु राजा–महाराजाका जयजयकार र वीरतापूर्ण गाथामै केन्द्रित छन् । पृथ्वीनारायण शाह र आधुनिक नेपालको इतिहासबारे लेखिएका अधिकांश लेख–रचना उनकै भक्तिगाथामा केन्द्रित छन् । व्यक्ति वा संस्थाका आ–आफ्नै सकारात्मक र नकारात्मक पाटा हुन्छन्, तर भक्तिगाथामा आधारित भएर लेखिएका एकतर्फी इतिहासले भ्रम पैदा गर्नुका साथसाथै फरक वास्तविकताको हत्यासमेत गरिदिन्छ । ‘विजेता’ भनिएकाहरूको इतिहास निर्म...

दलितको भूमिअधिकारमाथि राजनीति

Image
दलितको भूमिअधिकारमाथि राजनीति दलित समुदायकै विरुद्ध हुने गरी भूमिसम्बन्धी ऐन र नियमावली संशोधन हुनु आधारभूत रूपमा कम्युनिस्ट दर्शनकै मजाक हो   Share   Tweet   Share जेबी विश्वकर्मा २०७५ माघ १७ बिहीबार ०८:४८:०० | काठमाडाैं भूमिमाथि  वञ्चितीकरण  नेपाल एउटा यस्तो राज्य हो, जहाँ सबैभन्दा धेरै श्रम गर्ने श्रमिक नै सबैभन्दा बढी गरिब अवस्थामा छन् । श्रम, सीप, कला र मिहिनेतका बाबजुद दलित समुदाय गरिबीको चरम पीडाबाट गुज्रिनु यसको उदाहरण हो । वर्षैभरि जमिन खनजोत गर्ने वा जीवनभर माटोमै श्रम गर्ने मुसहर सबैभन्दा गरिब अवस्थामा छन्, किनभने उनीहरू उत्पादनको मुख्य स्रोत भूमिबाट वञ्चित छन् । यसैगरी पश्चिम र सुदूरपश्चिममा अहिले पनि भूमि २० हजारभन्दा बढीको संख्यामा हलिया शोषणमूलक श्रम व्यवस्थामा छन् । उनीहरू सामन्तको जमिनमा वर्षैभरि आफ्नो पसिना बगाउँछन्, तर उनीहरू पनि भूमिहीन अवस्थामै छन् । बधुँवा श्रमिकका रूपमा रहेका हलियामध्ये ९७ प्रतिशत दलित नै छन् । जसले पुस्तौँपुस्तादेखि जमिन खनजोत गर्दै खाद्यान्न उत्पादन गरे, उनीहरू नै भूमिबाट वञ्चित गराइए ।  ...

दलितमाथिका विभेदमा किन मौन ?

दलितमाथिका विभेदमा किन मौन ? जेबी विश्वकर्मा,  लेखक तथा अनुसन्धानकर्ता ओदानमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ   आँखा जुधाउने आँट गर धर्माती मान्छे   कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर   कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या   जलाउने साहस गर   म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ !   म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ! (आहुति, गहुँगोरो अफ्रिका वि.सं. २०५१) माथि उल्लेखित कविताको अंश कवि तथा चिन्तक आहुतिको वि.सं. २०५१ सालमा प्रकाशित कविता ‘गहुँगोरो अफ्रिका’को हो । जातकै आधारमा लाखौं मानिसलाई मान्छेको व्यवहार समेत नगर्ने वा दानवीय र निकृष्ट व्यवहार गर्ने तर आफूलाई धर्माती घोषणा गर्ने धर्मभीरुहरुलाई जोडदार चुनौती दिएको छ यस कविताले । श्रमजीवि, ज्ञान र कलाका धनी दलितमाथि विभेद गर्ने धर्माती मान्छेलाई आँखा जुधाउन कविले चुनौती दिएका छन् । अहिलेसम्म पनि आफैंलाई उच्च दर्जा दिने र स्वघोषित धर्माती सम्झने र जातकै आधारमा दलितलाई अछूत मान्ने अत्यन्तै नीच मानसिकता धेरैमा अझै जीवित छ । धर्म र सं...

एउटा 'बहुजातीय´ ईद

Image
एउटा 'बहुजातीय´ ईद गनी अन्सारी संवाददाता, बीबीसी नेपाली सेवा 7 जुलाई 2016 यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक   यो पोष्टलाई शेयर गर्नुहोस् Messenger   यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर   यो पोष्टलाई शेयर गर्नुहोस् इमेल   शेयर गर्नुहोस् Image caption राजधानीमा बसेर पत्रकारिता गरेपनि म ईद मनाउन भ्याएसम्म गृह जिल्ला पर्साको विश्रामपुर जान्छु मेरो ईद मेरानिम्ति हरेक वर्ष विशेष हुने गरेको छ। र, विशेष बनाइदिन्छन् मेरा हिन्दु साथीहरूले उत्साहपूर्ण सहभागिता जनाएर। यसपालि पनि मेरा हिन्दु साथीहरू आए। त्यसैले म भन्ने गर्छु, एक हिसाबले मेरो ईद अन्तरधार्मिक हुने गर्दछ। टोल छिमेकबाट मात्र होइन, काठमाण्डू बस्ने मेरा सहपाठी जेबी विश्वकर्मा पनि आए। अर्का दलित मित्र देवराज राम पनि आए। सहभागीको सूची सहपाठीहरु जीतेन्द्र गुप्ता, शिवकुमार गुप्ता, सन्तोष यादव र अरविन्द शर्माहरुले थप लम्ब्याइ दिए। सन्देशले बोकेको सन्देश बहुजातीय हुने गरेको मेरो ईद यसपटक क्षेत्रीय हिसाबले पनि विविधतायुक्त बन्यो। रामेछापका जेबीको आगमनले तराई-पहाडबीचको भेटको भाव ...