Posts

एउटा दासको घोषणा–पत्र - राजु स्याङतान

एउटा दासको घोषणा–पत्र राजु स्याङतान  आफ्नै चिहान माथि चुपचाप निधाइरहेको यस युगको असली दास हुँ म कोर्रा लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिनँ खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा छैन कुनै मूल्यसुची तर बेचिएको छु प्रत्येक पल यो तातो पृथ्वीलाई पसिनाले पगालेर सभ्यताको पहिलो जग बसाउने म आज हिँडिरहेछु हरेक साँझ बास माग्दै नङ्ग्राले धर्ति खोस्रिएर सिसमहल बनाउने म आज मागिरहेछु आफ्नै लास छोप्ने एक चपरी माटो युगौँ युगपछि आज यो सुनसान मसानघाटबाट ब्यूँझेर सोचिरहेछु म सँग किन छैन स्वतन्त्रताको एक मुठी सास ? किन बेचिन्छु पुस्तौँ पुस्ता ? अब जान्छु मेरा पुर्वजहरुको चिहान खोज्न मृत्यु पर्यन्त पनि साङ्लामै बाँधिएका करोडौँ कङ्कालहरु जम्मा गरेर सोध्छु आखिर कसले बनाएको हो यो संसार ? आल्पस पहाडमा रोमसँग लड्दालड्दै हारेर पनि संसार जितेका स्पार्टाकस्का अदम्य छातीका टुक्राहरु जम्मा गरेर सोध्छु कसले जितेको हो दुनियाँ दास मालिकले कि तिमीले ? इजिप्टको पिरामिड बनाउन नाइल नदीबाट ढुङ्गा बोक्दाबोक्दै रगत सकिएपछि फालिएका लाखौँ इजिप्टसियनका हाडहरु उत्खनन् गरेर सोध्छु क...

बाली प्रणालीमा १० प्रतिशतले पनि काम नगर्ने नेपालमा कहाँ छ सामन्तवाद ? - आहुति

नेपालमा समाजवाद किन र कसरी ? यससम्बन्धी अन्तर्क्रियामा रमेश सुनुवारले पेस गरेको कार्यपत्रमा केही विश्लेषकले टिप्पणी गरेका थिए । केशव दाहाल र देवेन्द्र पौडेलको मतपछि  यहाँ प्रस्तुत छ आहुतिको विचार  नेपाली कम्युनिस्ट आन्दोलनमा समाजवाद वा नयाँ जनवादबारे वा मार्क्सवादबारे जे बहस भइरहेको छ, प्रवृत्तिगत रुपमा ती सबै यहाँ प्रकट भए । प्रकट हुनेवाला पनि छ । करिब करिब हामी यसैको वरिपरि छलफलमा छौं । र, यहीँबाट छिचोल्नु पर्छ । सर्वप्रथम केशव दाहालले बोल्नुभयो र वर्गबारे प्रश्न उठाई दिनुभयो । र, मार्क्सवादका मुख्य आधारभूत कुरामाथि प्रश्न उठाउनुभयो । उहाँसँग नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुले एउटा ठूलो बहस गर्न जरुरी छ । केशवजीहरुसँगको टुङ्गोफानो गर्नुपर्छ । यो मैले कुनै नकारात्मक टिप्पणीको रुपमा गरिरहेको छैन । मानिसलाई चाहिँ मार्क्सवादले वर्गको आधारमा पूरै यन्त्रवत रुपमा सोच्यो, मनसहितको मानिसलाई त्यसरी सोच्न मिल्छ भन्ने उहाँको प्रश्नको मार्क्सवादी ढंगले जवाफ दिनैपर्छ । किनकि मार्क्सवादले भनेको छ, पुँजीवादीहरु भनेको वा धार्मिकहरु भनेको हृदयहीनहरुको हृदय हो । मार्क्सवादले पनि ह्...

नेपाली समाज अब सामन्तवादी होइन - आहुति

अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशाका विषयमा जवरजस्त वहश चलिरहेको छ । नेपालको क्रान्ति अब पनि नयाँ जनवादी हो कि समाजवादी हो ? यसको छिनोफानो नगरिकन कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैन, त्यसैगरी दलित आन्दोलन पनि अब स्पष्ट रूपमा अगाडि जाँदैन। कार्यदिशाबारेको यो बहसको मुख्य सरोकार भनेको नेपाली समाज अहिले पनि मूल रूपमा सामन्तवादी वा अर्धसामन्ती नै छ कि पूँजीवादी भैसक्यो भन्ने नै हो। नेपाली समाज मूल रूपमा सामन्तवादी वा अर्धसामन्ती छ भने अबको क्रान्ति नयाँ जनवादी नै हुनुपर्ने हुन्छ भने समाज मूल रूपमा पूँजीवादी भैसकेको हो भने अबको क्रान्ति स्वतः समाजवादी हुनपुग्दछ। त्यसैले नेपाली समाजको चरित्र कस्तो हो भन्ने विश्लेषणले निर्णायक महत्व राख्दछ। नेपाली समाजको आजको चरित्रलाई बुझ्न सामन्तवादी र पुँजवादी समाजको आधारभूत चरित्रबारे एकपल्ट घोत्लिनु आवस्यक छ। सामन्तवाद भनेको के हो ? यहाँवाट चर्चा सुरु गरौं। कुनै पनि राजनीतिक व्यवस्थाको समाज वैज्ञानिक चरणको ३ वटा खुट्टा हुन्छन्, चाहे त्यो दास-मालिक व्यवस्था होस्, सामन्तवादी होस् या पूँजीवादी व्यवस्था । ती तीन खुट्टाहरूमा एउटा अर्थतन्त्र हो, अर...

नेपाल अधिराज्यका बाहुन

Image
नेपाल अधिराज्यका बाहुन प्रयागराज शर्मा नेपालका पहाडे बाहुनहरु अचेल जनजाति नेतृत्वबाट अवगाल खाने मुख्य तारो बनेका छन् । तर नियालेर हेर्ने हो भने बाहुनहरुमा यी धेरै कुरा भेटिँदैनन् जसका लागि उनीहरु चिनिने गर्छन् ।  ब्राम्हणवाद जहिले नेपालमा सूक्ष्म विवेचनाको विषय भएको छ । बहुदलीय प्रजातन्त्रले नेपालमा जनजातिका थुप्रै विद्वान, राजनीतिज्ञ र कार्यकर्तालाई जन्माएको छ, जो नेपाली जनजीवन र राज्यव्यवस्थामा ब्राम्हणवादको प्रभुत्त्व छ भनी ठान्दछन् र त्यसप्रति निकै असन्तुष्ट छन् । उनीहरुको यो असन्तुष्टि एकजना बाहुन वा सम्पूर्णमा बाहुन समुदायप्रति रहेको गहिरो घृणाको द्योतक हो अथवा राज्य विकासको राजनीतिक र प्रशासनिक परम्पराप्रतिको अस्वीकृति के हो, झट्ट ठम्याउन सकिँदैन । धार्मिक निष्ठा र उच्च ज्ञान प्राप्तिमा बाहुनहरुले आफूलाई अगाडि छौँ भन्ने ठाने पनि नेपालका बाहुनहरु सबै सन्त पुरुष हुन् भन्ने चाहिँ होइन । अन्य सामाजिक समूहका सदस्यहरुमा झैँ बाहुनहरुका पनि खराबी र कमी–कसर छन् । यिनैबाट बाहुनहरुको एउटा रुढ छवि निर्मित भएको छ । बाहुनको विरोध उनीहरुको यही रुढ छविमा आधारित हुनु त्यसैले...

विचार/विश्‍लेषण नेपालमा संवैधानिक अस्थिरता

Image
विचार/विश्‍लेषण नेपालमा संवैधानिक अस्थिरता -  प्रा. महेन्द्र लावती , काठमाडौं आश्विन ५, २०७२- दक्षिण एसियामा सबैभन्दा बढी संवैधानिक अस्थिरता यहाँंको सबैभन्दा पुरानो राज्य नेपालले खेपेको छ। ६८ वर्ष लामो संवैधानिक इतिहासमा नेपालले ६ थान संविधान (२००४, २००७, २०१५, २०१९, २०४७ र २०६२) पाइसक्यो र सातौं बनाउँंदैछ। संविधानको औसत आयु लगभग दस वर्षमात्र रहेको छ। शीर्ष नेताहरू बिभिन्न कारणवश नयाँं संविधान ल्याउने हतारोमा लागे। एक दशक लामो अनिश्चतापूर्ण र पट्यारलागदो संक्रमणकालबाट गुज्रिसकेका नागरिकहरूमा पनि संविधान आओस् भन्ने आकांक्षा छ। तर, नेपालीले स्थायित्व र समृद्धि ल्याउने संविधान चाहेका हुन्। यस पृष्ठभूमिमा एउटा स्वाभाविक तर महत्त्वपूर्ण प्रश्न नयाँं संविधान दिगो रहनेछ कि छैन भन्ने हो। देशको बिभिन्न भागमा सञ्चालन भइरहेका लामा आन्दोलनहरू, तीन दर्जनजति नागरिकको साहदत र बढ्दै गएको सामाजिक ध्रुवीकरणले यो प्रश्न टडकारो रूपमा उभ्याएको छ। नेपालमा घरि—घरि संविधान परिवर्तन हुनुको एउटा प्रमुख कारण जनताको राज्य सञ्चालनमा समावेशिता, समानता र अधिकारको लागि बढ्दो आकांक्षा र त...

नेपालको बाहुनवाद - डा. कृष्ण भट्टचन

Image
नेपालको बाहुनवाद डा. कृष्ण भट्टचन मेरा बाहुन साथी, गुरु, मित्र, शिष्य, शुभचिन्तक, सहयोगी आदि सबै छन् । मेरो पेसागत, प्राज्ञिक, परामर्श सेवा, जन–वकालतलगायत कार्यमा मलाई सहयोग गर्ने बाहुन पनि थिए र छन्, अरू पनि थिए र छन् । नेपालका बाहुन, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायत र विदेशी कसैको पनि विचारसँग सहमत भएजति सहमत र असहमतजतिमा असहमत हुन सहमत छु तर असहमति विचारसँग हो, व्यक्तिसँग होइन । मेरा विचारसँग सहमत हुने बाहुन पनि छन् र असहमत हुने बाहुन पनि छन् । अरू पनि त्यस्तै छन् । सामाजिक न्याय, मानव अधिकार र सत्यमा आस्था, निष्ठा र विश्वास भएका बाहुनजति मेरा विचारसँग सहमत र अन्य असहमत भएको हो भन्ने ठान्दछु । सामाजिक न्याय र मानव अधिकारको विषय ग्यालिलियोले पृथ्वी गोलो छ भने जस्तै हो र हुनु पनि पर्छ । आदिवासी जनजातिको दृष्टिमा बाहुन आदिवासी जनजातिको दृष्टिमा बाहुनको सकारात्मक प्रवृत्ति भनेको लेखपढ गर्ने, जति गाली गरे पनि शान्ति र धैर्यपूर्वक सुन्ने, परिश्रम र दु:ख गर्न सक्ने भन्ने छ । तर, बाहुनको नकारात्मक प्रवृत्ति भनेको नीति निर्णय गर्न शक्ति र पदको डाडुपन्यु समाउनै पर्ने, कन्...