Posts

Press release

Image
Press release of Nepali media organization against Indian intervention

कसका लागि यो छात्रावृत्ति ?

मेडिकल र इन्जिनियरिङमा ४ सय ३६ लाई छात्रवृत्ति काठमाडौ, भाद्र २ - सरकारले ४ सय ३६ जना निजामती कर्मचारीका छोराछोरीलाई स्वदेशभित्र चिकित्सा र इन्जिनियरिङ विषयमा उच्च अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । निजामती सेवाप्रति शिक्षित युवा वर्गको आकर्षण बढाउन सरकारले कर्मचारीका छोराछोरीलाई चिकित्सा र इन्जिनियरिङमा उच्च अध्ययन गर्न यस वर्षदेखि छात्रवृत्ति दिन लागेको हो । निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिकामा उल्लिखित प्रक्रियाअनुसार आफ्नो मन्त्रालयले मंगलबार छात्रवृत्ति पाउने व्यक्तिको छनोट गरेको र त्यसमा कार्यालय सहायकदेखि सहसचिवसम्मका छोराछोरी परेको जानकारी सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता विनोद केसीले दिए । उनका अनुसार चिकित्सा विषयमा एमबीबीएस गर्न ७० छात्रासहित २ सय ५ जना, इन्जिनियरिङमा स्नातकोत्तर तहसम्म अध्ययन गर्न ४६ छात्रासहित २ सय ३१ जनाले छात्रवृत्ति पाएका छन् । केसीले ती विद्यार्थीलाई उच्च अध्ययन गर्न सरकारले छात्रवृत्तिबापत प्रतिवर्ष बढीमा २ लाख रुपैयाँसम्म प्रदान गर्नेछ । 'विद्यार्थीले कलेजमा तिर्नुपर्ने कुल रकमको ५० प्रतिशत वा...

प्रगतिशील राष्ट्रवादको अन्तरवस्तु

Image
प्रगतिशील राष्ट्रवादको अन्तरवस्तु डा. बाबुराम भट्टराई वैचारिक राजनीतिक बहसलाई तर्कसंगत ढंगले खण्डन गर्न नसकेपछि कतिपय व्यक्ति गालीगलौजमा उत्रिने गर्छन्। लेनिनले यस्तो प्रवृत्तिलाई कमजोर मानसिकताको उपज भन्नुहुन्थ्यो। कसैलाई तर्क र तथ्यले जित्न सकिएन भने गाली गरेर मनको सन्तुष्टि लिने न्यूनपुँजीवादी प्रवृत्ति हो। यो पिछडिएको मानसिकता र संस्कारको अभिव्यक्ति हो। भारतसँगको नेपालको सम्बन्धलाई कसरी बुझ्ने र कसरी बदल्ने भन्ने सन्दर्भमा कतिपय मानिसमा यस्तो प्रवृत्ति देखापर्ने गरेको छ। मैले विद्यावारिधी गर्दाखेरि 'दी नेचर अफ अण्डर-डेभलपमेण्ट एन्ड रिजनल स्ट्रक्चर अफ नेपाल ' विषयमा शोध गरेको थिएँ। त्यसको मूलभूत प्रस्तावनामा नेपाल अल्पविकसित हुनुमा दुइटा कारण प्रष्टाइएको छ। पहिलो : आन्तरिक कारण हो, जसमा लामो समयदेखि सामन्तवादी उत्पादन सम्वन्ध र राज्यसत्ता कायम रहनुलाई मुख्य कारण मानिएको छ। त्यसबारे कृषि, उद्योग, वित्त-व्यापार, बस्तीप्रणाली र सहरीकरण तथा भौतिक पूर्वाधार क्षेत्रको संरचनागत विवेचना गरिएको छ। दोस्रो : वाह्य कारण, जसमा सुगौली सन्धिदेखि यता नेपाल कसरी अल्पविकसित भयो भन्ने विस्तृत ...

International Conference on Dalit

Image
'Dynamics of Caste, Identity and Inclusion of Dalit' International Conference June 20-22, 2010 Kathmandu Nepal Organizer: Samata Foundation

Huge Protest of Maoist demanding for Guarantee New constitution, Peace and National Collation Government on the occasion of May Day in Katmandu

Image
UCPN (Maoist) had declaration general strike from May 2 from the protest of May Day.

गहुँगोरो अफ्रिका (कविता) - आहुति

Image
साहित्यकार  आहुतिको  अत्याधिक चर्चित कविता गहुँगोरो  अफ्रिका -आहुती मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अाजुलीहरुमा आली लगाएर थाप्दछौ । जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्दछौ आँखा जुधाउने आँट गर पुजारी म बीसौं सताब्दीको अछूतु हुँ ! म न्याय चाहन्छु म मुक्ति चाहन्छु । तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानमाथिको कराइमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुधाउन आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानाहरुलाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ ! म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । तिम्रो बस्तीको सफा भुईँलाई सुँघ बस्तीको हर चोक्टामा मेरो गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे कि मेरो रक्तनलीहरुमा पानी भर कि आफ्नो दिमागको फोहर सफा गर म तिम्रो बस्तीको फोहर सहने च्यामे हुँ ! तिम्रो मनका मनोरिाजत ग...

भूमिसुधार : आर्थिक क्रान्तिका लागि क्रान्तिकारी भूमिसुधार

Image
- जे.वी. विश्वकर्मा भू-स्वामित्वको अवस्था नेपालका ७६।५ प्रतिशत मानिसहरु कुनै न कुनै रुपले कृषि क्षेत्रमा निर्भर छन् । उनीहरुको रोजीरोटीको प्रमुख स्रोत जमिन नै हो । तर किसानहरुका बीचमा भूमिको न्यायोचित वितरण हुन नसकेकाले जोत्नेहरु भूमिहीन छन् जसले जमिन कहिल्यै जोत्दैन उनीहरु जमिनका मालिक भएका छन् । उनीहरुकै हातमा छ अत्यधिक उत्पादनशील जमिन । १०।५ प्रतिशत सामन्तहरुको हातमा कुल खेतीयोग्य जमिनमध्ये ४०।५ प्रतिशत हिस्सा छ । त्यस्तै नेपालका नौ प्रतिशत धनीहरुले उत्पादनशील ३१।४ प्रतिशत भूमि ओगटेको तथ्याङ्कहरुले देखाउँछ । अहिलेसम्म पनि १३ प्रतिशत भूमिपतिसँग ४४ प्रतिशत खेतीयोग्य जमिन छ जबकि ४०।५ प्रतिशत किसानसँग केवल ९।५ प्रतिशत मात्रै खेतीयोग्य जमिन रहेको छ । रातदिन जमिनमै खटिने किसानहरुको भूमिमा पहुँच छैन । अझ २४ प्रतिशत परिवारहरु भूमिहीन छन् जबकि उनीहरुको जीविकोपार्जनको प्रमुख पेसा कृषि नै हो । यसले आर्थिक असमानता झनै झाँगिदै गएको छ । ९ प्रतिशत धनीहरुले ४७ प्रतिशत कृषियोग्य जमिन ओगटेका छन् भने ६७ प्रतिशत गरिबहरुको स्वामित्वमा मात्र १७ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । कुल घरधुरीमध्ये २८ प्रतिशत ...