कविता विमर्शः गहुँगोरो अफ्रिका
http://nagariknews.com/friday/story/42319.html कविता विमर्शः गहुँगोरो अफ्रिका 26 Jul 2015 आइतबार १० श्रावण, २०७२ गहुँगोरो अफ्रिका आहुति मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुधाउने आँट गर पूजारी म बीसौं शताब्दीको 'अछूत' हुँ ! यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ! म न्याय चाहन्छु म मुक्ति चाहन्छु ! तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुधाउने आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ! तिम्रो बस्तीको सफा भुइँलाई सुँघ बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे ! कि म...
Comments