साहित्यकार आहुतिको अत्याधिक चर्चित कविता गहुँगोरो अफ्रिका -आहुती मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अाजुलीहरुमा आली लगाएर थाप्दछौ । जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्दछौ आँखा जुधाउने आँट गर पुजारी म बीसौं सताब्दीको अछूतु हुँ ! म न्याय चाहन्छु म मुक्ति चाहन्छु । तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानमाथिको कराइमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुधाउन आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानाहरुलाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ ! म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । तिम्रो बस्तीको सफा भुईँलाई सुँघ बस्तीको हर चोक्टामा मेरो गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे कि मेरो रक्तनलीहरुमा पानी भर कि आफ्नो दिमागको फोहर सफा गर म तिम्रो बस्तीको फोहर सहने च्यामे हुँ ! तिम्रो मनका मनोरिाजत ग...
- जे.वी. विश्वकर्मा भू-स्वामित्वको अवस्था नेपालका ७६।५ प्रतिशत मानिसहरु कुनै न कुनै रुपले कृषि क्षेत्रमा निर्भर छन् । उनीहरुको रोजीरोटीको प्रमुख स्रोत जमिन नै हो । तर किसानहरुका बीचमा भूमिको न्यायोचित वितरण हुन नसकेकाले जोत्नेहरु भूमिहीन छन् जसले जमिन कहिल्यै जोत्दैन उनीहरु जमिनका मालिक भएका छन् । उनीहरुकै हातमा छ अत्यधिक उत्पादनशील जमिन । १०।५ प्रतिशत सामन्तहरुको हातमा कुल खेतीयोग्य जमिनमध्ये ४०।५ प्रतिशत हिस्सा छ । त्यस्तै नेपालका नौ प्रतिशत धनीहरुले उत्पादनशील ३१।४ प्रतिशत भूमि ओगटेको तथ्याङ्कहरुले देखाउँछ । अहिलेसम्म पनि १३ प्रतिशत भूमिपतिसँग ४४ प्रतिशत खेतीयोग्य जमिन छ जबकि ४०।५ प्रतिशत किसानसँग केवल ९।५ प्रतिशत मात्रै खेतीयोग्य जमिन रहेको छ । रातदिन जमिनमै खटिने किसानहरुको भूमिमा पहुँच छैन । अझ २४ प्रतिशत परिवारहरु भूमिहीन छन् जबकि उनीहरुको जीविकोपार्जनको प्रमुख पेसा कृषि नै हो । यसले आर्थिक असमानता झनै झाँगिदै गएको छ । ९ प्रतिशत धनीहरुले ४७ प्रतिशत कृषियोग्य जमिन ओगटेका छन् भने ६७ प्रतिशत गरिबहरुको स्वामित्वमा मात्र १७ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । कुल घरधुरीमध्ये २८ प्रतिशत ...
Communist Party of India (Maoist) has sent an open letter to United Communist Party of Nepal (Maoist) with critical analysis. Indian Maoist has argued that they are disagreeing with the strategy of UCPN (Maoist). For detail of the letter visit the following site http://www.bannedthought.net/India/CPI-Maoist-Docs/Nepal/OpenLetterToCPNM-090520.doc J B
A news of Dalan has published in AFP. To learn more about please visit http://www.france24.com/en/20090629-soap-brings-message-change-rural-nepal or http://www.dawn.com/wps/wcm/connect/dawn-content-library/dawn/news/entertainment/15-soap-brings-message-of-change-to-rural-nepal-nf-03
प्रधानसेनापतिको कारबाही राष्ट्रियता र राजनीति - जे.वी. विश्वकर्मा प्रधानसेनापति रुक्मांगत कटवाललाई सरकारले लिएको स्पष्टिकरणले यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा पाइरहेको छ । राज्य अन्तर्गतको सेनालाई सरकारले स्पष्टिकरण माग्ने कुरा अस्वभाविक प्रकि्रया होइन र यसलाई यति ठूलो राजनैतिक मुद्दा बनाउन जरुरी पनि थिएन । कटवाललाई लिइएको स्पष्टिकरणको मुद्दालाई आवश्यकताभन्दा बढी राजनीतिकरण गरि नागरिक सर्वोच्ता र सैनिक सर्वोच्चताका पक्षमा मत विभाजन गरिएको छ । यसका पछाडि राजनैतिक स्वार्थप्रेरित विभिन्न कारण देखिन्छ । नेपाली कांग्रेसले सेनापतिलाई कारबाही गरेपछि माओवादीले सत्ता कब्जा गर्छ भन्ने विश्लेषण गरेको छ । माओवादीले सेना हातमा लिएर सत्ता कब्जा गरिहाल्ने स्थिति देखिँदैन । बरु माओवादी नेतृत्वमा रहेको सरकारलाई हरतरहले असफल बनाउने योजनासहित कांग्रेसले आएको हो भने प्रधानसेनापतिको प्रष्टिकरणलाई जबरजस्त राजनैतिक एजेण्डा बनाएर खतरा निम्त्याइरहेको देखिन्छ । रुक्मांगत कटवाल माओवादी नेतृत्वको सरकारलाई विद्रोहीको सरकार र जनयुद्धकालको शत्रुकै रुपमा व्यवहार गरिरहेको छ । जनमुक्ति सेनालाई पनि सेनाको रुप...