'ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको फुटेज घुइँघुइँती खोज्दा पनि भेटिएन'
'ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको फुटेज घुइँघुइँती खोज्दा पनि भेटिएन' अन्नपूर्ण | २०७१ कार्तिक ११ मंगलवार 345 12 ललितपुर : चलचित्रकर्मी नवीन सुब्बालाई आफ्नो चलचित्रका लागि तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शासनसत्ता हातमा लिएको घोषणा गरेको फुटेज चाहिएको थियो। उनले धुइँधुइँती खोजे तर पाएनन्। 'आजभन्दा १० वर्षअघिको घटनाको समेत श्रव्यदृश्य नपाउनु दु:खको कुरा हो', सोमबार उनी पाटनढोकास्थित यलमाया केन्द्रमा यस्तो चिन्ता व्यक्त गर्दै थिए। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले 'अन्तर्राष्ट्रिय श्रव्यदृश्य सम्पदा दिवस'का अवसरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। 'श्रव्यदृश्य अभिलेखको महत्त्व कति छ भन्ने कुरा हामीले बुझ्न सकेनौं', उनी भन्दै थिए, 'यहाँ त चलचित्रकर्मीले पनि आफ्नो चलचित्रको अभिलेख व्यवस्थित गर्न सकेको देखिएन।' उनकै भनाइमा चलचित्रजस्तो महत्त्वपूर्ण श्रव्यदृश्य सामग्री बजारमा जान्छ, बजारले चाहे त्यो राख्छ, नचाहे राख्दै...