दलित संघर्षको इतिहास सवालटर्नकी भारतीय अध्येता गायत्री स्पिभाकले आफ्नो चर्चित लेख ‘क्यान सवालटर्न स्पिक?' मा सवालटर्न अथवा ‘सानो दर्जाका जनता'को स्थितिलाई आर्थिक, राजनीतिक तथा पहिचानको दृष्टिकोणबाट औंल्याइन्। यद्यपि, उनको लेख उपनिवेशवादको परिप्रेक्ष्यमा लेखिएको भए तापनि जातीय विभेद तथा छुवाछुतले आक्रान्त दक्षिण एसियाको सन्दर्भमा यो प्रश्नको छुट्टै भौगोलिक तथा सांस्कृतिक अर्थ र पाटो छ, र छुट्टै उत्तर पनि। असीको दशकमा सोधेको यो प्रश्नको जवाफ अहिले एक्काइसौं शताब्दीमा भने बिस्तारै देखा पर्न थालेको छ, त्यो पनि दक्षिण एसियाबाट नै। यसको उदाहरण नेपालमा पनि विगतका केही ऐतिहासिक राजनीतिक परिवर्तनसँगै देखा पर्न थालेका छन्। यस्तै तात्िवक परिवर्तनका उदाहरण र विमर्शलाई समेटिएर लेखिएको पछिल्लो पुस्तक हो, दलनविरुद्धको प्रतिरोधः नेपाली दलितको सङ्घर्षगाथा। पुस्तकले नेपालको सन्दर्भमा स्पिभाकको प्रश्नको गतिलो सकारात्मक जवाफ दिने प्रयास गर्दछ, हो अब सवालटर्न बोल्न सक्छन्। पुस्तकले नेपाली दलितको संघर्षसम्बन्धी एउटा बौद्धिक छलफलको थालनी गरेको छ। यो पुस्तक अनुसन्धानमूलक लेख तथा केही वस्...
नेपालको बाहुनवाद डा. कृष्ण भट्टचन मेरा बाहुन साथी, गुरु, मित्र, शिष्य, शुभचिन्तक, सहयोगी आदि सबै छन् । मेरो पेसागत, प्राज्ञिक, परामर्श सेवा, जन–वकालतलगायत कार्यमा मलाई सहयोग गर्ने बाहुन पनि थिए र छन्, अरू पनि थिए र छन् । नेपालका बाहुन, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायत र विदेशी कसैको पनि विचारसँग सहमत भएजति सहमत र असहमतजतिमा असहमत हुन सहमत छु तर असहमति विचारसँग हो, व्यक्तिसँग होइन । मेरा विचारसँग सहमत हुने बाहुन पनि छन् र असहमत हुने बाहुन पनि छन् । अरू पनि त्यस्तै छन् । सामाजिक न्याय, मानव अधिकार र सत्यमा आस्था, निष्ठा र विश्वास भएका बाहुनजति मेरा विचारसँग सहमत र अन्य असहमत भएको हो भन्ने ठान्दछु । सामाजिक न्याय र मानव अधिकारको विषय ग्यालिलियोले पृथ्वी गोलो छ भने जस्तै हो र हुनु पनि पर्छ । आदिवासी जनजातिको दृष्टिमा बाहुन आदिवासी जनजातिको दृष्टिमा बाहुनको सकारात्मक प्रवृत्ति भनेको लेखपढ गर्ने, जति गाली गरे पनि शान्ति र धैर्यपूर्वक सुन्ने, परिश्रम र दु:ख गर्न सक्ने भन्ने छ । तर, बाहुनको नकारात्मक प्रवृत्ति भनेको नीति निर्णय गर्न शक्ति र पदको डाडुपन्यु समाउनै पर्ने, कन्...
साहित्यकार आहुतिको अत्याधिक चर्चित कविता गहुँगोरो अफ्रिका -आहुती मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अाजुलीहरुमा आली लगाएर थाप्दछौ । जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्दछौ आँखा जुधाउने आँट गर पुजारी म बीसौं सताब्दीको अछूतु हुँ ! म न्याय चाहन्छु म मुक्ति चाहन्छु । तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ ओदानमाथिको कराइमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुधाउन आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानाहरुलाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ ! म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । तिम्रो बस्तीको सफा भुईँलाई सुँघ बस्तीको हर चोक्टामा मेरो गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे कि मेरो रक्तनलीहरुमा पानी भर कि आफ्नो दिमागको फोहर सफा गर म तिम्रो बस्तीको फोहर सहने च्यामे हुँ ! तिम्रो मनका मनोरिाजत ग...
Comments