बाली प्रणालीमा १० प्रतिशतले पनि काम नगर्ने नेपालमा कहाँ छ सामन्तवाद ? - आहुति
नेपालमा समाजवाद किन र कसरी ? यससम्बन्धी अन्तर्क्रियामा रमेश सुनुवारले पेस गरेको कार्यपत्रमा केही विश्लेषकले टिप्पणी गरेका थिए । केशव दाहाल र देवेन्द्र पौडेलको मतपछि यहाँ प्रस्तुत छ आहुतिको विचार नेपाली कम्युनिस्ट आन्दोलनमा समाजवाद वा नयाँ जनवादबारे वा मार्क्सवादबारे जे बहस भइरहेको छ, प्रवृत्तिगत रुपमा ती सबै यहाँ प्रकट भए । प्रकट हुनेवाला पनि छ । करिब करिब हामी यसैको वरिपरि छलफलमा छौं । र, यहीँबाट छिचोल्नु पर्छ । सर्वप्रथम केशव दाहालले बोल्नुभयो र वर्गबारे प्रश्न उठाई दिनुभयो । र, मार्क्सवादका मुख्य आधारभूत कुरामाथि प्रश्न उठाउनुभयो । उहाँसँग नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुले एउटा ठूलो बहस गर्न जरुरी छ । केशवजीहरुसँगको टुङ्गोफानो गर्नुपर्छ । यो मैले कुनै नकारात्मक टिप्पणीको रुपमा गरिरहेको छैन । मानिसलाई चाहिँ मार्क्सवादले वर्गको आधारमा पूरै यन्त्रवत रुपमा सोच्यो, मनसहितको मानिसलाई त्यसरी सोच्न मिल्छ भन्ने उहाँको प्रश्नको मार्क्सवादी ढंगले जवाफ दिनैपर्छ । किनकि मार्क्सवादले भनेको छ, पुँजीवादीहरु भनेको वा धार्मिकहरु भनेको हृदयहीनहरुको हृदय हो । मार्क्सवादले पनि ह्...