'नयाँ संविधानमा प्रत्येक नेपालीको अपनत्व गाँसिनुपर्छ’ - प्राध्यापक पीताम्बर शर्मा
नयाँ संविधानमा प्रत्येक नेपालीको अपनत्व गाँसिनुपर्छ’ प्रमुख राजनीतिक दलहरूबीच संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति नभएकामा आमनेपालीझैं प्राध्यापक पीताम्बर शर्मा पनि चिन्तित छन्। संघीयताजस्तो पेचिलो मुद्दालाई दलहरूले आआफ्नो राजनीतिक दाउपेचका लागि मात्रै प्रयोग गरेको र बेलैमा गम्भीर छलफल नगरेका कारण सहमति नभएको बताउने शर्मा विकासका साथै पहिचानलाई पनि उत्तिकै जोड दिने गरी संघीयताको खाका कोर्नुपर्ने सुझाव दिन्छन्। नेपालको विकास र जातीय विविधताका विषयमा 'नेपाली क्यानभासका रङहरू’ शीर्षकको पुस्तकसमेत लेखेका संघीयता मामिलाका जानकार शर्मासँग कान्तिपुरका गंगा बीसी र बसन्त बस्नेत ले शनिबार बिहान गरेको कुराकानी। माघ ८ को समयसीमाले दलहरू निकै व्यस्त देखिएका छन्, यसलाई तपाईं कसरी मूल्यांकन गर्दै हुनुहुन्छ? शीर्ष नेताहरूमा गम्भीरता भइदिएको भए यस्तो अवस्था आउने थिएन। बैठक त हुन्छन्, तर नेताहरू अन्तर्वस्तुमा प्रवेश नै गर्दैनन्। सुरुदेखि अहिलेसम्म यही प्रवृत्ति देखिन्छ। राज्य पुनः संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणालीबारे सबैले आआफ्ना अडा...