Posts

Showing posts from 2015

नेपाल अधिराज्यका बाहुन

Image
नेपाल अधिराज्यका बाहुन प्रयागराज शर्मा नेपालका पहाडे बाहुनहरु अचेल जनजाति नेतृत्वबाट अवगाल खाने मुख्य तारो बनेका छन् । तर नियालेर हेर्ने हो भने बाहुनहरुमा यी धेरै कुरा भेटिँदैनन् जसका लागि उनीहरु चिनिने गर्छन् ।  ब्राम्हणवाद जहिले नेपालमा सूक्ष्म विवेचनाको विषय भएको छ । बहुदलीय प्रजातन्त्रले नेपालमा जनजातिका थुप्रै विद्वान, राजनीतिज्ञ र कार्यकर्तालाई जन्माएको छ, जो नेपाली जनजीवन र राज्यव्यवस्थामा ब्राम्हणवादको प्रभुत्त्व छ भनी ठान्दछन् र त्यसप्रति निकै असन्तुष्ट छन् । उनीहरुको यो असन्तुष्टि एकजना बाहुन वा सम्पूर्णमा बाहुन समुदायप्रति रहेको गहिरो घृणाको द्योतक हो अथवा राज्य विकासको राजनीतिक र प्रशासनिक परम्पराप्रतिको अस्वीकृति के हो, झट्ट ठम्याउन सकिँदैन । धार्मिक निष्ठा र उच्च ज्ञान प्राप्तिमा बाहुनहरुले आफूलाई अगाडि छौँ भन्ने ठाने पनि नेपालका बाहुनहरु सबै सन्त पुरुष हुन् भन्ने चाहिँ होइन । अन्य सामाजिक समूहका सदस्यहरुमा झैँ बाहुनहरुका पनि खराबी र कमी–कसर छन् । यिनैबाट बाहुनहरुको एउटा रुढ छवि निर्मित भएको छ । बाहुनको विरोध उनीहरुको यही रुढ छविमा आधारित हुनु त्यसैले...

विचार/विश्‍लेषण नेपालमा संवैधानिक अस्थिरता

Image
विचार/विश्‍लेषण नेपालमा संवैधानिक अस्थिरता -  प्रा. महेन्द्र लावती , काठमाडौं आश्विन ५, २०७२- दक्षिण एसियामा सबैभन्दा बढी संवैधानिक अस्थिरता यहाँंको सबैभन्दा पुरानो राज्य नेपालले खेपेको छ। ६८ वर्ष लामो संवैधानिक इतिहासमा नेपालले ६ थान संविधान (२००४, २००७, २०१५, २०१९, २०४७ र २०६२) पाइसक्यो र सातौं बनाउँंदैछ। संविधानको औसत आयु लगभग दस वर्षमात्र रहेको छ। शीर्ष नेताहरू बिभिन्न कारणवश नयाँं संविधान ल्याउने हतारोमा लागे। एक दशक लामो अनिश्चतापूर्ण र पट्यारलागदो संक्रमणकालबाट गुज्रिसकेका नागरिकहरूमा पनि संविधान आओस् भन्ने आकांक्षा छ। तर, नेपालीले स्थायित्व र समृद्धि ल्याउने संविधान चाहेका हुन्। यस पृष्ठभूमिमा एउटा स्वाभाविक तर महत्त्वपूर्ण प्रश्न नयाँं संविधान दिगो रहनेछ कि छैन भन्ने हो। देशको बिभिन्न भागमा सञ्चालन भइरहेका लामा आन्दोलनहरू, तीन दर्जनजति नागरिकको साहदत र बढ्दै गएको सामाजिक ध्रुवीकरणले यो प्रश्न टडकारो रूपमा उभ्याएको छ। नेपालमा घरि—घरि संविधान परिवर्तन हुनुको एउटा प्रमुख कारण जनताको राज्य सञ्चालनमा समावेशिता, समानता र अधिकारको लागि बढ्दो आकांक्षा र त...

नेपालको बाहुनवाद - डा. कृष्ण भट्टचन

Image
नेपालको बाहुनवाद डा. कृष्ण भट्टचन मेरा बाहुन साथी, गुरु, मित्र, शिष्य, शुभचिन्तक, सहयोगी आदि सबै छन् । मेरो पेसागत, प्राज्ञिक, परामर्श सेवा, जन–वकालतलगायत कार्यमा मलाई सहयोग गर्ने बाहुन पनि थिए र छन्, अरू पनि थिए र छन् । नेपालका बाहुन, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायत र विदेशी कसैको पनि विचारसँग सहमत भएजति सहमत र असहमतजतिमा असहमत हुन सहमत छु तर असहमति विचारसँग हो, व्यक्तिसँग होइन । मेरा विचारसँग सहमत हुने बाहुन पनि छन् र असहमत हुने बाहुन पनि छन् । अरू पनि त्यस्तै छन् । सामाजिक न्याय, मानव अधिकार र सत्यमा आस्था, निष्ठा र विश्वास भएका बाहुनजति मेरा विचारसँग सहमत र अन्य असहमत भएको हो भन्ने ठान्दछु । सामाजिक न्याय र मानव अधिकारको विषय ग्यालिलियोले पृथ्वी गोलो छ भने जस्तै हो र हुनु पनि पर्छ । आदिवासी जनजातिको दृष्टिमा बाहुन आदिवासी जनजातिको दृष्टिमा बाहुनको सकारात्मक प्रवृत्ति भनेको लेखपढ गर्ने, जति गाली गरे पनि शान्ति र धैर्यपूर्वक सुन्ने, परिश्रम र दु:ख गर्न सक्ने भन्ने छ । तर, बाहुनको नकारात्मक प्रवृत्ति भनेको नीति निर्णय गर्न शक्ति र पदको डाडुपन्यु समाउनै पर्ने, कन्...

Bullied every time

Image
Opinion Constitution Bullied every time In the inner chambers of the Drafting Committee of the Constituent Assembly, "upper caste" lawmakers chop off and distort previously agreed provisions for Dalits by   Aahuti   Thursday August 06, 2015 What have Dalits gained from the “great democratic changes” that have taken place in Nepal over the last seven decades? The political change of 1951 enabled Dalits to attend public schools provided they could afford it. After the 1990 restoration of democracy, they received assurances that the state would punish anyone practicing untouchability in public. Following the People’s War (1996–2006), the People’s Movement (2006) and the Madhes Movement (2007), the  Interim Constitution 2007 granted them an opportunity to send a few Dalit representatives to the constituent assembly (CA) through the proportional representation electoral system. Leaving aside a few small reforms and support schemes, this is what Nepali dem...

दलितमाथि दादागिरी!

Image
दलितमाथि दादागिरी! आहुति १. दलित समुदाय के हो?    संसारमा भएका सामुदायिक उत्पीडनमध्ये महिलामाथिको उत्पीडन पहिलो हो भनी समाजशास्त्रीहरू बताउँछन् । दक्षिण एसियामा दोस्रो सामुदायिक उत्पीडन चाहिँ दलितमाथिकै हो। वर्गीय उत्पीडनसँग सबैभन्दा नजिकबाट घोलमेल हुन पुग्नु यस उत्पीडनको विशिष्ट चरित्र हो। हिन्दू वर्णव्यवस्थामा आधारित सामाजिक-आर्थिक-राजनीतिक समग्र उत्पीडनकारी समाज व्यवस्थाको मारमा आज दक्षिण एसियाका करिब २० करोड मानिस दलितका रुपमा पिँधमा बाँच्न वाध्य छन्। यो संख्या संसारकै जनसंख्याको ३ प्रतिशत हो।    यो जात व्यवस्थाको अत्याचार प्रणाली भारतीय भूमिमा जन्माइयो, विकसित गरियो र विभिन्न कालखण्डमा विभिन्न दिशाबाट नेपालको आजको भूखण्डमा आइपुग्यो। पृथ्वीनारायण शाहको राज्य विस्तार हुँदै जङ्गबहादुरको कालमा आइपुग्दा जात व्यवस्था नै नभएका समुदायलाई समेत वाध्यकारी बनाउने गरी १९१० सालको मुलुकी ऐन मार्फत नेपाललाई कानुनी रुपमै जात व्यवस्थामा आधारित समाजमा जबरजस्ती रुपान्तरण गरियो।    यो जात व्यवस्थामा आधारित समग्र प्रणालीको सबैभन्दा अमानवीय अत्याचारमा ...