नेपाल समाचारपत्र दैनिकमा प्रकाशित पुस्तक समीक्षा
मिडियामा दलित नेपाली मिडियाले पस्कने सामग्रीको विविधताका विषयमा अध्ययन गर्ने क्रम बढ्दो छ। तर पनि मिडियाले समाचार सामग्रीमा दलित विषय, उत्पादन प्रक्रिया, प्रस्तुति र प्रभावबारे खासै अनुसन्धान भएको पाइँ ँदैन। मिडियामा दलितकै सवालमा केन्द्रित पुस्तक नआएको अवस्थामा समता फाउन्डेसनका अनुसन्धानकर्ता जेबी विश्वकर्माले ‘नेपाली मिडियामा दलित ः सहभागिता र विषयवस्तु नामक पुस्तक बजारमा ल्याएका छन्। बहिष्करणमा परेका समुदाय र तिनका सवाललाई मिडियाले उचित स्थान नदिएको आवाज चौतर्फी उठिरहेको बेला आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका विश्वकर्माले तयार पारेको यस पुस्तकमा विभिन्न मिडियामा दलित समुदायका व्यक्तिको सहभागिता, दलितसम्बन्धी सामग्रीको उत्पादन प्रक्रिया, तिनको अन्तरवस्तु तथा प्रस्तुतिको शैलीबारे विस्तृत जानकारी र विश्लेषण गरिएको छ। दलित सवालमा नेपाली मिडियाले खेलेको सकारात्मक भूमिकाका साथै तिनमा देखिएका कमी–कमजोरी र त्यसका कारणहरू पनि यस पुस्तकमा केलाइएको छ। नेपाली समाजमा रहेक जातीय विभेद र असमानताको अन्त्य अनिवार्य छ भन्ने तथ्यलाई आत्मसात् गर्ने हो भने दलितका मुद्दा सञ्चारमाध्य...